ढुङ्गा लागेर सेनाका अमल्दार गम्भीर घाइते
कर्णाली कोरिडोरको हुम्ला खण्डको दुल्ली कुनादेखि लालीबगर क्षेत्रको सुनाखाडाको चट्टानी भीर विस्फोट गर्ने क्रममा उछिट्टिएको ढुङ्गा लागेर एक जना नेपाली सेनाका अमल्दार गम्भीर घाइते हुनु भएको छ ।
इलाम १ मा खनाललाई पराजित गर्दै एमालेका बस्नेत विजयी
नेकपा (एमाले) इलामका अध्यक्ष महेश बस्नेत इलाम क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यका लागि निर्वाचित हुनुभएको छ । पूर्व प्रधानमन्त्री तथा नेकपा समाजवादीका नेता झलनाथ खनाललाई हराउँदै उहाँ बिजयी हुनुभएको हो ।
विराटनगरमा जग्गाको कित्ताकाट खुल्यो
सरकारले भू-उपयोग नियमावली २०७९ जारी गरेपछि अंशबण्डा र कित्ताकाटका लागि अदालतबाट भएको फैसलासमेत कार्यान्वयन नहुने अवस्था थियो।
चौथौँ पटक विजयी जनार्दनको भोट १५ वर्षमा १२ प्रतिशतले वृद्धि
वि.सं. २०६४ सालमा पहिलो संविधानसभाको निर्वाचनदेखि जनार्दन शर्माले चौथौं पटक विजय हुनुभएको छ । वि.सं. २०४८ सालमा पहिलो पटक निर्वाचनमा उठेका उहाँ साेबेला कांग्रेस नेता गोपालजिजङ् शाहसँग पराजित हुनुभएको थियो ।
समानुपातिकतर्फ ८० प्रतिशत मतगणना
काठमाडौँ, मङ्सिर ११ गते । मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ हालसम्म करिब ८० प्रतिशत मतगणना सम्पन्न भएको छ । सम्पन्न भएको मतगणनाको विवरण निर्वाचन आयोगको सूचना प्रणाली र समानुपातिक प्रणालीको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा अभिलेख हुने क्रम जारी रहेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयो । निर्वाचनका लागि कूल मतदाता एक करोड ७९ लाख आठ हजार आठ सय ५० रहेकामा प्रारम्भिक विवरणमा ६१ प्रतिशत मत खसेको अनुमान गरिएकामा सोको ८० प्रतिशत मतगणना हुँदा अब करिब २४ लाख मत उक्त प्रणालीतर्फ गणना हुन बाँकी छ । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ एक सय ६५ स्थानमध्ये हालसम्म एक सय ४४ क्षेत्रको मतपरिणाम आयोगको प्रणालीमा प्रविष्ट भइसकेको छ । हाल गणना भइरहेका छ निर्वाचन क्षेत्रको सोमबारसम्ममा सम्पन्न हुने आँकलन गरिएको छ । बाजुराको बूढीनन्दा नगरपालिका–५ स्थित नन्देश्वरी मावि, पीपलचौर मतदान केन्द्रमा मङ्सिर १० गते पुनः मतदान सम्पन्न भएकाले गणना हुन बाँकी छ । दोलखा र स्याङ्जा सत्तापक्ष तथा प्रतिपक्षबीच विवादका कारण मतपेटिका सङ्कलन भइसके पनि मतदानस्थलमा पुनः मतदान गराउने या मतगणना सुरु गर्ने भन्ने विषयमा आयोगको निर्णयको प्रतीक्षा गरिएको छ । रासस
घरभित्र आगो बाल्दा झ्याल ढोका खोल्न आग्रह
सरकारले आगो बालेर घरभित्र बस्दा झ्याल ढोका खोलेर बस्न आग्रह गरेको छ । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराईले सूचना जारी गर्दै देशैभरी चिसो बढ्दै गएकाले घरभित्र आगो बालेर बस्दा झ्याल ढोका खोलेर बस्न आग्रह गर्नुभएको हो ।
मध्यपहाडी लोकमार्गः डेढ दशक बित्दा पनि एक तिहाई काम बाँकी
राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको मध्यपहाडी लोकमार्ग निर्माण प्रारम्भ भएको डेढ दशक बिते पनि अझै काम सम्पन्न हुन सकेको छैन । आर्थिक वर्ष २०६४/६५ देखि सुरु भएको यस आयोजना १० वर्षमा सक्ने लक्ष्य रहेको थियो । तर, तोकिएभन्दा पाँच वर्ष बढी समय बिते पनि अझै एक तिहाई काम बाँकी रहेको छ ।
फेरि निर्वाचन हुनसक्ने अवस्था रहेको अध्यक्ष ओलीको आशङ्का
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकार निर्माण गर्नेबारे जिम्मेवारपूर्वक र सोचविचार गरेर निर्णय गर्ने बताउनुभएको छ । आफूहरु सरकार बनाउनेभन्दा पनि अस्थिरतालाई न्यूनिकरण गर्नेतर्फ केन्द्रित हुने उहाँले बताउनुभयो ।
विद्यार्थीबाटै उदाएका विजेता
मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा केन्द्रीय विद्यार्थी सङ्गठनको राजनीतिक पृष्ठभूमिबाट आएका उल्लेख्य उम्मेदवारले जितेका छन्। प्रमुख दल कांग्रेस, नेकपा (एमाले), माओवादीलगायत साना दलबाट समेत पार्टीको ‘नर्सरी’ मानिने विद्यार्थी सङ्गठनलाई आधार बनाएर उदाएका व्यक्तिहरूले प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन जितेका हुन्।
एक हजार ९२१ जनाको धरौटी गुम्ने खतरा
हालसम्म सार्वजनिक भएको नतिजाका आधारमा प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्षतर्फ करिब पाँच सय जनाले मात्र धरौटी बचाउन सफल भएका छन्। पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत निर्वाचनमा जम्मा सदर मतको १० प्रतिशतभन्दा कम सदर मत पाउने उम्मेदवारले उम्मेदवारी दिँदा सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा बुझाएको धरौटीबापतको रकम जफत हुने कानुनी व्यवस्था छ। उम्मेदवारीका लागि १० हजार रुपियाँ धरौटी राख्नुपर्ने नियम छ।
तीव्र गतिमा सवारी चलाए कारबाही
यदि तपाईंले काठमाडौँ उपत्यकामा तीव्र गतिमा सवारीसाधन चलाउँदै हुनुहुन्छ वा चलाउने गर्नुभएको छ भने अब सावधान हुनुहोला । अब छिटो सवारीसाधन चलाउने चालकले पनि मापसे (मादक पदार्थ सेवन) र लेनक्रस उल्लङ्घन गरेजस्तै दण्ड जरिवाना बुझाउनुका साथै ट्राफिक सचेतना कक्षा लिनुपर्ने हुन्छ ।
इलाम क्षेत्र २ (ख) मा कांग्रेसका गिरी विजयी
इलाम क्षेत्र नं २ (क) मा नेपाली कांग्रेसका गोविन्द्र गिरी विजयी हुनुभएको छ । गिरीले १६ हजार ६५८ मत प्राप्त गर्दै विजयी हुनुभएको हो । गिरीले नेकपा (एमाले) का गणेशप्रसाद बराललाई १२ सय ११ मतले पछि पार्नुभएको छ ।
इलाम क्षेत्र २ मा संविधान सभा अध्यक्ष नेम्वाङ निर्वाचित
संविधान सभाका अध्यक्ष तथा नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्बाङ इलाम क्षेत्र २ बाट प्रतिनिधिसभा सदस्यका लागि निर्वाचित हुनुभएको छ । उहाँ पाँचौं पटक विजयी बन्नु भएको हो । यस पटक नेम्वाङ ३० हजार २० मत प्राप्त गर्दै विजयी बन्नुभयो ।
सुनसरी क्षेत्र नम्बर २ मा एमालेका भीम आचार्य निर्वाचित
सुनसरी २ मा नेकपा (एमाले) का उम्मेदवार भीम आचार्य निर्वाचित हुनुभएको छ । उहाँ ३२ हजार ८ मतसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो ।
रुपन्देहीबाट प्रतिनिधि सभा सदस्यमा कांग्रेस नील
रुपन्देहीबाट प्रतिनिधिसभा सदस्यतर्फ नेपाली कांग्रेस नील भएको छ । पाँच वटा निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा सत्ता गठबन्धनबाट कोही उम्मेदवारले जित निकाल्न नसकेपछि कांग्रेस निल भएको हो ।
बाजुरामा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न
जिल्लाको बूढीनन्दा नगरपालिका–५ मा स्थगित भएको निर्वाचनमा आज शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको छ । मङ्सिर ४ गते भएको प्रतिनिधि तथा प्रदेश सभा सदस्यको निर्वाचनबारेमा सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी दलबीच विवाद भएपछि मतदान स्थगित गरिएको थियो ।
नुवाकोट–१ (क) मा माओवादीका राधिका तामाङ विजयी
नुवाकोटको निर्वाचन क्षेत्र नं १ प्रदेश (क)मा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार राधिका तामाङ निर्वाचित हुनुभएको छ ।
मुगुमा प्रदेश सभा (ख) मा माओवादी केन्द्रका शाही विजयी
मुगु निर्वाचन क्षेत्र नं. १ को (ख)मा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार मङ्गलबहादुर शाही विजयी हुनुभएको छ ।
दाङका किसानले धानको उचित मूल्य पाउन सकेनन्
दाङमा किसानले सरकारीस्तरबाट तोकिएको धानको समर्थन मूल्य पाउन सकेका छैनन् । किसानको धान बिक्री गर्ने समयमा पनि सरकारीस्तरबाट निर्धारण गरिएको समर्थन मूल्यमा बिक्री हुनसकेको छैन ।
नयाँ सरकार गठन र टिकाउन दुवै गाह्रो हुन्छ : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनबाट आएको मत परिणामले सहज रूपमा सरकार गठन हुने अवस्था नदेखिएको बताउनुभएको छ । सरकार गठन हुनै गाह्रो भयो भने टिकाउन झन् गाह्रो हुने उहाँको भनाइ छ ।
झोलुङ्गे पुल उद्घाटनदेखि मतदाता सम्मानमा निर्वाचित शर्मा व्यस्त
नेपाली कांग्रेसका महामन्त्री एवम् झापा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य विश्वप्रकाश शर्माले जनताको विश्वासअनुसार आफूहरू कुराभन्दा बढी काम गरेर देखाउने बताउनुभएको छ ।
सुदूरपश्चिममा प्रतिनिधि सभा र प्रदेश सभामा कांग्रेस पहिलो दल
मङ्सिर ४ मा सम्पन्न निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा प्रतिनिधि सभा सदस्यका १५ र प्रदेश सभाका ३० निर्वाचन क्षेत्रको प्रत्यक्षतर्फको अन्तिम नतिजा आइसकेको छ ।
मोरङ २ (क) मा माओवादीका गणेश उप्रेती विजयी
संयुक्त लोकतान्त्रिक बाम गठबन्धनका तर्फबाट उम्मेदवार बन्नु भएका नेकपा (माओवादी केन्द्र) का गणेश उप्रेती मोरङको निर्वाचन क्षेत्र नं.२ (क) बाट विजयी हुनु भएको छ ।
मुगुमा प्रतिनिधि सभा सदस्यमा कांग्रेसका शाही विजयी
मुगुमा प्रतिनिधि सभा सदस्यतर्फ सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार ऐनबहादुर शाही विजयी हुनुभएको छ । उहाँ १४ हजार सात सय दुई मत प्राप्त गर्दै विजयी हुनुभएको हो ।