गुल्मीमा आगलागीबाट ८९ घर गोठ जले, ८३ पशु चौपाया मरे
गुल्मीका विभिन्न १४ स्थानमा शनिबार एकैदिन भएको आगलागीबाट ८९ घर गोठ जलेर नष्ट भएका छन् । आगलागीबाट ४१ घर, ४८ गोठ, ८३ पशुचौपाया, एक ट्याक्टर, दुई कुटानपिसान मिल, एक मन्दिर र दुई किराना पसल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक शङ्कर पोखरेलले जानकारी दिनुभयो ।
तराईमा तातो हावा, जनजीवन प्रभावित
सर्लाहीसहित तराई क्षेत्रमा तातो हावाले जनजीवन प्रभावित बनेको छ । यहाँ विगत एक सातादेखि दिनभर टन्टलापुर घाम र अत्यधिक तातो हावा समेत चल्न थालेसँगै जनजीवन प्रभावित बनेको हो ।
गहना जोगाउन घरभित्र जाँदा वृद्धाको मृत्यु
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-३ दारकाट्यामा आगलागीमा परेर एक ज्येष्ठ नागरिकको मृत्यु भएको छ।
एमाले अध्यक्ष ओली अस्वस्थ
ललितपुरको गोदावरीस्थित शनिबारदेखि सुरु भएको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा आइतबार अध्यक्ष ओली उपस्थित हुनु भएन। केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव बडालका अनुसार अस्वस्थ भएपछि उहाँ बैठकमा उपस्थित नहुनु भएको हो।
नेवा मुक्ति मोर्चाको १७ बुँदे मागसहित प्रदेश सरकारलाई ज्ञापनपत्र
नेवा मुक्ति मोर्चा नेपालले विभिन्न माग राख्दै बागमती प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ । आइतबार बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलाई विभिन्न १७ बुँदे माग र सुझावसहित ज्ञापनपत्र बुझाएको हो ।
सबैको सम्मान हुनेगरी महासंघको विवाद टुंगियोस् : मन्त्री चौधरी
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले सबै पक्षको सम्मान हुनेगरी पत्रकार महासङ्घको संस्थापकको विवाद टुङ्गो लाग्नुपर्ने बताउनुभएको छ ।
सीमा क्षेत्रमा सशस्त्रको पैदल गस्ती
सीमा क्षेत्रमा सशस्त्र प्रहरीले पैदल गस्ती सुरु गरेको छ । सीमा क्षेत्रमा हुने अपराध नियन्त्रण गर्ने र विभिन्न जानकारी लिने उद्देश्यका साथ सशस्त्रको टोलीले पैदल गस्ती सुरु गरेको हो ।
कर्णाली कोरिडोरको हुम्ला सडकखण्ड विस्तार सुरु
कर्णाली कोरिडोरको हुम्ला खण्डमा पर्ने सर्केगार्ड गाउँपालिकाको केन्द्र सर्केगार्ड बजार क्षेत्रमा रोकिएको सात वर्षपछि सडक विस्तारको काम सुरु भएको छ।
घाटुनाच संरक्षणमा गुरुङ समुदाय
नवलपुरका गुरुङ समुदाय यतिखेर ऐतिहासिक परम्परागत घाटुनाच संरक्षणमा जुटेका छन् । गुरुङ समुदायको प्रसिद्ध घाटुनाच पछिल्लो समय लोपोन्मुख हुँदै गएपछि यसको संरक्षण र संवर्द्धनमा स्थानीय गुरुङ अगुवाहरू जुटन थालेको बताउँछन् ।