गोरखापत्र समाचारदाता
काठमाडौँ, फागुन २० गते । चलचित्र ‘जनै हराएको बाहुन’ को प्रदर्शन मिति तय भएको छ । चलचित्रको प्रदर्शन भदौ १० गते नेपाल र विदेशमा एकैदिन गरिने निर्माण पक्षले जनाएको छ । चलचित्रमा विजय बराल र मनिष राउत मुख्य भूमिकामा हुनुहुन्छ ।
चलचित्रबाट हिमाल न्यौपानेले पहिलो पटक निर्देशकीय फाँटमा पाइला टेक्नुभएको छ । चलचित्रको सहायक निर्देशक ‘प्रेमगीत ३’ अभिनेता मनिष राउत हुनुहुन्छ । जो चलचित्रभित्र मुख्य भूमिकामा पनि देखिनुभएको छ । पेपरक्लिप प्रालिले निर्माण गरेको चलचित्रको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेख्नुभएको छ । चलचित्रले गाउँबाट सहर आएको एक सामान्य व्यक्तिले भोग्नु परेका अनपेक्षित परिस्थिति र त्यसले उसको जीवनमा ल्याएको परिवर्तनको कथालाई भन्ने छ । चलचित्रमा नवीन गुरुङ छायाङ्कार, व्रिmयटिभ निर्देशक सम्राट महर्जन (ज्याक), भिएफक्स सुपरभाइजरका रूपमा मयङ्क निरौला रहनुभएको छ ।