उम्मेदवारलाई हलोजुवा र डोको उपहार
आसन्न प्रतिनिधि सभा निर्वाचनमा भोट माग्न गएका रौतहट क्षेत्र नम्बर ४ का एक उम्मेदवारलाई मतदाताले कृषि औजार उपहार दिएका छन् ।
सुधार केन्द्रबाट बाह्र जना फरार
धनकुटा नगरपालिका –५, स्थित कर्मिटारमा रहेको सुनौलो जीवन सुधार तथा उपचार केन्द्रबाट बाह्र जना फरार भएका छन् । बिहीबार बिहान केन्द्रको भवनबाट सुरक्षा घेराको तारबार तोडेर फरार भएका हुन् ।
पञ्चकोटमा आन्तरिक पर्यटकहरूको बढ्यो आगमन
धार्मिक पर्यटकको गन्तव्य बन्दै गएको पञ्चकोटमा आन्तरिक पर्यटकहरूको आगमन बढेको छ । बागलुङ नगरपालिका-६, भान्सामा पर्यटकीय संरचना थपिँदै गएपछि आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेको हो ।
विकास आयोजना व्यवस्थित गर्न ‘आयोजना बैंक’ कार्यविधि ल्याइने
कोशी प्रदेशमा सञ्चालन हुने विकास आयोजनाहरूलाई थप पारदर्शी र सुशासनको महसुस गराउन सरकारले आयोजना बैंकको विधि अवलम्बन गर्ने भएको छ ।
नेपालगन्जको पुँजीगत खर्च १० प्रतिशत मात्र
नेपालगन्ज उपमहानगरपालिकाले चालु आर्थिक वर्षको हालसम्म पुँजीगततर्फ १० दशमलव ४३ प्रतिशत मात्र बजेट खर्च गरेको छ । नेपालगन्ज उपमहानगरपालिकाले बिहीबार नेपालगन्जमा आयोजना गरेको अर्धवार्षिक समीक्षा तथा तथ्याङ्क साक्षरता कार्यक्रममा उक्त तथ्याङ्क प्रस्तुत गरिएको हो ।
प्रविधिमैत्री सूचना प्रणालीमार्फत प्रहरी सञ्चार सहकार्य
आधुनिक सूचना प्रविधिको प्रभावकारी प्रयोग गरी समाचार सङ्कलन र सम्प्रेषण प्रक्रियालाई थप छरितो, व्यवस्थित तथा विश्वसनीय बनाउने विषयमा जिल्लास्थित नेपाल प्रहरी र सञ्चारकर्मीबिच छलफल भएको छ ।
निर्वाचन प्रहरीलक्षित अभ्यास प्रदर्शन
अगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई शान्तिपूर्ण, भयमुक्त र मर्यादित बनाउने उद्देश्यले कालीकोटमा निर्वाचन प्रहरी (म्यादी) लक्षित अभ्यास प्रदर्शन गरिएको छ ।
दिक्तेललाई तराईसँग जोड्ने बाटोको महभिर फोड्न सुरु
जिल्ला सदरमुकाम दिक्तेललाई पूर्वी तराईसँग जोड्ने छोटो बाटोमा अवरोध गरिरहेको महभिर फोड्ने काम सुरु भएको छ । महभिरमा ठूलो चट्टान भएकाले हालसम्म सडक जोड्न सकिएको छैन ।
सडक बन्न नसकेको मतदाताको गुनासो
बाजुराका विभिन्न ठाउँका सडक स्तरोन्नति नभएको भन्दै यहाँका मतदाताहरूले उम्मेदवारलाई गुनासाे गर्ने गरेका छन् ।
कालीगण्डकी नदी र हिमशृङ्खला
मुस्ताङको थासाङ गाउँपालिका-१, बेनी-जोमसोम-कोरोला सडकखण्डबाट बिहीबार देखिएको कालीगण्डकी नदी र पृष्ठभूमिमा धौलागिरि हिमशृङ्खला ।
गुडिरहेकाे बसमा आगलागी
काठमाडौँबाट सुर्खेत जाँदै गरेको ना.७.ख ६०४८ नम्बरको बस तौलिहवा भैरहवा सडक खण्ड अन्तर्गत कपिलवस्तुको शुद्धोधन गाउँपालिका–६ टिटिहिरियामा आज बिहान आगलागी हुँदा पूर्ण रूपमा जलेर नष्ट भएको छ ।
बाजुरामा भोट भाषामा पढाइ सुरु
बाजुरामा भोट भाषाको पढाइ सुरु भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीको जिल्ला सङ्गठन प्रमुख भट्टराई पक्राउ
राष्ट्रिय स्वतन्त्र पार्टीका कपिलबस्तुका सङ्गठन प्रमुख रिखिराम भट्टराई साइबर अपराधको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
बेथिति र अव्यवस्थाको लोडसेडिङ अन्त्य गर्छौं : अध्यक्ष घिसिङ
उज्यालो नेपाल पार्टी (उनेपा) का अध्यक्ष कुलमान घिसिङले आफ्नो पहलमा विद्युत क्षेत्रमा लोडसेडिङ अन्त्य गरेको जनताले बुझेको बताउँदै अब मुलुकका अन्य क्षेत्रमा रहेको “लोडसेडिङ” अन्त्य गर्ने बताउनुभएको छ ।
मतदाता शिक्षाका लागि बाँकेका ८१ वडामा ८१ जना स्वंयसेवक परिचालन
फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि मतदातालाई सही मतदान गर्ने तरिका सम्बन्धी जानकारी दिनुका साथै मतदान गर्न उत्पे्ररित गर्ने उदेश्यले गाउँ गाउँमा मतदाता शिक्षा दिने तयारी सुरु गरिएको छ ।
रुकुम पश्चिममा निर्वाचन प्रहरीको प्रशिक्षण सम्पन्न
रुकुमपश्चिममा आगामी फागुन २१ मा हुने प्रतिनिधीसभा सदस्य निर्वाचनका लागि भर्ना गरिएका निर्वाचन प्रहरीको प्रशिक्षण सम्पन्न भएको छ ।
सदरमुकाममै रिङरोड निर्माण सुस्त
सिन्धुली जिल्लाको सदरमुकाम सिन्धुलीमाढीमा सुरु गरिएको रिङरोड निर्माण निकै सुस्त बनेको छ । आठ किलोमिटर लम्बाइको उक्त रिङरोड निर्माणको भौतिक प्रगति छ वर्षको अवधिमा हालसम्म २
हराउँदै परम्परागत कुँडुले घर
२७ वर्षअघिसम्म निस्दी गाउँपालिकाको खादर गाउँमा कुँडुले घर मात्रै थिए । खादरसँगै मगर समुदायको बाहुल्यता रहेको पाल्पाका अधिकांश बस्तीमा परम्परागत घुमाउरो घर अर्थात् कुँडुले घर प्रशस्तै देखिन्थे ।
रौतहटमा मत माग्दै बालेन्द्र
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) बुधबार रौतहट आइपुग्नुभएको छ । चुनावी माहोल तताउन र पार्टी उम्मेदवारको मनोबल उच्च राख्न शाह मधेशका जिल्लामा आउनुभएको हो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित खश जुम्ली भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित खश जुम्ली भाषा
निर्वाचनलक्षित संयुक्त सुरक्षा गस्ती
बर्दिया जिल्लामा निर्वाचनलक्षित योजना अन्तर्गत संयुक्त सुरक्षा गस्ती सुरु गरिएको छ । यही फागुन २१ गते प्रतिनिधि सभा सदस्यको निर्वाचन गर्ने मिति नजिकिँदै गर्दा यस जिल्लामा पनि संयुक्त सुरक्षा गस्ती सुरु गरिएको हो ।
मतदाताको गुनासो : वर्षाैं भयो पुल किन बन्दैन ?
निर्वाचनको मौसम चलेका बेला उम्मेदवारलाई मतको चिन्ता छ भने मतदातालाई विकास कहिले होला र कसले विकासका काम अघि बढाइदेलान् भन्ने चिन्ता छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार मत माग्न घर घरमा पुग्न थालेका छन् तर मतदाताले भने दैनिक रूपमा आवतजावत गर्ने पुल निर्माण कहिले होला भन्ने चिन्ताको विषय उठाउन थालेका छन् ।
लालपुर्जा दिनेलाई मत
वीरेन्द्रनगर नगरपालिका–४, मित्रनगर टोलका नागरिकले जग्गाधनी पुर्जा दिनेलाई मात्र मत दिने बताएका छन् । बस्तीका करिब ७७ घरपरिवारले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा जग्गाधनी लालपुर्जा उपलब्ध गराउने उम्मेदवारलाई मात्र मत दिने बताएका हुन् । पुस्तौँदेखि उपभोग गर्दै आएको घरजग्गामा कानुनी स्वामित्व प्रमाण नहुँदा राज्यका आधारभूत सेवा र सुविधा पाउन नसकेको भन्दै स्थानीयले निर्वाचनमा मत माग्न आउने उम्मेदवारसँग लालपुर्जाको माग गरेका हुन् ।
अस्पतालको एक्सरे सेवा ठप्प
जिल्ला अस्पताल हुम्लामा एक सातादेखि एक्सरे सेवा प्रभावित भएको छ । एक्सरे मेसिनको क्यासेट बिग्रिएपछि एक सातादेखि एक्सरे सेवा ठप्प भएको हो । दैनिक दिन एक्सरे गर्न आएका यहाँका सेवाग्राही सेवा नपाएरै घर फर्कनुपर्ने बाध्यता रहेको छ । जिल्लाका सात वटा गाउँपालिकाभित्रका धेरै स्थानीय नागरिक उक्त सेवा लिन दुई/तीन दिन लगाएर सदरमुकाम सिमकोट पुग्छन् । जिल्ला अस्पतालमा उक्त सेवा बिग्रेको जानकारी गराएपछि सेवाग्राहीले दुःख भोग्नुपर्ने बाध्यता छ ।