नेप्से परिसूचक घट्यो
साताको पहिलो कारोबारको दिन उच्च अङ्कले बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज दोहोरो अङ्कले घटेको छ ।
कुसुण्डाको भाषा संरक्षण गर्नु राज्यको दायित्व हो : सांसद थापा
नेकपा (एमाले) का पोलिटब्युरो सदस्य तथा प्रतिनिधिसभा सदस्य सूर्य थापाले राष्ट्रिय सम्पत्तिको रूपमा रहेको कुसुण्डा जातिको भाषाको संरक्षण गर्नु राज्यको दायित्व भएको बताउनुभएको छ ।
सञ्चारिका समूह धनकुटा अध्यक्षमा राई
सञ्चारिका समूह धनकुटाको प्रथम जिल्ला अधिवेशनबाट सर्मिला राई अध्यक्षमा निर्वाचित हुनुभएको छ । नेपाल पत्रकार महासंघ धनकुटाको सभाहलमा आज सम्पन्न अधिवेशनले उहाँलाई अध्यक्षमा चयन गरेको हो ।
गुठीपीडित किसानको माग सम्बोधन गर्न आग्रह
थारू कल्याणकारिणी सभा (थाकस) दाङले स्वर्गद्वारी गूठीपिडित सङ्घर्ष समितिले राखेको माग सम्बोधन गर्न सरकारसँग आग्रह गरेको छ । माग सम्बोधनको माग गर्दै समितिले शान्तिपूर्ण दवावको कार्यक्रम गर्दैआएको छ ।
सिँगारिँदै ओजुवा ताल
कैलालीको टीकापुर नगरपालिका –७ स्थित डल्फिन देखिने क्षेत्रमा रहेको ओजुवा ताल क्षेत्रको सौन्दर्यीकरण गरिंदैछ । पर्यटन विकास गर्ने उद्देश्यले सङ्घीय सरकार र टीकापुर नगरपालिकाको संयुक्त लगानीमा ताल क्षेत्रको सौन्दर्यीकरण भइरहेको हो ।
प्रगतिशील लेखक सङ्घ बागलुङ अध्यक्षमा राना
प्रगतिशील लेखक सङ्घ (प्रलेस) बागलुङको अध्यक्षमा विजय राना सर्वसम्मत चयन हुनुभएको छ । प्रलेस बागलुङको आइतबार सम्पन्न अधिवेशनले रानाको नेतृत्वमा ९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो ।
सडक दुर्घटनामा प्रहरीको मृत्यु
कैलालीको ६ लेन सडकमा सवारी दुर्घटनामा परी प्रहरी नायब निरीक्षक (सई) ३४ वर्षीय योगेन्द्रबहादुर बोहराको मृत्यु भएको छ ।
चितुवाले ६ वटा बाख्रा मार्यो
बैतडीमा चितुवाले आक्रमण गरी किसानको ६ वटा बाख्रा मारेको छ । आइतबार राति बाघले जिल्लाको पाटन नगरपालिका –२ सिन्टोलका शंकरसिंह महराका ६ वटा बाख्रा मारेको रामसिंह महराले बताउनुभयो ।
भैरहवा कारागार स्थानान्तरण गर्ने गृहमन्त्रीको आश्वासन
रूपन्देहीको सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले भैरहवामा रहेको जिल्ला कारागार स्थानान्तरणका लागि गृहमन्त्री रमेश लेखकसँग सम्वाद गर्नुभएको छ ।
अध्यक्ष प्रचण्ड टीकापुर आउनुहुँदै
पार्टीलाई आफ्नै वर्ग र समुदायतर्फ फर्काएर जनताको सेवामा जुट्ने अभियान अन्तर्गत मधेश प्रदेशमा रहनुभएका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड कैलालीको टीकापुर आउँदै हुनुहुन्छ ।
नेपाल वन प्राविधिक परिषद् गठन गर्न माग
नेपाल वन प्राविधिक सङ्घले नेपाल वन प्राविधिक परिषद् गठन गर्न माग गरेको छ ।
कुटपिट गरी श्रीमतीको हत्या
सिन्धुलीको दुधौली नगरपालिका–८ कछुवाखाडी निवासी १७ वर्षीया अनिसा सदाको कुटपिट गर श्रीमानले हत्या गरेका छन् ।
गोरखामा माइक्रोबस दुर्घटना : एकको मृत्यु, १४ जना घाइते
यस्तै, जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदीका अनुसार सोमबार बिहान ११ः २५ बजेको समयमा दुर्घटना परी माइक्रोमा सवार ३७ वर्षीया पदम बहादुर दर्जीको आँबुखैरनी गाउँपालिकाको अस्पतालमा मृत्यु भएको हाे ।
वडाध्यक्ष प्रेमबहादुर आग्रीको निधन
सुर्खेतको भेरीगङ्गा नगरपालिका–९ का अध्यक्ष प्रेमबहादुर आग्रीको निधन भएको छ । भारतको महाराष्ट्रमा उपचाररत आग्रीको आइतबार मध्यराति निधन भएको हो ।
नगरपालिकाले औषधी खरीद नगर्दा सर्वसाधारण समस्यामा
पर्वतको कुश्मा नगरपालिकाले सर्वसाधारणको स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्न निःशुल्क वितरण गरिने औषधी खरिदमा हेलचक्राई गरेको छ ।
सानो लापरवाहीका कारण ठूलो आगलागी, बर्सेनि अर्बौको क्षति
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्क अनुसार यो वर्ष वैशाखदेखि फागुन १८ गतेसम्म तीन हजार ९९२ वटा आगलागी तथा डढेलोका घटना भएका छन् ।
मुकेश मेमोरियललाई सहिद कप भलिबलको उपाधि
ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–३ सिकैँचामा आयोजना गरिएको पहिलो सहिद कप भलिबल उपाधि मुकेश मेमोरियल क्लब आम्बेगुदिनले जितेको छ ।
डोला दर्शनका लागि श्रद्धालुको भीड
‘सियावर रामचन्द्रकी जय हो’ एउटै वाणी, एउटै लय । मिथिला माध्यमिकी परिक्रमाका यात्रीको अचेल मन्त्र पनि यही, जाप पनि यही ।
बुवाको कुटाइबाट छाेराको मृत्यु
पाल्पामा बुवाकाे कुटाइबाट एक जनाको मृत्यु भएको छ ।
पालुङटार-जौबारी-बारपाक सडक स्तरोन्नति
गोरखाको पालुङटार नगरपालिकादेखि हर्मी-छोप्राक-गाँखु-श्रीनाथकोट-जौबारी-मुच्चोक-सिम्जुङ घ्याचचोक हुदै बारपाक पुग्ने सडक खण्ड स्तरोन्नति भएको छ ।
श्रीलङ्काकाे राजदूतमा नेपाली नियुक्त
राष्ट्रपति रामचन्द्र पौडेलले पूर्णबहादुर नेपालीलाई राजदूत पदमा नियुक्त गर्नुभएकाे छ । सोमबार राष्ट्रपति पौडेलले नेपालीलाई श्रीलंकाका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गर्नुभएकाे हाे ।
लापसे गरी सवारी चलाउने चालक कारबाहीमा
जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापले गरेको विशेष चेक जाँचका क्रममा लागूपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका दुई जना चालकलाई मन्थलीस्थित भैसेश्वर चोकबाट नियन्त्रणमा लिएको छ ।
बन्दीपुरमा झण्डै चार अर्बको लगानीमा बन्यो पाँचतारे होटल
कोरोना महामारीपछि सुस्ताएको पर्यटन क्षेत्रमा पछिल्लो समय स्वदेशी तथा विदेशी पर्यटक आगमन वृद्धि भएसँगै लगानीकर्ताहरू यसतर्फ आकर्षित भएका हुन् ।
प्राध्यापक खरेलको नयाँ पुस्तक सार्वजनिक
प्राध्यापक पी. खरेलको नयाँ कृति ‘डेमोक्रेसी रप्चर, च्यानल क्याप्चर बिनिथ एण्ड बियोण्ड दि बोर्डर्स’ आज एक समारोहविच लोकार्पण गरिएको छ ।