बैतडीबाट एमाले नेता भण्डारीले गर्नुभयो जितको ह्याट्रिक
एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको बैतडीबाट नेकपा (एमाले) का सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष दामोदर भण्डारी विजयी हुनुभएको छ । संसदीय राजनीतिमा भण्डारीको बैतडीबाट लगातार यो तेस्रो जित हो । उहाँले जितमा ह्याट्रिक गर्नुभएको छ ।
कपिलवस्तु १ प्रदेशसभा (क) मा एमालेका पन्थी विजयी
कपिलवस्तु १ (क) प्रदेश सभा सदस्य पदमा नेकपा (एमाले) का विष्णु पन्थी विजयी हुनुभएको छ । पन्थीले नेपाली कांग्रेसका डोलकराम घिमिरेलाई ४ हजार ४५० मतान्तरले पराजित गर्नुभएको हो ।
उपत्यकामा कांग्रेस सात, रास्वपा पाँच, एमाले दुई र नेमकिपा एक क्षेत्रमा विजयी
काठमाडौं उपत्यकाका १५ वटा निर्वाचन क्षेत्रकाे मतपरिणामअनुसार नेपाली कांग्रेस सात, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पाँच, नेकपा एमाले दुई र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) एक क्षेत्रमा विजयी भएकाे छ ।
सप्तरी ३ मा कांग्रेसका यादव विजयी
सप्तरी निर्वाचन क्षेत्र नं ३ को प्रतिनिधिसभा पदमा नेपाली कांग्रेसका उम्मेदवार दिनेशकुमार यादव निर्वाचित हुनुभएको छ ।
नागरिक उन्मुक्तिका अध्यक्ष रञ्जिता कैलाली १ बाट विजयी
नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ १२ हजारको मतान्तरले कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको छ । श्रेष्ठले ३० हजार ४०४ मत प्राप्त गर्नुभएको छ । श्रेष्ठका निकटतम प्रतिद्वन्द्वी गठबन्धनका तर्फबाट नेपाली कांगे्रसका उम्मेदवार रामजनम चौधरीले १८ हजार ८१ मत पाउनुभयो ।
झापा-३ मा राप्रपा अध्यक्ष लिङ्देन विजयी
झापाको प्रतिनिधिसभा क्षेत्र नं. ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन विजयी हुनुभएको छ ।
काभ्रेपलाञ्चोक १ प्रदेश (क) मा माओवादीका ढकाल विजयी
काभ्रेपलाञ्चोकको प्रतिनिधि सभा १ अन्तर्गतको प्रदेश सभा (क) मा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार रत्न ढकाल विजयी हुनुभएको छ । प्रदेश सभा (क) मा ढकाल दोस्रो पटक विजयी हुनुभएको हो । विजयी हुनुभएका ढकालले एमालेका उम्मदेवार दिलबहादुर तामाङ (दिलिप) लाई नौ हजार ४४२ मतान्तरले पराजित गर्नुभयो । ढकालले २० हजार ७२० मत प्राप्त गर्नुभयो भने एमालेका तामाङ ११ हजार २७८ मत प्राप्त गर्नुभयो ।
चितवन क्षेत्र नं १ बाट रास्वपाका ढकाल विजयी
चितवन क्षेत्र नं १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का हरि ढकाल निर्वाचित हुनुभएको छ । नेकपा (एमाले)का सुरेन्द्रप्रसाद पाण्डेलाई सात हजार ५८१ मतले पछि पर्नुहुँदै ढकाल विजयी हुनुभएको हो ।
रौतहट ३ को (ख)मा कांग्रेसका यादव विजयी
रौतहट क्षेत्र नं. ३ को प्रदेशसभा (ख)मा नेपाली कांग्रेसका उम्मेदवार सुनिलकुमार यादव विजयी हुनुभएको छ ।
झापा ५ (क) प्रदेश सभामा एमालेबाट हिक्मत कार्की निर्वाचित
झापा ५ (क) मा नेकपा (एमाले) का नेता एबम् प्रदेश १ सरकारका पूर्वमन्त्री हिक्मत कार्की विजयी हुनुभएको छ । गठबन्धनको तर्फबाट उम्मेदवार बन्नु भएका नेपाली काङ्ग्रेसका जीवन रार्इलाई पराजित गर्दै उहाँ निर्वाचित हुनुभएको हो ।
दाङ–१ (ख) मा नेपाली कांग्रेसका अनुराग खड्का विजयी
दाङ निर्वाचन क्षेत्र नं १ (ख) प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका अनुराग खड्का निर्वाचित हुनुभएको छ । उहाँले नेकपा (एमाले)का उम्मेदवार कुलबहादुर केसीलाई तीन हजार ५२ मतान्तरले पराजित गर्नुभएको हो ।
कास्की क्षेत्र २ मा एमाले नेत्री विद्या भट्टराई निर्वाचित
कास्की क्षेत्र नम्बर २ मा नेकपा (एमाले) का उम्मेदवार विद्या भट्टराई विजयी हुनुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार माधवप्रसाद कंडेललाई पराजित गर्दै भट्टराई प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको हो ।
सप्तरी १ (क) मा एमालेका राजकुमार लेखी निर्वाचित
नेकपा (एमाले) का नेता राजकुमार लेखी सप्तरी १ (क) बाट प्रदेश सभा सदस्य पदमा निर्वाचित हुनुभएको छ । उहाँले १४ हजार २९१ मत ल्याएर निर्वाचित हुनुभएको हो ।
रौतहट ४ मा कांग्रेसका देवप्रसाद तिमिल्सिना विजयी
रौतहटको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका देवप्रसाद तिमल्सिना दोस्रो पटक निर्वाचित हुनु भएको छ ।
समानुपातिकमा एमाले अगाडि, कांग्रेस दोस्रो र रास्वपा तेस्राे
मानुपातिक निर्वाचनमा मतगणनाको आधारमा प्रतिनिधिसभातर्फ नेकपा (एमाले)ले अग्रता कायमै राखेको छ । निर्वाचन आयोगको दिउँसो १ बजेको तथ्याङ्कअनुसार एमालेले पाँच लाख ४७ हजार ३१९ मत प्राप्त गरेको छ ।
डडेल्धुरा प्रदेशसभा (ख) मा स्वतन्त्र उम्मेदवार जोशी निर्वाचित
डडेल्धुरा प्रदेशसभा (ख) मा स्वतन्त्र उम्मेदवार ताराप्रसाद जोशी निर्वाचित हुनुभएको छ । उहाँले ११ हजार १ सय ७० मत ल्याएर प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको हो ।
कांग्रेस नेता शशाङ्क कोइराला लगातार चौथो पटक विजयी
नेपाली कांग्रेसका नेता शशाङ्क कोइराला लगातार चौथो पटक नवलपरासी (बर्दघाट सुस्ता पूर्व) १ बाट विजयी हुनुभएको छ ।
मकवानपुर १ मा राप्रपाका सिंह विजयी
मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नं. १ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का दीपकबहादुर सिंह विजयी हुनुभएको छ ।
झापा ४ मा एमालेका लालप्रसाद साँवा विजयी
झापा क्षेत्र नम्बर ४ मा एमालेका लालप्रसाद साँवा (एलपी) विजयी हुनुभएको छ । साँवाले नेपाली कांग्रेसका उम्मेदवार कांग्रेस जिल्ला सभापति देउकुमार थेबेलाई ६ हजार ८६७ मतअन्तरले पराजित गर्दै साँवा बिजयी हुनुभएको हो ।
कञ्चनपुर १ (क) मा एमालेका थापा विजयी
कञ्चनपुर निर्वाचन क्षेत्र नं १ (क) प्रदेशसभा सदस्यमा नेकपा (एमाले)का वीरबहादुर थापा विजयी हुनुभएको छ ।
भक्तपुर १ प्रदेशसभा (ख)मा नेमकिपाका गोसाइँ विजयी
भक्तपुर क्षेत्र नं १ प्रदेशसभा (ख) मा नेपाल मजदूर किसान पार्टीका उम्मेदवार सुरेन्द्रराज गोसाइँ विजयी हुनुभएको छ ।
कपिलवस्तु २ को प्रदेशसभा (क) मा एमालेका लामिछाने विजयी
कपिलवस्तुको क्षेत्र नं. २ को प्रदेश सभा (क) मा नेकपा (एमाले) का नवराज लामिछाने विजयी हुनु भएको छ । लामिछानेले आफ्ना प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार विक्रम सिंह थापालाई ५२२ मत अन्तरले पराजित गर्दै विजयी हुनुभएको हो ।
चितवन-२ मा रवि लामिछाने विजयी
चितवन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने भारी मतान्तरले निर्वाचित हुनुभएको छ ।
कैलाली १ (क) मा नागरिक उन्मुक्तिका कैलाश विजयी
कैलाली निर्वाचन क्षेत्र नम्बर १ प्रदेशसभा (क) बाट नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार कैलाश चौधरी विजयी हुनुभएको छ । चौधरीले १५ हजार १०१ मत प्राप्त गर्नुभएको छ ।