• २८ माघ २०८२, बुधबार

धनुषामा तेस्रो लिङ्गीको शव फेला

blog

शव फेला परेको स्थान । तस्बिर : विजयकुमार साह

विजयकुमार साह 

ढल्केबर, माघ २८ गते । धनुषामा पहिचान खुल्न नसकेको एक जना तेस्रो लिङ्गीको शव फेला परेको छ । बुधबार जनकपुर–यदुकाहा सडकखण्ड अन्तर्गत बेलौनी र पौडेश्वरको बिचमा तेस्रो लिङ्गी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ । 

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता गणेश बमले पहिचान खुल्न नसकेको एक जना तेस्रो लिङ्गीको शव फेला परेको बताउनुभयो । शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको उहाँले जनाकारी दिनुभयो । 

उहाँका अनुसार प्रारम्भिक निरीक्षण गर्दा मृतकको शरीरमा घाउचोट नदेखिए पनि घाँटीमा निलडाम देखिएको छ । उहाँले घटनास्थलको मुचुल्का उठाएर आवश्यक प्रमाण सङ्कलन कार्य भइरहेको बताउँदै धटनाको प्रकृति र कारणबारे अनुसन्धान सुरु गरिएको बताउनुभयो ।