• १३ असार २०८२, शुक्रबार

मञ्जुललाई गोपालप्रसाद रिमाल पुरस्कार

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असार १३ गते । यस वर्षको गोपालप्रसाद रिमाल पुरस्कार कवि मञ्जुल (मेघराज शर्मा नेपाल) लाई प्रदान गरिने भएको छ । कविता, गीत, उपन्यास, यात्रा संस्मरण र अनुवादका माध्यमबाट दुई दर्जनभन्दा बढी कृति प्रकाशन गरेर नेपाली वाङ्मयलाई योगदान दिनुभएका मञ्जुललाई पुरस्कृत गर्ने निर्णय गरिएको साहित्य सदनले जनाएको छ । सदनका अध्यक्ष प्राडा हेमनाथ पौडेलको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको थियो । साहित्य सदनका कोषाध्यक्ष साहित्यकार वसन्त रिजालको सौजन्यमा स्थापित ३० हजार राशिको पुरस्कार असार २१ मा रिमाल जयन्तीका अवसरमा प्रदान गरिने छ ।