बागमती प्रदेश ब्युरो
हेटौँडा, असार १२ गते । बागमती प्रदेशका स्थानीय तहले मङ्गलबार अबेर नीति तथा कार्यक्रम र प्रस्तावित बजेट सार्वजनिक गरेका छन् । प्रदेशभित्रका केही स्थानीय तहले नीति तथा कार्यक्रम ल्याए पनि बजेट ल्याउन सकेका छैनन् । केही पालिकाले भने कार्यक्रम र बजेट अझै ल्याउन सकेका छैनन् ।
खैरहनीले कृषि प्राविधिक सेवा दिने
चितवन समाचारदाताका अनुसार चितवनको खैरहनी नगरपालिकाले उत्पादन वृद्धि गराउन कृषकको घरदैलोमा प्राविधिक सेवा कार्यक्रम ल्याएको छ । नगर सभामा नगरप्रमुख शशिकुमार खनियाँले आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उत्पादन र उत्पादकत्व वृद्धि गर्न घरदैलो सेवा कार्यव्रmम ल्याएको जानकारी दिनुभयो ।
बजारभन्दा कृषि क्षेत्र धेरै रहेको पालिकामा किसानलाई प्रोत्साहन हुने किसानमैत्री कार्यक्रम समावेश गरिएको उहाँले बताउनुभयो । सिँचाइबाट वञ्चित खेतीयोग्य भूमिमा बाह्रैमास सिँचाइ सुविधा पु-याइने छ । लगानी वृद्धिको उचित वातावरण सिर्जना गर्न एकीकृत कृषि उपज, माछामासु बजार निर्माण गरी ‘बारीदेखि बजारसम्म, उत्पादकदेखि उपभोक्तासम्म’ अभियान सञ्चालन गरिने बताउनुभयो । ‘उत्पादन साथमा, अनुदान हातमा’ भन्ने नारालाई साथ दिने कार्यक्रमलाई जोड दिएको छ । वैदेशिक रोजगारबाट फर्केका युवालाई कृषि प्राविधिक क्षमता अभिवृद्धि गरी एक व्यावसायिक कृषकका रूपमा विकास गर्ने भएको छ ।
खैरहनी नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि कुल एक अर्ब रुपियाँभन्दा बढी बजेट ल्याएको छ । पालिकाको १७ औँ नगर सभाले आगामी आर्थिक वर्षका लागि एक अर्ब तीन करोड ८५ लाख १३ हजार ३५० रुपियाँबराबरको बजेट ल्याएको हो । नगर सभामा नगर उपप्रमुख कविता उप्रेतीले बजेट पेस गर्नुभएको थियो । उपप्रमुख उप्रेतीले पेस गर्नुभएको बजेटमा कुल खर्चमध्ये चालु खर्चतर्फ ५० करोड एक लाख ४८ हजार र पुँजीगत खर्च ५३ करोड ८३ लाख ६५ हजार रहेको छ ।
माडीको बजेट ९२ करोड ६६ लाख
यसै गरी चितवन समाचारदाताका अनुसार माडी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि कुल ९२ करोड ६६ लाख ८८ हजार ५४९ रुपियाँको बजेट विनियोजन गरेको छ । नगरपालिकाको १५ औँ नगर सभामार्फत नगर उपप्रमुख खेमप्रसाद महतोले बजेट प्रस्तुत गर्नुभएको हो । प्रक्षेपित बजेट अनुसार सङ्घीय सरकारबाट प्राप्त अन्तरसरकारी वित्तीय हस्तान्तरण तथा राजस्व बाँडफाँटबाट ६२ करोड ७८ लाख २२ हजार ३०४ रुपियाँ आम्दानी हुने अनुमान गरिएको छ । त्यस्तै प्रदेश सरकारबाट प्राप्त हुने राजस्व बाँडफाँट तथा वित्तीय हस्तान्तरणबाट १६ करोड ४७ लाख २३ हजार १४० रुपियाँ प्राप्त हुने अनुमान छ । त्यस्तै नगरको आन्तरिक आयबाट १३ करोड ४१ लाख ४३ हजार १०५ रुपियाँ आम्दानी हुने प्रक्षेपण गरिएको छ ।
नगर सभामा नगरप्रमुख ताराकुमारी काजी महतोले नीति तथा कार्यव्रmम प्रस्तुत गर्दै कृषि क्षेत्रको रूपान्तरणमार्फत आर्थिक समृद्धि हासिल गर्न व्यावसायिक कृषि प्रवर्धनको रणनीति समेटेको छ । यस्तै आव २०८२/८३ मा ‘खोरेतमुक्त सेतो माडी अभियान’ सुरु गर्ने घोषणासहित ‘व्यावसायिक पशुपालन विकास र दुग्ध प्रवर्धन कार्यव्रmम’ लाई उच्च प्राथमिकतामा राखेको छ । आव २०८२/८३ मा सिधुवामा हाटबजार सञ्चालन गर्ने तथा नगर क्षेत्रमा गोदाम घर, कोल्ड च्याम्बर स्थापना गर्ने र पूर्ण सिञ्चित माडीको दीर्घकालीन लक्ष्यका साथ सिँचाइ, सडक तथा पायक पर्ने पूर्वाधार निर्माणमा प्राथमिकता दिइने उल्लेख छ ।
सबै स्थानीय तहले ल्याए बजेट
सिन्धुली समाचारदाताका अनुसार सिन्धुली जिल्लामा नौ वटै स्थानीय तहले मङ्गलबार आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यव्रmम र बजेट गाउँ सभामार्फत सावर्जनिक गरेका छन् । स्थानीय तहले कृषि, शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार निर्माण, पर्यटन र रोजगारीलगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षको नीति तथा कार्यव्रmम र अनुमानित बजेट सार्वजनिक गरेका छन् । उनीहरूले बस्ती तथा वडास्तरबाट सङ्कलन भई आएका योजना र लक्षित समूहलगायत विषयगत क्षेत्रसँग लिइएको सुझावको आधारमा नीति तथा कार्यव्रmम सार्वजनिक गरिएको जनाएका छन् ।
सबैभन्दा बढी कमलामाई नगरपालिका र त्यसपछि दुधौली नगरपालिकाले बजेट सार्वजनिक गरेका छन् । कमलामाई नगरपालिकाले एक अर्ब २९ करोड ५९ लाख ४० हजार १६० रुपियाँ बराबरको अनुमानित बजेट सार्वजनिक गरेको छ । त्यस्तै दुधौली नगरपालिकाले एक अर्ब १४ करोड २३ लाख ९७ हजार रुपियाँ बराबरको अनुमानित बजेट सार्वजनिक गरेको छ । उक्त बजेटमध्ये चालुतर्फ ७४ करोड २५ लाख ५८ हजार ५० रुपियाँ र पुँजीगततर्फ ३९ करोड ९८ लाख ३८ हजार ९५० रुपियाँ रहेको छ ।
हरिहरपुरगढी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि ६१ करोड १३ लाख ५५ हजार ९३७ रुपियाँ बराबरको अनुमानित बजेट सार्वजनिक गरेको छ । उक्त बजेटमध्ये चालुतर्फ ४४ करोड दुई लाख ५५ हजार ९३७ रुपियाँ र पुँजीगततर्फ १७ करोड ११ लाख रुपियाँ रहेको छ । मरिण गाउँपालिले आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि कुल ७६ करोड १३ लाख ७८ हजार आठ सय रुपियाँ अनुमानित बजेट गाउँ सभामा सार्वजनिक गरेको छ । उक्त बजेटमध्ये चालुतर्फ ५१ करोड आठ लाख ४६ हजार आठ सय रुपियाँ र पँुजीगततर्फ २५ करोड पाँच लाख ३२ हजार रुपियाँ रहेको छ ।
सुनकोशी गाउँपालिकाले ६६ करोड ५१ लाख ६० हजार ९४७ रुपियाँ बराबरको अनुमानित बजेट सार्वजनिक गरेको छ । उक्त बजेटमध्ये चालुतर्फ ४८ करोड छ लाख १० हजार ९४७ रुपियाँ र पुँजीगततर्फ १८ करोड ४५ लाख ५० हजार रुपियाँ रहेको छ । तीनपाटन गाउँपालिकाले ८५ करोड ३३ लाख ११ हजार १६१ रुपियाँ अनुमानित बजेट सार्वजनिक गरेको छ । उक्त बजेटमध्ये चालुतर्फ ४८ करोड ७५ लाख ६५ हजार र पँुजीगततर्फ ३६ करोड ५७ लाख ४६ हजार १६१ रुपियाँ प्रस्ताव गरिएको छ ।
फिक्कल गाउँपालिकाले ५५ करोड ५० लाख रुपियाँको अनुमानित बजेट सार्वजनिक गरेको छ । उक्त बजेटमध्ये चालुतर्फ ४४ करोड र पुँजीगततर्फ ११ करोड ५० लाख रुपियाँ प्रस्ताव गरिएको छ । घ्याङलेख गाउँपालिकाले ४४ करोड २६ लाख ५० हजार ७९४ रुपियाँ अनुमानित बजेट सार्वजनिक गरेको छ । उक्त बजेटमध्ये चालुतर्फ २९ करोड १५ लाख २२ हजार ७९४ रुपियाँ र पँुजीगततर्फ १५ करोड ११ लाख २८ हजार रुपियाँ रहेको छ । गोलन्जोर गाउँपालिकाले ६२ करोड ५१ लाख दुई हजार ३१० रुपियाँ अनुमानित बजेट सार्वजनिक गरेको छ ।
पाँच पालिकाले मात्रै ल्याए
दोलखा समाचारदाताका अनुसार दोलखाका नौ स्थानीय तहमध्ये पाँच वटाले मात्र आर्थिक वर्ष २०८२÷८३ को बजेट सार्वजनिक गरेका छन् । मङ्गलबार सार्वजनिक गरेको पाँच स्थानीय तहको बजेट तीन अर्ब ३९ करोड १४ लाख ८५ हजार रुपियाँको रहेको छ । बिगु, वैतेश्वर, गौरीशङ्कर र शैलुङ गाउँपालिकाले भने नीति तथा कार्यव्रmम मात्र सार्वजनिक गरेको छ ।
जिरी नगरपालिकाले कुल ५७ करोड ६८ लाख, मेलुङ गाउँपालिकाले कुल ५२ करोड सात लाख २८ हजार, तामाकोशी गाउँपालिकाले कुल ७५ करोड ६६ लाख ५० हजार, कालिञ्चोक गाउँपालिकाले कुल ६५ करोड ६७ लाख र भीमेश्वर नगरपालिकाले ८८ करोड छ लाख सात हजार रुपियाँको बजेट सार्वजनिक गरेका छन् ।
रसुवामा सबैले ल्याए बजेट
रसुवा समाचारदाताका अनुसार हिमाली जिल्ला रसुवाका पाँच वटै गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि बजेट ल्याएका छन् । सबैभन्दा बढी कालिका र सबैभन्दा कम बजेट आमाछोदिङ्मोले ल्याएका छन् ।
पलिकाहरूले यस वर्ष आर्थिक विकास, पूर्वाधार निर्माण, कृषि, शिक्षा, पर्यटन प्रवर्धन र रोजगारी सिर्जनामा बढी ध्यान केन्द्रित गरेका छन् । अधिकांश पालिकाले गत वर्षका कार्यव्रmमलाई निरन्तरता दिँदै केही नयाँ योजनासमेत अघि सारेका छन् । पालिकामध्ये सबैभन्दा धेरै बजेट कालिका गाउँपालिकाले ४८ करोड ५६ लाख ६५ हजार रुपियाँ विनियोजन गरेको छ । पालिकाले आर्थिक, सामाजिक तथा सांस्कृतिक, भौगोलिक र वातावरणीय पक्षको मध्यनजर गरी नागरिकको आवश्यकता र सर्वोत्तम हितका लागि बजेट बनाएको उपाध्यक्ष मीरा तामाङले बताउनुभयो ।
नौकुण्ड गाउँपालिकाले ४७ करोड ८९ लाख तीन हजार १९६ रुपियाँको बजेट पेस गरेको छ । सडक सञ्जाल विस्तार, गुणस्तरीय शिक्षा, प्रविधिमैत्री कक्षा सञ्चालन, सहिला उद्यमशीलता, खानेपानी र कृषि उत्पादनमा जोड दिएको उपाध्यक्ष चन्दबहादुर गलानले जानकारी दिनुभयो ।
त्यस्तै उत्तरगया गाउँपालिकाले ४४ करोड १९ हजार ४१५ रुपियाँ बराबरको बजेट सार्वजनिक गरेको छ । सीमित स्रोतको हुँदा पनि शिक्षा, स्वास्थ्य, पर्यटन र कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट ल्याइएको छ । गोसाइँकुण्ड गाउँपालिकाले ग्रामीण पूर्वाधार सुदृढीकरण, शिक्षामा गुणस्तर, कृषिमा आधुनीकरण, पर्यटन प्रवर्धन र स्थानीय तहमा रोजगार सिर्जनालाई प्राथमिकतामा राखेर बजेट ल्याइएको छ । पालिका अध्यक्ष कैसाङनुर्पु तामाङका अनुुसार पालिकाले ४१ करोड ८४ लाख रुपियाँ बजेट पेस गरेको छ । आमाछोदिङ्मो गाउँपालिकाले आर्थिक विकासलाई मूल प्राथमिकतामा राखेर कृषि, पशुपालन, उद्योग, आयआर्जन, धार्मिक र सांस्कृतिक सम्पदाको संरक्षण तथा होमस्टे प्रवर्धनमा जोड दिँदै कुल ३९ करोड ३९ लाख ३९ हजार रुपियाँ बराबरको बजेट प्रस्ताव गरेको हो ।