• १२ वैशाख २०८१, बुधबार

कास्की क्षेत्र २ मा एमाले नेत्री विद्या भट्टराई निर्वाचित

blog

सन्तोष सुवेदी

कास्की, मङ्सिर ८ गते । कास्की क्षेत्र नम्बर २ मा नेकपा (एमाले) का उम्मेदवार विद्या भट्टराई विजयी हुनुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार माधवप्रसाद कँडेललाई पराजित गर्दै भट्टराई प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको हो । 

विजयी भट्टराईले १६ हजार ९९८ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कँडेलले १२ हजार ४९५ मत प्राप्त गर्नुभयो । सत्ता गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) का श्रीनाथ बरालले तेस्रो स्थानमा चित्त बुझाउनुभयो । बरालले ९ हजार ६५९ मत प्राप्त गर्नुभयो ।