• ७ वैशाख २०८२, आइतबार

किसानलाई अनुदानमा मौरीसहितका घार वितरण

blog

गलकोट (बागलुङ),  फागुन १९ गते ।  किसानलालाई आयआर्जनमा सघाउन बागलुङ नगरपालिकाले आफ्नो कार्यक्षेत्रका ५८ किसानलाई अनुदानमा मौरीसहितका घार वितरण गरेको छ ।  किसानलाई ५० प्रतिशत अनुदानमा घार वितरण गरिएको हो । 

नगरपालिकाले  किसानसँगको सहलगानीमा रु। सात हजार ७०० मा  मौरीसहितको घार खरिद गरेर वितरण गरेको बागलुङ नगरपालिकाका नगरउपप्रमुख राजु खड्काले जानकारी दिनुभयो । 

“मौरीपालनमार्फत आय आर्जन बढाउन नगरपालिकाले अनुदान दिएको हो”, उहाँले भन्नुभयो । नगरपालिका र  ५८ किसानको रु। चार लाख ४६ हजार लागतमा मौरीसहितका घार वितरण गरिएको उहाँले बताउनुभयो । विगतमा पनि नगरपालिकाले थ्रेसर, मिनि टिलर हलो र मौरीका घार वितरण गरेको थियो । रासस