• २८ माघ २०८२, बुधबार

कार्यकर्तालाई चुनावी अभियानमा लाग्न निर्देशन

blog

सुनसरीको कोशी गाउँपालिका–३ स्थित नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नं. ४ का सभापतिको निवासमा स्वागत कार्यव्रmमलाई सम्बोधन गर्नुहँुदै नेपाली कांग्रेसका सभापति गगनकुमार थापा । तस्बिर : जयकृष्ण यादव

जयकृष्ण यादव

इनरुवा, माघ २८ गते  । नेपाली कांग्रेस पार्टीका सभापति गगनकुमार थापाले आगामी निर्वाचनमा पार्टीलाई पहिलो स्थानमा पु-याउन पार्टीका सबै नेता कार्यकर्तालाई एक भएर चुनावी अभियानमा लाग्न आग्रह गर्नुभएको छ । मङ्गलबार बिहान सुनसरीको कोशी गाउँपालिका–३ स्थित नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नं. ४ का सभापति तथा कोशी गाउँपालिका अध्यक्ष ऐयुब अन्सारीको निवासमा नेता कार्यकर्तालाई सम्बोधन गर्दै उहाँले यस्तो निर्देशन दिनुभएको हो । 

सभापति थापाले देशलाई भ्रष्टाचारमुक्त, सदाचारयुक्त र सुशासनयुक्त बनाउन आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “त्यसका लागि आगामी निर्वाचनमा कांग्रेसले अत्याधिक मत ल्याउनु जरुरी छ ।” 

सयौँ नेता कार्यकर्ताको उपस्थितिमा भएको स्वागत कार्यव्रmममा उहाँले सबैको अधिकार, पहिचान र सम्मानसहित देशमा सुशासनको पक्षमा काम गर्ने पार्टी नेपाली कांगे्रस भएको बताउनुभयो । उहाँले भन्नुभयो, “करिब १० लाख व्रिmयाशील सदस्य रहेको पार्टी नेपाली कांग्रेसको जित पक्कै हुने छ भन्नेमा हामी विश्वास्त छौँ । सुनसरीका चारै निर्वाचन क्षेत्रमा विजयी हुन पार्टीका सबै नेता कार्यकर्तालाई अभियानमा लाग्न आग्रह गर्दछु ।”

उहाँले देशका लागि अहिलेको निकै महìवपूर्ण भएकाले गुटभन्दा पार्टीका लागि सबै एकढिक्का भएर अगाडि बढ्नुपर्ने बताउनुभयो । उहाँले आफूहरूले पार्टीका सभापती बन्न मात्रै नभई देशमा रहेको बेथितिको अन्त्य, भ्रष्टाचार नियन्त्रण, सदाचारयुक्त समाज निर्माण गर्ने अभियान पनि लिएर पार्टीको विशेष महाधिवेशन गराएको स्पष्ट पार्नुभयो । 

यसैबिच वराहक्षेत्र समाचारदाताका अनुसार सभापति गगन थापा मङ्गलबार नै सुनसरी क्षेत्र नं. ४ को जमुवामा कार्यकर्तासँग भेट गर्दै पार्टीका तर्फबाट सुनसरी क्षेत्र नं. ४ का उम्मेदवार रहनुभएका पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई जिताएर पठाउन आग्रह गर्नुभएको छ । 

कार्कीले पार्टीलाई विभाजनबाट रोक्न ठुलो भूमिका निर्वाह गर्नुभएको भन्दै पार्टीलाई एकढिक्का राख्न भूमिका खेल्ने अनुभवी, परिपक्व र सबैलाई मिलाएर लैजान सक्ने नेता कार्कीलाई जिताएर पठाउन आग्रह गर्नुभएको हो ।  पार्टीको कार्यव्रmम सकेर सभापति थापा आफ्नो क्षेत्र फर्कनुभएको छ ।