गोलिया काठमा आगलागी, करोड रुपियाँको क्षति
अज्ञात समूहले रौतहटको एक सामुदायिक वनमा जम्मा गरेको सालका काठमा आगलागी हुँदा एक करोड रुपियाँभन्दा बढीको क्षति भएको छ ।
युक्रेनलाई बेलायतको हवाई रक्षा सहयोग
बेलायतले युक्रेनको ऊर्जा र ताप प्रणालीमाथि भइरहेका रुसी आक्रमण रोक्न सहयोग पुर्याउने उद्देश्यले करोडौँ डलर बराबरको हवाई रक्षा प्याकेज घोषणा गरेको छ ।
स्कुल भ्यान दुर्घटना : २४ घाइते, चारको अवस्था गम्भीर
बागलुङको मध्यपहाडी राजमार्गबाट स्कुल भ्यान खसेको छ । बागलुङमा बागलुङ नगरपालिका–१, रामरेखामा सञ्चालित न्यू एभरेष्ट एकेडेमी स्कुलको विद्यार्थी बोकेको भ्यान लोकमार्गदेखि रात्माटा जाँदैगरेको भ्यान दुर्घटना भएको हो।
अमेरिकालाई जापानको साढे पाँच खर्ब डलर प्रतिबद्धता
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालैको चुनावी विजयपछि जापानका प्रधानमन्त्री साने ताकाइचीलाई बधाई दिनुभएको छ ।
उम्मेदवारलाई स्वागत र खबरदारी सँगसँगै
दुई निर्वाचन क्षेत्र रहेको नवलपुरमा उम्मेदवारहरू घरदैलोका लागि तराईबाट पहाड चढ्न थालेका छन् । भित्री मधेस र तराईसहित जिल्लाको ठुलो भूभाग पहाडी क्षेत्रमा पर्छ ।
सजिलो मतदान प्रक्रियाको माग
रुकुमपश्चिमका युवाहरूले अपाङ्गता भएका व्यक्ति, जेष्ठ नागरिक, गर्भवती, शारीरिक रूपमा अस्वस्थ व्यक्ति तथा अस्वस्थ मतदाताको मतदान प्रक्रियालाई सहज बनाउनुपर्ने माग गरेका छन् ।
एक करोड ५७ लाख ७८ हजार मतपत्र छपाइ
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ५८ जिल्लाका १२४ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ ।
थाइल्यान्डको एक विद्यालयमा गोली चल्दा प्रधानाध्यापकको मृत्यु
दक्षिणी थाइल्यान्डको सोङ्खला प्रान्तमा बुधबार भएको गोली हानाहानमा विद्यालयका प्रधानाध्यापकको मृत्यु भएको विद्यालयले बिहीबार जारी गरेको सूचनामा उल्लेख छ ।
क्यानडाली सामानमा लगाइएको कर विरुद्ध अमेरिकी संसदको मतदान
अमेरिकी संसद (हाउस अफ रिप्रेजेन्टेटिभ्स) ले बुधबार राष्ट्रपति डोनाल्ड ट्रम्पको क्यानडाली सामानमा लगाइएको कर खारेज गर्ने पक्षमा मतदान गरेको छ ।
दबाबबिच इयु नेताको रणनीतिक बैठक
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापारिक दबाब, चीनको आक्रामक आर्थिक रणनीति र रुसको हाइब्रिड खतराको सामना गर्दै युरोपेली सङ्घ (इयु) का २७ राष्ट्रका नेता बेल्जियमको ऐतिहासिक एल्डेन बिसेन महलमा बिहीबार रणनीतिक बैठकमा जुटेका छन् ।
दक्षिण कोरिया : पूर्वगृहमन्त्रीलाई सात वर्ष कैद
दक्षिण कोरियाका पूर्वगृहमन्त्री ली साङ-मिनलाई सन् २०२४ मा तत्कालीन राष्ट्रपति युन सुक योलले घोषणा गर्नुभएको संक्षिप्त मार्सल ल कार्यान्वयनमा सहयोग गरेको अभियोगमा बिहीबार सात वर्षको जेल सजाय सुनाइएको छ ।
जेन-जी विद्रोहपछि बङ्गलादेशमा पहिलो मतदान
सन् २०२४ को जेन-जी नेतृत्वको विद्रोहले शेख हसिनाको सरकार अपदस्थ गरेपछि बङ्गलादेशले पहिलो पटक संसदीय निर्वाचनमा मतदान गरेको छ ।
तनहुँमा आचारसंहिता उल्लङ्घनका १६ उजुरी
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी यहाँ चुनावी गतिविधि सञ्चालन भइरहेका छन् । जिल्लामा हालसम्म निर्वाचन आचारसंहिता उल्लङ्घनसम्बन्धी १६ वटा उजुरी परेका हुन् ।
उम्मेदवारलाई हलोजुवा र डोको उपहार
आसन्न प्रतिनिधि सभा निर्वाचनमा भोट माग्न गएका रौतहट क्षेत्र नम्बर ४ का एक उम्मेदवारलाई मतदाताले कृषि औजार उपहार दिएका छन् ।
सुधार केन्द्रबाट बाह्र जना फरार
धनकुटा नगरपालिका –५, स्थित कर्मिटारमा रहेको सुनौलो जीवन सुधार तथा उपचार केन्द्रबाट बाह्र जना फरार भएका छन् । बिहीबार बिहान केन्द्रको भवनबाट सुरक्षा घेराको तारबार तोडेर फरार भएका हुन् ।
पञ्चकोटमा आन्तरिक पर्यटकहरूको बढ्यो आगमन
धार्मिक पर्यटकको गन्तव्य बन्दै गएको पञ्चकोटमा आन्तरिक पर्यटकहरूको आगमन बढेको छ । बागलुङ नगरपालिका-६, भान्सामा पर्यटकीय संरचना थपिँदै गएपछि आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेको हो ।
विकास आयोजना व्यवस्थित गर्न ‘आयोजना बैंक’ कार्यविधि ल्याइने
कोशी प्रदेशमा सञ्चालन हुने विकास आयोजनाहरूलाई थप पारदर्शी र सुशासनको महसुस गराउन सरकारले आयोजना बैंकको विधि अवलम्बन गर्ने भएको छ ।
नेपालगन्जको पुँजीगत खर्च १० प्रतिशत मात्र
नेपालगन्ज उपमहानगरपालिकाले चालु आर्थिक वर्षको हालसम्म पुँजीगततर्फ १० दशमलव ४३ प्रतिशत मात्र बजेट खर्च गरेको छ । नेपालगन्ज उपमहानगरपालिकाले बिहीबार नेपालगन्जमा आयोजना गरेको अर्धवार्षिक समीक्षा तथा तथ्याङ्क साक्षरता कार्यक्रममा उक्त तथ्याङ्क प्रस्तुत गरिएको हो ।
प्रविधिमैत्री सूचना प्रणालीमार्फत प्रहरी सञ्चार सहकार्य
आधुनिक सूचना प्रविधिको प्रभावकारी प्रयोग गरी समाचार सङ्कलन र सम्प्रेषण प्रक्रियालाई थप छरितो, व्यवस्थित तथा विश्वसनीय बनाउने विषयमा जिल्लास्थित नेपाल प्रहरी र सञ्चारकर्मीबिच छलफल भएको छ ।
निर्वाचन प्रहरीलक्षित अभ्यास प्रदर्शन
अगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई शान्तिपूर्ण, भयमुक्त र मर्यादित बनाउने उद्देश्यले कालीकोटमा निर्वाचन प्रहरी (म्यादी) लक्षित अभ्यास प्रदर्शन गरिएको छ ।
दिक्तेललाई तराईसँग जोड्ने बाटोको महभिर फोड्न सुरु
जिल्ला सदरमुकाम दिक्तेललाई पूर्वी तराईसँग जोड्ने छोटो बाटोमा अवरोध गरिरहेको महभिर फोड्ने काम सुरु भएको छ । महभिरमा ठूलो चट्टान भएकाले हालसम्म सडक जोड्न सकिएको छैन ।
सडक बन्न नसकेको मतदाताको गुनासो
बाजुराका विभिन्न ठाउँका सडक स्तरोन्नति नभएको भन्दै यहाँका मतदाताहरूले उम्मेदवारलाई गुनासाे गर्ने गरेका छन् ।
कालीगण्डकी नदी र हिमशृङ्खला
मुस्ताङको थासाङ गाउँपालिका-१, बेनी-जोमसोम-कोरोला सडकखण्डबाट बिहीबार देखिएको कालीगण्डकी नदी र पृष्ठभूमिमा धौलागिरि हिमशृङ्खला ।
गुडिरहेकाे बसमा आगलागी
काठमाडौँबाट सुर्खेत जाँदै गरेको ना.७.ख ६०४८ नम्बरको बस तौलिहवा भैरहवा सडक खण्ड अन्तर्गत कपिलवस्तुको शुद्धोधन गाउँपालिका–६ टिटिहिरियामा आज बिहान आगलागी हुँदा पूर्ण रूपमा जलेर नष्ट भएको छ ।