लेखान्तर (कथा)
रत्न दाइ गरिब थिए तर खुसी नै थिए । वास्तवमा मानिस गरिबीले दुःखी हुने होइन । दुःखी हुने कारक अरू अनेकौँ छन् । खानै नपाएर कुन चाहिँ जनावर मरेको छ र पृथ्वीमा ! रत्न दाइका तीन छोरा स्कुल पढ्दैथे । तामाका मुना जस्ता सलक्क हुर्कंदै गरेका । रत्ना भाउजू बिहान बेलुकी गाईलाई घाँस काट्थिन् । उनीहरू लगभग दिनको दुई पाथी दुध बेच्थे । त्यो भेगका प्रायः घरमा सबैले दुध बेच्छन् ।
चिउरी–चमेरो संरक्षण कार्यक्रमका लागि सम्झौता
बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८०/८१ बाट सीमान्तकृत समुदाय चेपाङ समुदायको उत्थानका लागि चिउरी–चमेरो संरक्षण कार्यक्रम सुरु गरेको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयमार्फत चेपाङ समुदायलक्षित चेपाङ समुदायको उत्थानका लागि चिउरी–चमेरो संरक्षण कार्यव्रmम सञ्चालन गर्न छनोटमा परेका बागमती प्रदेशका तीन जिल्लाका स्थानीय तह र सामाजिक विकास मन्त्रालयबिच सम्झौता गरिएको छ
हर्षको वर्ष बनेर आओस् नयाँ वर्ष
शिशिरको कठ्याङ्ग्रिँदो तुसारो खेपेर बाँचेकाहरूका लागि वसन्तको लाली बनेर आओस् नयाँ वर्ष अहङ्कारको पहाड चढेर पश्चात्तापको ओरालो झर्नेहरूका लागि
फेरि अर्को नववर्ष (कविता)
वर्षहरू हिँडेर समयका सडक/गोरेटोहरूमा माइलखुट्टीहरू गाडिँदै/थपिँदै आगमन फेरि एक अर्को नववर्षको
सेवा निवृत्तिपछि फेरी लगाउँँदै ध्रुव
बारा जिल्लाको निजगढ नगरपालिका–११ स्थित रतनपुरका ध्रुव जोगीको अहिले दैनिकी फेरिएको छ । तीन वर्षअघिसम्म नेपाली सेनामा कडा अनुशासनमा रहेका ध्रुवको दैनिकी सेवा निवृत्त भएसँगै फेरिएको हो । प
‘चिठीपत्र’ माथि एक दृष्टि
नेपाली साहित्यमा आख्यान र निबन्धको फाँटमा सुपरिचित डा. तुलसी भट्टराई एक अविश्रान्त स्रष्टा र कर्मठ राजनीतिक व्यक्तित्वको नाम हो । ऊ पनि त मान्छे हो उपन्यासबाट साहित्य जगत्मा सादृश्य प्रवेश गरेका डा. भट्टराईका दर्जनौँ साहित्यिक कृति, विभिन्न पत्रपत्रिकामा सयौँ फुटकर रचना र समीक्षा प्रकाशित छन् । साहित्यिक पत्रकार पनि रहेका भट्टराईको सम्पादनमा विभिन्न पुस्तकका साथै राजनीतिक तथा साहित्यिक पत्रपत्रिका पनि प्रकाशित छन् । हिन्दीका केही कृतिलाई नेपालीमा रूपान्तर ग
महाकुम्भ महोत्सवमा बढ्यो चहलपहल
प्राचीन हरिद्वारका रूपमा रहेको चतराधाममा लागेको एकमहिने बाह्रबर्से पिण्डेश्वर पूर्ण महाकुम्भ महोत्सवको आयोजनासँगै यहाँ सर्वसाधारण भक्तजनको चहलपहल बढेको छ । नेपाल र भारतबाहेक भुटान, म्यान्मार, बेलायत, अमेरिका, क्यानडा, बेल्जियम, अस्ट्रेलियालगायतका देशबाट भक्तजन आउने क्रम जारी छ ।
अन्तर्मनको आँधी
आँधीले सारा उडाएर लग्यो । मनको बेचैनी आँधीको मध्यभागमा पसेको भुमरी जस्तै बेप्रवाह घुमिरहेको छ । आँखाअगाडि बसिरहेको दृश्य क्षणभरमा परिवर्तन भयो । खरले छाएका गोठहरू नाङ्गा देखिए । विद्यालय र केही कहलिएका धनीको टिनको छानो धुवाँको पिरो राग खेप्न छोडेर खरबारीमा पुगेर विश्राम गरे । बाँसको झ्याङमा बसिरहेका चराहरू अलप भए । निहुरिएर शोभा प्रकट गर्ने बाँस पड्किएर भाटामा रूपान्तरण भएर भुइँमा थुप्रिए । धरामा रहेको धुलो र आकाशमा देखिएको कालो बादल नदीको वेगले कटान गरेको बगर जस्तै सफा देखिए । आँधीको वेगमा रमाइरहेका धुलोका कण, रुखका पात, ढोड, पराल र प्लास्टिकका झोलाहरू आफ्नो नृत्य सकेर शान्त देखिए । केही फुर्फुर गर्दै छन् अझै पनि उद्वेलित भएर, मेरो मनको बेचैनी जस्तै ।
जुडशीतल पर्व
हरेक धर्म, सम्प्रदाय र समुदायमा मनाइने चाडपर्वको आआफ्नै विशेषता हुन्छ । हरेक चाडपर्वको सामाजिक, धार्मिक, सांस्कृतिक महत्व हुन्छ । चाडपर्व पारिवारिक र सामाजिक सम्बन्धलाई बलियो पार्ने तथा नवीकरण गर्ने अर्को सेतु पनि हो । चाडपर्वको महत्वलाई मानव स्वास्थ्यका दृष्टिले पनि हेर्न सकिन्छ ।