गोरखापत्र अनलाइन
काठमाडौं, वैशाख ३१ गते । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले समाजमा पत्रकारमाथि प्रश्न उठेको बताउनुभएको छ। बुधवार प्रेस काउन्सिल नेपालले आयोजना गरेको आमसञ्चार माध्यममा दलितका सरोकार विषय कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले पछिल्लो समय पत्रकार को हो ? भन्ने प्रश्न उठिरहेको जिकिर गर्दै फेसबुक, व्यक्तिगत युट्युब च्यानल चलाउनेहरूले पनि आफूलाई पत्रकार भन्नेगरेको बताउनुभयो ।
उहाँले क्यामेरा बोकेर हिँड्दैमा पत्रकार नभइने बताउनुभयो । उहाँले पत्रकारले आफ्नो भूमिकाबाट पत्रकारको परिचय दिनुपर्ने बताउनुभयो । उहाँले पत्रकारले नमुनाको पत्रकारिता गरेको खण्डमा अरूले पनि त्यो सिक्ने जिकिर गर्नुभयो । उहाँले पत्रकारिता पेसा आफैमा दुःखदायी रहेको बताउँदै दुःखभित्र सुख खोज्नुपर्ने अवस्था रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “हामीले अझ नमूना बनेर नमुनाको पत्रकारिता गर्यौं भने अरूले सिकुन् न, अरूले पनि सिक्नुपर्छ । अहिले पत्रकार भन्ने एउटा समस्या छ, समाजमा प्रश्न उठेको छ । त्यसको हल गर्न कम्तीमा हामीले पत्रकार चाहिँ यस्तो हुन्छ है भनेर पत्रकारले आफ्नो भूमिकाबाट, पत्रकार, एउटा क्यामेरा बोक्दैमा पत्रकार हुनेकि, मैले वर्षौँदेखिका अनुहार देखिरहेको छु । जसलाई पत्रकारिताको विषयमा अनुभव छ, अध्ययन तथा अनुसन्धान गर्नुभएको छ । धेरै दुःख छ यो पेसामा, दुखभित्र सुख खोज्नुपर्ने अवस्था छ ।”