बालविवाह न्यूनीकरणका लागि स्थानीय स्तरमै नीति बनाउनुपर्ने
प्रविधिको प्रयोग गरौँ, लैंगिक हिंसा अन्त्य गरौ नारा सहित ३४ औं अन्तर्राष्ट्रिय लैङ्गिक हिंसा विरूद्ध १६ दिने अभियान कार्यक्रम अन्तर्गत राजविराज १ चनौरा पडरियामा धर्म गुरूहरूसँग बालविवाह न्यूनीकरणका लागि कानुन र पोलिसीको विषयमा बिहिवार आन्तर्क्रियाको आयोजना गरिएको छ ।
अमेरिकामा नवजात हेपाटाइटिस-बी खोप विवादमा
राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासन अन्तर्गत खोपप्रति शङ्का राख्ने स्वास्थ्यमन्त्री रोबर्ट एफ.केनेडी जुनियरले गठन गर्नु भएको नयाँ सल्लाहकार समूहले नवजात शिशुका लागि हेपाटाइटिस-बी खोपको पुनरावलोकन गर्न लागेपछि अमेरिकामा चिकित्सक तथा वैज्ञानिक समुदायबिच तीव्र बहस चर्किएको छ ।
मलामी गएका युवक डुबेर बेपत्ता
कञ्चनपुरमा मलामी गएका एक युवक डुबेर बेपत्ता भएका छन् । जिल्लाको भीमदत्त नगरपालिका-३, तिलकपुरका २८ वर्षीय सनि दमाईं महाकाली नदीमा डुबेर बेपत्ता भएका हुन् ।
लैङ्गिक हिंसा रोक्न पुरुष भूमिकाको खोजी
परिवार समाजमा हुने लैङ्गिक हिंसा रोक्न पुरुषको भूमिका खोजी हुन थालेको छ । हिंसा गर्न, गराउन पुरुष नै अग्रसर देखिएकाले हिंसा रोक्न पनि पुरुषको भूमिका महत्वपूर्ण हुने ठानेर टीकापुर नगरपालिकाले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका बेला समूहसँग छलफल गरेको हो ।
गुण्डुमा ‘ओली कुटी’ को शिलान्यास
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको निजी निवासको निर्माण कार्य बिहीबारदेखि सुरु भएको छ । एमाले नेता महेश बस्नेतका अनुसार भक्तपुरको गुण्डुमा अध्यक्ष ओलीकी धर्मपत्नी राधिका शाक्यले सो निर्माण कार्यको बिहीबार शिलान्यास गर्नुभयो ।
अत्यधिक चिसोले योजना निर्माण कार्य बन्द
उत्तरी हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित भएको छ । हिउँ नपरेको भए पनि चिसो निक्कै बढेका कारण सिमेन्टको काम नहुने भएपछि ती योजनाको काम चार महिनाको लागि बन्द गरिएको हो ।
सुझाव माग्न नागरिकको घरदैलोमा सञ्चारमन्त्री खरेल
बिहीबार प्रसिद्ध बङ्गलामुखी दर्शन गर्न दर्शनार्थीको उसै पनि भिड हुन्छ । त्यसमा पनि नेवार समुदायको ठुलो चाड योमरी पुन्हिको विशेष दिन भएकाले बिहीबार बङ्गलामुखी क्षेत्रको माहोल निकै रौनक थियो । योमरी चाडको अवसरमा सार्वजनिक विदा परेकाले स्थानीय सर्वसाधरण र तीर्थालु भक्तजनको घुँइचो थियो ।
रूसबाट युक्रेनी बालबालिका फिर्ता गर्न राष्ट्रसङ्घको माग
संयुक्त राष्ट्रसङ्घीय महासभाले युक्रेनी बालबालिकालाई जबरजस्ती रूसमा नराखी तत्काल बिना शर्त फिर्ता गर्न आह्वान गदै यो सवाल किभ र मस्कोबिचको सम्भावित शान्ति सम्झौताको सम्बन्धमा सबैभन्दा संवेदनशील विषय भएको बताएको छ ।
पुटिन भारतको राजकीय भ्रमणका लागि प्रस्थान
रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आफ्नो दुई दिने राजकीय भारत भ्रमणका लागि आज मस्कोबाट प्रस्थान गर्नु भएको छ । उहाँको यो भ्रमण सन् २०२२ मा युक्रेन युद्ध सुरु भएपछिको पहिलो भारत यात्रा हो ।
तरकारी खेती गरेर दुई बिघा जमिन
तुलसीपुर उपमहानगरपालिका –१४, मटेराका पूर्णबहादुर चौधरी ‘नमूना किसान’ को रूपमा चिनिनुहुन्छ । एक समय अधिया खेतिकै भरमा परिवार पाल्न बाध्य पूर्णबहादुर तरकारी खेती गरेर दुई विघा जमिन खरिद गर्नुभएको छ ।
इयु-रुस युद्ध जोखिममा युरोपेली जनताको बढ्दो चिन्ता
फ्रान्सेली अन्तर्राष्ट्रिय मामिला जर्नलले ग्रान्ड कन्टिनेन्टमा बिहीबार प्रकाशित मतदान समूह क्लस्टर १७ को नयाँ सर्वेक्षणले युरोपेली सङ्घ (इयु)का नौ देशमा अधिकांश नागरिकले इयु सदस्य राष्ट्र र रुसबिच युद्ध भड्किन सक्ने ‘उच्च जोखिम’ देखिरहेको निष्कर्ष प्रस्तुत गरेको छ ।
भारत-रुस सम्बन्धमा अमेरिकी दबाब
रुस र भारतले दशकौँदेखि एकअर्कालाई ‘समय-परीक्षित’मित्रका रूपमा व्याख्या गर्दै आएका छन् । तर युक्रेनमाथि रुसको आक्रमणपछि द्विपक्षीय सम्बन्ध अभूतपूर्व दबाबमा परिरहेको छ ।
नारायणगढ-बुटवल सडक विस्तार : सर्भिस लेनको काम हुँदै
नारायणगढ –बुटवल सडक विस्तार आयोजना अन्तर्गत नवलपुर खण्डमा अहिले सर्भिस लेनको काम चलिरहेको छ । गैंडाकोट नगरपालिका र देवचुली नगरपालिकाका बस्ति क्षेत्रहरूमा धमाधम सर्भिस लेन निर्माणको काम भइरहेको हो ।
बाटोमै लडेर वृद्धको मृत्यु
झापाको दमकमा एक वृद्धको हिँड्दै गर्दा बाटोमा लडेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मङ्गलबार साँझ दमक ५ क्याम्पस मोडमा हिडिरहेका बृद्ध लडेर घाइते हुनुभएको थियो ।
कृषि मन्त्रालयले मनाउँदैछ विश्व माटो दिवस
कृषि तथा पशुपक्षी विकास मन्त्रालयले १२ औँ विश्व माटो दिवस विभिन्न कार्यक्रम गरी मनाइरहेको छ । मङ्सिर १४ गतेदेखि दिवस मनाउन सुरु गरेको मन्त्रालयले शुक्रबार मूल कार्यक्रम गरी १२ औं विश्व माटो दिवस मनाउन लागिएको कृषि विभागका महानिर्देशक प्रकाश सञ्जेलले बताउनुभयो ।
झापामा नरिवलको व्यावसायिक खेती सुरु
समुन्द्री तटीय क्षेत्रमा व्यापक मात्रामा हुने नरिवलको खेती झापामा सुरु गरिएको छ । मेचीनगर नगरपालिका–४ का रवि नेपालले परीक्षणको रुपमा नरिवलको व्यावसायिक खेती सुरु गर्नुभएको हो ।
भन्सार छलीको सामग्रीसहित तीन गाडी नियन्त्रणमा
झापामा प्रहरीले ठुलो परिमाणमा राजस्व छलीका सामान बरामद गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार तीनवटा सवारी साधनसहित ठुलो परिमाणमा राजस्व छलीको सामग्री बरामद गरिएको हो ।
ठेक्का सम्झौता तोडिएपछि बाँध निर्माणस्थल सुनसान
राष्ट्रिय गौरवको सुनकोसी-मरिण डाइभर्सन बहुउद्देशीय आयोजनाको बाँध निर्माण लगायतको संरचना निर्माणको ठेक्का सम्झौता तोडिएपछि सुनकोसी नदीमा बाँध निर्माणस्थल सुनसान बनेको छ ।
जुनार चिनाउँदै व्यवस्थित कृषि सडकको मागसहित ‘जुनार महोत्सव’
सिन्धुलीको गोलञ्जोर गाउँपालिकाको महाभारत क्षेत्र अहिले सुनौला जुनाररसुन्तलाले पहेँलपुर भएको छ ।
मुख्यमन्त्री शाहद्वारा चार आयोजनाको सुरुवात
सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले चार वटा आयोजनाको सुरुवात गर्नु भएको छ । बिहीबार बिहान आफ्नो निर्वाचन क्षेत्र लम्कीचुहा नगरपालिका र जानकी गाउँपालिकामा ती आयोजनाको सुरुवात गर्नुभएको हो ।
फूगाउँबाट सात सय ९१ किलो जिम्बु निकासी
मनाङको नार्पाभूमि गाउँपालिका –४ र ५ मा पर्ने फूगाउँका वन क्षेत्र तथा उच्च हिमाली खर्कहरूमा प्रशस्त मात्रामा बास्नादार जिम्बु पाइनेगरेको छ ।
गाजाका सबै बन्धकको शव पहिचान गरिएको इजरायली सेनाको दाबी
इजरायली सेनाले गाजामा बन्दक बनाइएका सबै बन्धकको शव पहिचान गरिसकिएको बिहीबार बताएको छ ।
दाङबाट खाद्यले किन्यो एक करोड ४४ लाख बढीको धान
दाङको तीन स्थानीय तहबाट खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले एक करोड ४४ लाख बढीको धान खरिद गरेको छ । कम्पनीले लमही नगरपालिका, गढवा गाउँपालिका र राप्ती गाउँपालिकाका दुईसय १२ जना किसानसँग एक करोड ४४ लाख ८९ हजार आठसय नौ रुपियाँको धान खरिद गरेको हो ।
उत्साहपूर्वक मनाइँदै उधौली पर्व
किरात समुदायको प्रमुख सांस्कृतिक पर्व उधौली आज देशभर, विशेषतः पूर्वी पहाडी भूभागमा, हर्षोल्लासपूर्वक मनाइँदै छ ।