• २० फागुन २०८१, मङ्गलबार

श्रीलङ्काकाे राजदूतमा नेपाली नियुक्त

blog

काठमाडौं, फागुन १९ गते । राष्ट्रपति रामचन्द्र पौडेलले पूर्णबहादुर नेपालीलाई राजदूत पदमा नियुक्त गर्नुभएकाे छ । सोमबार राष्ट्रपति पौडेलले नेपालीलाई श्रीलङ्काका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गर्नुभएकाे हाे । 

राष्ट्रपति कार्यालय शीतल निवासले एक विज्ञप्ति जारी गर्दै नेपालको संविधानको धारा २८२ को उपधारा ९१० बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा नेपालीलाई राजदूत पदमा नियुक्त गरिएको जानकारी दिएको छ।