• ७ वैशाख २०८१, शुक्रबार

सप्तरी ३ मा कांग्रेसका यादव विजयी

blog

सप्तरी, मङ्सिर ८ गते । सप्तरी निर्वाचन क्षेत्र नं ३ को प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार दिनेशकुमार यादव निर्वाचित हुनुभएको छ । निर्वाचन अधिकृत मदनप्रसाद पराजुलीका अनुसार यादव यादवले २६ हजार १६६ मत ल्याएर निर्वाचित हुनुभएको हो ।

उहाँका निकटम प्रतिद्वन्दी नेकपा (एमाले) का ताराकान्त चौधरीले २२ हजार तीन सय मत ल्याउनुभएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । यस्तै, जनमत पार्टीका अनिश अन्सारीले १५ हजार एक सय १४ मत प्राप्त गर्नुभयो  । रासस