सिद्धि जलविद्युतबाट आधा दर्जन घर जोखिममा
निर्माणाधीन सिद्धिखोला जलविद्युत् आयोजनाका कारण इलामको रोङमा स्थानीयका आधा दर्जन घर जोखिममा परेका छन् । रोङ गाउँपालिका–६ र सूर्याेदय नगरपालिका–५ को सिमाना भएर
सहिद परिवारको सम्मान
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) जिल्ला समन्वय समिति चितवनले सोमबार जनयुद्ध तथा जनआन्दोलनको व्रmममा मारिएका, बेपत्ता पारिएका परिवारलाई सम्मान गरेको छ ।
जग्गा अभावले योजना अलपत्र
पायक मिल्दो जग्गाको अभाव हुँदा दक्षिण बागलुङको जैमिनी नगरपालिकाभित्रका ठुला योजना अलपत्र परेका छन् ।
फेरि मेलम्चीको पाइप फुट्दा थापाथली क्षेत्र जलमग्न
काठमाडौँको थापाथली चोक नजिक मेलम्चीको पाइप फुटेपछि जलमग्न भएको छ । आज बिहान पाइप फुट्दा उक्त क्षेत्रमा जलमग्न हुनुका साथै सडकसमेत अवरुद्ध भएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित डडेल्धुरेली भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित डडेल्धुरेली भाषा
कोरला–त्रिवेणी सडक : प्रगति चवन्न प्रतिशत
गण्डकी प्रदेश सरकारले प्रदेश गौरवको योजनाका रूपमा राखेको कोरला–त्रिवेणी सडकखण्ड अन्तर्गतको डेढगाउँ–झ्यालबास खण्डको भौतिक प्रगति ५४ प्रतिशत भएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित मगही भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित मगही भाषा
सिस्नोको कपडा बुनेर स्वरोजगार बन्दै महिला
जिल्लाको थाहा नगरपालिका दामनका महिला स्वरोजगार बन्ने उद्देश्यले अल्लोको कपडा बनाउन थालेका छन् । वनमा जताजतै उपलब्ध हुने अल्लोको पाटबाट कपडा बुन्ने यहाँका स्थानीय महिलाले वार्षिक कार्यतालिका बनाएर काम गरिरहेका हुन् ।
बादी समुदायमा जीविकोपार्जनको समस्या
जाजरकोट नलगाडका बादी समुदायको पुख्र्यौली पेसा लोप हुन थालेपछि उनीहरूको जीविकोपार्जनमा समस्या भएको छ ।
सुविधा खोजीमा बसाइँसराइ
सरकारी सेवासुविधा तथा विकास नभएको भन्दै कर्णालीमा एक वर्षमा चार हजारभन्दा बढीले बसाइँसराइ गरेका छन् ।
अनलाइन व्यापारको नियमन
सूचना प्रविधिले संसारलाई धेरै सहज बनाएको छ ।
विकासका लागि द्वन्द्व व्यवस्थापन
‘बादे बादे जायते तत्व बोध’ भन्नाले वादविवादबाट उचित निष्कर्ष निकाल्न सकिन्छ
सङ्घीयताको व्यावहारिक कार्यान्वयन
प्रिय प्रकृति, यति कलिलो उमेरमा प्रकृतिमै विलीन हुन पुग्यौ तर घटनाको निष्पक्ष छानबिन होस् । प्रजातन्त्र दिवसका दिन सङ्घीयताबारे पाठ पढाएर घर फर्किंदै थिएँ ।
विद्यार्थी पलायन रोक्ने अवसर
विश्वविद्यालय अनुदान आयोगको पछिल्लो तथ्याङ्कले भन्छ, मुलुकमा हाल सञ्चालनमा रहेका एक हजार ४३२ वटा क्याम्पसमध्ये ५०५ क्याम्पसमा एक सयभन्दा कम विद्यार्थीले पढिरहेका छन् ।
मासिक एक दिन श्रमदान अनिवार्य
फुङ्लिङ, फागुन २० गते । नेकपा एमाले थेचम्बु वडा कमिटीले १ महिनामा कम्तीमा एक दिन श्रम अभियान सुरु गरेको छ । आफ्नो गाउँ आफैँ बनाऊँ भन्ने नारा सहित वडा कमिटीले उक्त अभियान सुरु गरेको हो ।एमाले जिल्ला कमिटी सदस्य तेजवीर मेन्याङबोका अनुसार थेचम्बु वडा कमिटीले सुरु गरेको अभियान अन्तरगत स्थानीय स्तरका सडक, बाटो, पानीका मुहान आदिमा सरसफाइ तथा सडकका खाल्डा पुर्ने लगायतका कार्य गर्ने गरिएको छ । युवा पङ्ती जागृत भई सामाजिक कार्यमा सक्रिय भएको मेन्याङबोको भनाई छ ।वडा तथा पालिकाका हरेक विकास निर्माणका कार्यमा श्रमदान अपरिहार्य रहेकाले यस्तो अभियान चलाइएको एमाले थेचम्बु कमिटीले जनाएको छ । श्रमदान सँगै स्थानीय स्तरका विकास निर्माणमा पनि सहयोग गर्ने श्रम दाताहरूको भनाई छ ।अहिलेको अवस्था राजनीतिक दलहरू एक अर्कालाई आरोप प्रत्यारोपमा व्यस्त भइरहेको अवस्थामा एउटा राजनीतिक दल भित्रको कमिटीले यस्तो काम सुरु गरेकोले यो काम निक्कै उदाहरणीय बन्ने स्थानीय बासीहरूको भनाई छ ।
पेट्रोलियमको राजनीतीकरण र नेपाल
सन् १९६० मा इरान, इराक, कुवेत, साउदी अरब र भेनेजुयलाले पेट्रोल निर्यात गर्ने देशको सङ्गठन ओपेक स्थापना गरे ।
आज लदि पर्व माझी समुदाय
राममणि दाहालहेटौँडा, फागुन २० गते । प्रकृतिका पूजक माझी समुदायले आफ्नो पर्व आज मङ्गलबार लदि पूजा मकवानपुरमा विशेष कार्यक्रमको आयोजना गरी मनाउँदै छन् । नोल माझी उत्थान सङ्घ केन्द्रीय समितिको आयोजनामा लदि पूजाका अवसरमा मकवानपुरको बकैया गाउँपालिका ६ स्थित जुइनामा सामूहिक रूपमा विशेष कार्यक्रम गरी मनाइने भएको हो ।सङ्घका अध्यक्ष चिनीमाया माझीले लदि पूजा माझी समुदायको प्रमुख चाड भएको भन्दै यस पर्वका अवसरमा पूजाआजासँगै शुभकामना आदान प्रदान गर्न लागेको जानकारी दिनुभयो । सङ्घका महासचिव बविन्द्र माझीले माझी समुदाय देशका विभिन्न भागमा छरिएर रहेको भन्दै पर्वका अवसरमा पहिलो पटक मकवानपुरमा विशेष कार्यक्रम आयोजना गर्न लागिएको बताउनुभयो । लदि पूजाका अवसरमा आज बकैया गाउँपालिकाको जुइनामा बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सीँ लामा तामाङको प्रमुख आतिथ्यमा शुभकामना आदान प्रदान कार्यक्रम तय भएको छ । लदि पूजाका अवसरमा बागमती प्रदेश सरकारले माझी समुदायका लागि बिदासमेत दिएको छ ।यस्तै मकवानपुरको बकैया र बागमती गाउँपालिकाले लदी पर्वका अवसरमा स्थानीय बिदा गरेका छन् । माझी समुदायले लदि पूजा फागुन महिनाको तेस्रो (साइँली) मङ्गलबार गर्ने प्रचलन रहेको छ । माझी समुदायको नेपालको मध्य पहाडी, भित्री मधेस र तराईका जिल्लाहरूमा प्रमुख बसोबास रहेको छ । परम्परादेखि नदी, खोलामा निर्भर माझीहरूको पुर्ख्यौली पेसा माछा मार्ने र डुङ्गा चलाउने भएता पनि हाल कृषि पेसालाई मुख्य पेसाको रूपमा लिँदै आएका छन् । छुट्टै इतिहास, भाषा, संस्कार, संस्कृति, पहिचान र विशेषता भएको यो जातिहरूको बसोबास प्रायः जसो नदी किनारमा रहेको छ ।राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्क अनुसार नेपालमा एक लाख ११ हजार ३५२ जनसङ्ख्या माझीहरूको रहेकोमा सबैभन्दा बढी बागमती प्रदेशमा मात्र ४१ हजार ६७१ बसोबास गर्दछन् । माझी भाषा बोल्ने ३२ हजार ९१७ जनसङ्ख्या रहेको तथ्याङ्क छ ।
१९ औँ शताब्दीमा लोप भएको चरा चितवनमा भेटियो
नेपालबाट लोप भएको भनिएको खैरो झाडीफिस्टो चरा पुनः नेपालमै फेला परेको छ । १९ औँ शताब्दीको अभिलेखबाहेक त्यसयता नदेखिएको झाडीफिस्टो चरा पछिल्लो समय चितवनको दिव्यनगरमा भेटिएको हो ।
अनोरा बन्यो उत्कृष्ट चलचित्र
विश्व चलचित्र उद्योगको सबैभन्दा प्रतिष्ठित ओस्कार अवार्ड जित्ने धोको हरेक चलचित्रकर्मीको हुन्छ ।
‘सर्माइ भागेर’ मा पुष्प र सहारा
चलचित्र ‘दर्पणछायाँ २’ का कलाकार पुष्प खड्का र सहारा कार्कीको जोडी म्युजिक भिडियोमा देखिएको छ । गायक भुवन श्रेष्ठ र मेलिना राईको स्वर रहेको गीत ‘सर्माइ भागेर’ को म्युजिक भिडियोमा यो जोडीलाई निर्देशक फिरोज तिमिल्सेनाले एकसाथ प्रस्तुत गर्नुभएको छ ।
भदौ १० मा जनै हराएको बाहुन
चलचित्र ‘जनै हराएको बाहुन’ को प्रदर्शन मिति तय भएको छ । चलचित्रको प्रदर्शन भदौ १० गते नेपाल र विदेशमा एकैदिन गरिने निर्माण पक्षले जनाएको छ । चलचित्रमा विजय बराल र मनिष राउत मुख्य भूमिकामा हुनुहुन्छ ।
आज नेमकिपाको नयाँ नेतृत्व चयन हुँदै
भक्तपुर, फागन २० गते । नेपाल मजदुर किसान पार्टीको आठौँ महाधिवेशनबाट नयाँ नेतृत्व आज चयन हुँदैछ । पार्टी केन्द्रीय सदस्य सरोजराज गोसाईंले विभिन्न प्रतिवेदनमाथि छलफल जारी रहेकाले महाधिवेशन सोमबार सकिएन र आज नयाँ नेतृत्व चयन हुने बताउनुभयो । उहाँले भन्नुभयो, “महाधिवेशन आगामी कार्यकालका लागि नेतृत्व चयन गर्दै सोमबार सम्पन्न गर्ने भनिए पनि एक दिन लम्बिएको थियो । सोमबार बन्द सत्रमा हिजो पेस भएका प्रतिवेदनमाथि सात वटा समूह बनाएर छलफल, पार्टीको विधान संशोधनबारे बहस, महाधिवेशनको घोषणा पत्र तयारी, राष्ट्रिय तथा अन्तरराष्ट्रिय नीतिलगायत विषयमा छलफल गर्दा समय अपुग हुँदा सोमबार नसकिएर दिन लम्बिएको हो ।”महाधिवेशनमा ५० जिल्लाका करिब तीन सय प्रतिनिधि सहभागी छन् ।
वरिष्ठ बलरामको शुभमुहूर्त
चलचित्र ‘वरिष्ठ बलराम’ को शुभमुहूर्त गरिएको छ । निर्माण पक्षले बुढानीलकण्ठ मन्दिरमा पूजा गर्दै छायाङ्कनसमेत सुरु गरेको छ । कात्तिक ३ लक्ष्मीपूजाका दिन प्रदर्शन हुने चलचित्रलाई सुरेन्द्र पौडेलले निर्देशन गर्दै हुनुहुन्छ ।
दुग्ध प्रशोधन केन्द्र स्थापनामा सहयोग गर्न जापानलाई आग्रह
कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले काठमाडौँमा उच्चस्तरको दुग्ध प्रशोधन केन्द्र स्थापनाका लागि जापान सरकारसँग आग्रह गर्नुभएको छ ।