सिन्धुली समाचारदाता
सिन्धुलीगढी (सिन्धुली), भदौ १६ गते । सिन्धुली जिल्लाको कमलामाई नगरपालिका–३ स्थित ऐतिहासिक सिन्धुलीगढी दरबार पुनर्निर्माण भएर पनि पुनः संरक्षणविहीन अवस्थामा पुगेको छ । बागमती प्रदेश सरकारको आर्थिक सहयोगमा साढे दुई वर्षअघि पुनर्निर्माणको काम सकिएको यो दरबार हालसम्म ठेकेदारले नगरपालिकालाई हस्तान्तरण नगर्दा संरक्षणविहीन बन्दै गएको हो । यतिखेर दरबारका झ्यालढोका बिग्रिन थालिसकेका छन् भने दुव्र्यसनीको अखडा बन्दै गएको भन्दै स्थानीयले गुनासो गर्न थालेका छन् ।
प्राकृतिक मनोरम दृश्यसँगै सिन्धुलीगढी दरबारको ऐतिहासिक महìव रहेको छ । बर्सौंदेखि भत्किएर भग्नावशेष अवस्थामा रहेको दरबारलाई पुरानै शैलीमा पुनर्निर्माण गरी बेहुली झँै सिँगारिएर चिटिक्क पारिए पनि अहिले बेवारिसे बनेको सो वडाका बासिन्दा पूर्वगाविस अध्यक्ष राजन अधिकारीले बनाउनुभयो । उहाँले भन्नुभयो, “पुनर्निर्माणको काम सकेर ठेकेदारले सम्बन्धित निकायलाई दरबार नबुझाउँदा यो समस्या आएको हो ।”
संरक्षण र विकासका लागि सबैको चासोको विषय बनेको सिन्धुलीगढी दरबारको पुनर्निर्माण हुँदा सबै खुसी देखिएका र संरक्षणविहीन हँुदा अहिले पुरानै भग्नावशेषको स्थितिमा पुग्ने हो कि भन्ने चिन्ता थपिएको उहाँले गुनासो गर्नुभयो ।
कमलामाई नगरपालिकाका अनुसार बागमती प्रदेश सरकारको पर्यटन विकास आयोजनाको चार करोड ३८ लाख ९९ हजार ५२२ रुपियाँको लागतमा विसं २०७८ माघदेखि उक्त दरबारको पुनर्निर्माण सुरु गरिएको थियो । लामो समयसम्म संरक्षण अभावमा दरबार र गढी किल्लाका भौतिक संरचना नष्ट हुँदै गएपछि तुल्सी÷एरिसा जेभी भक्तपुरले १६ महिनामा सिध्याउने गरी सम्झौता गरेर दरबारको पुनर्निर्माण सुरु गरेको थियो ।
दरबार हस्तान्तरण प्रव्रिmया अघि बढाउन पर्यटन विकास आयोजनासहितको टोलीबाट अनुगमन भएकोमा निर्माण भएका संरचना बिग्रिन थालेको पाइएपछि उक्त प्रव्रिmया अघि नबढेको नगरपालिकाले जनाएको छ । बिग्रिएका संरचना बनाउन आयोजनाले स्रोत सुनिश्चित गर्नुपर्ने नगरपालिकाको भनाइ छ । नगरपालिकाका सूचना अधिकारी सागरकुमार ढकालले दरबारका झ्यालढोका बिग्रिएको, पसाङ्ग्रिएको र शौचालय बिग्रिसकेकाले हस्तान्तरण रोकिएको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “यही अवस्थामा हामीले लिँदा एक करोड रुपियाँमाथि नै खर्च गरेर दरबारको बिग्रिएका संरचना मर्मत गर्नुपर्ने अवस्था छ । अहिलेको अवस्थामा बुझ्दा नगरपालिकालाई त्यति रकम बराबरको आर्थिक भार थपिन्छ ।” तत्कालीन समयमा पूर्व २ नं. क्षेत्रको प्रशासन सञ्चालन गर्ने अड्डासँगै बडाहाकिम र सेनासमेत बस्ने गरी उक्त दरबार बनाएको स्थानीयको भनाइ छ । गढी दरबार तत्कालीन श्री ३ महाराज जङ्गबहादुर राणाका भाइ बमबहादुर राणाका छोरा बम वीरविव्रmम राणाले निर्माण गरेको इतिहासमा उल्लेख भए पनि दरबार बडाहाकिम र सेना बस्नका लागि निर्माण गरिएको शिलालेखमा उल्लेख छ ।
दरबारदेखि दक्षिणतर्फ गणेश, सरस्वती, लक्ष्मी मन्दिर, धारा, पश्चिममा इनार, पोखरी रहेका थिए । द्रुपद रानीका नाममा छोरा कर्णेल पुष्करविव्रmम जबराले गढी दरबारलाई पुनर्निर्माण गरी रानी दरबार नामकरण गरेका थिए । गढी दरबार विसं १९८६ कात्तिक २८ गते निर्माण सम्पन्न भएको शिलालेखमा उल्लेख भएको नगरपालिकाले जनाएको छ ।