• १९ फागुन २०८१, सोमबार

पल्लभीको आइपिओ आउने

blog

सुनसरी समाचारदाता

इटहरी, फागुन १९ गते । पल्लभी लुब्रिकेन्टस लिमिटेडले प्राथमिक सेयर (आइपिओ) निष्कासन गर्ने भएको छ । जसका लागि कम्पनीले बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैङ्क लिमिटेडलाई नियुक्त गरेको छ ।

यससम्बन्धी सम्झौतापत्रमा पल्लभी लुब्रिकेन्टस लिमिटेडका तर्फबाट कम्पनीका अध्यक्ष श्याम राठी तथा नबिल इन्भेस्टमेन्ट बैङ्क लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिषनारायण जोशीले हस्ताक्षर गर्नुभएको छ । 

कम्पनीले विद्यमान धितोपत्र दर्ता तथा निष्कासनसम्बन्धी नियमावली र धितोपत्र निष्कासन तथा बाँडफाँटसम्बन्धी निर्देशिकाहरूमा भएको व्यवस्थाबमोजिम निकट भविष्यमा नियमनकारी निकायबाट आवश्यक स्वीकृति प्राप्त गरी सर्वसाधारणमा प्राथमिक सेयरको सार्वजनिक निष्कासन गर्ने कम्पनीका अध्यक्ष राठीले जानकारी दिनुभयो ।