• १२ साउन २०८१, शनिबार

नुवाकोट–१ (क) मा माओवादीका राधिका तामाङ विजयी

blog

त्रिशूली, मङ्सिर १० गते । नुवाकोटको निर्वाचन क्षेत्र नं १ प्रदेश (क)मा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार राधिका तामाङ निर्वाचित हुनुभएको छ ।

शनिबार सम्पन्न मतगणनाको नतिजाअनुसार तामाङले १६ हजार १६९ मत ल्याएर विजयी हुनुभयो । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार सुशीलकुमार खड्काले ११ हजार ३५० मत ल्याउनुभएको निर्वाचन अधिकृत टेकराज भुसालले जानकारी दिनुभयो ।

यसअघि सोही प्रदेशसभाबाट निर्वाचित हुनुभएका तामाङले यो पटकको चुनावमा एमालेका उम्मेदवार खड्काभन्दा चार हजार ८१९ मतान्तरले विजयी हुनुभएको हो ।

उक्त निर्वाचन क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार रामु पण्डितले एक हजार ५०९, नेकपा (एकीकृत समाजवादी) का राजेश थापाले २८२, मङ्गोल नेशनल अर्गनाइजेशनका कर्म तामाङले १८५, जनसमाजवादी पार्टीका शेरबहादुर विश्वकर्माले १६७ र नेपाल मजदुर किसान पार्टीका काशीलाल डङ्गोलले १०३ मत प्राप्त गर्नुभयो ।

यही मङ्सिर ४ मा सम्पन्न भएको निर्वाचनमा उक्त निर्वाचन क्षेत्रमा खसेको कूल ३१ हजार १०७ मतगणना हुँदा २९ हजार ७६५ मत सदर भएको सहायक निर्वाचन अधिकृत प्रयास भट्टराईले जानकारी दिनुभयो । रासस