सहकारीको माध्यमबाट आर्थिक विकास : मन्त्री राई
भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री राजेन्द्र राईले सहकारीका माध्यमबाट नागरिकको गरिबी घटाउन सकिने बताउनुभएको छ । सहकारीको माध्यमबाट सदस्यलाई आर्थिक उपार्जनमा लगाएर आर्थिक स्रोतमार्फत गरिबी हटाउन सकिने उहाँले बताउनुभएको हो ।
पाथीभरा मन्दिर व्यवस्थापनमा नयाँ समिति
इलामको रोङ गाउँपालिकाको हासपोखरी–कुट्टीडाँडामा अवस्थित बहिनी पाथीभरा मन्दिरमाको संरक्षण र प्रवर्धनको जिम्मा नयाँ समितिलाई दिइएको छ ।
राजनीतिक गतिविधिमा क्रियाशील भए कर्मचारीमाथि कारबाही
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले कर्मचारीहरू काममा भन्दा बढी राजनीतिक गतिविधिमा क्रियाशील भएको पाइए कारबाही गर्ने चेतावनी दिनुभएको छ ।
सत्ता गठबन्धनका उम्मेदवारलाई राष्ट्रपतिमा मत : उपप्रधानमन्त्री लिङ्देन
उपप्रधानमन्त्री एवम् राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सत्ता गठबन्धनका उम्मेदवारलाई राष्ट्रपतिमा मत दिने बताउनुभएको छ ।
शेयर निष्कासन गरेर विद्युत उत्पादन गर्नेछौँ: उपप्रधानमन्त्री लिङदेन
उपप्रधानमन्त्री तथा जलस्रोत सिँचाइ तथा ऊर्जा मन्त्री राजेन्द्र लिङदेनले चाँडै विद्युत प्राधिकरणद्वारा शेयर निष्कासन गराउने तयारी भएको बताउनुभएको छ ।
नेपाली सेनाद्वारा रुम्जाटारमा ऐतिहासिक सङ्ग्रहालय निर्माण
नेपाली सेनाले ओखलढुङ्गाको रुम्जाटारमा ऐतिहासिक सङ्ग्रहालय बनाएको छ । अरिदमन गण ओखलढुङ्गाले निर्माण सम्पन्न गरेको उक्त ऐतिहासिक सङ्ग्रहालयको स्वामित्व स्थानीय सरकार सिद्धिचरण नगरपालिकालाई हस्तान्तरण गरिएको छ ।
तुलसी सहकारीका बचतकर्ताले बुझाए मन्त्री मोदीलाई ज्ञापनपत्र
विराटनगरको ठूलो सहकारीको रूपमा स्थापित तुलसी बहुमुखी सहकारीका बचतकर्ताले सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई ज्ञापनपत्र बुझाएका छन् ।
वडाध्यक्ष भलिबल कप उपाधि फुरुम्बुलाई
ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ पापुङमा सम्पन्न वडाध्यक्ष भलिबल कपको उपाधि फुङ्लिङ नगरपालिका –१० फुरुम्बुले जितेको छ । फुङ्लिङ नगरपालिकाकै वडा ८ दोखुलाई ३–१ को सेटमा पराजित गर्दै फुरुम्बुले उपाधि जितेको हो ।
जिल्लास्तरीय आर्चरी प्रतियोगिता हुँदै
सङ्खुवासभा जिल्ला आर्चरी सङ्घले जिल्लास्तरीय आर्चरी प्रतियोगिता आयोजना गरेको छ । खेलकुदको विकास सँगसँगै संस्कृतिको संरक्षण मुल नारा सहित फागुन ११ देखि हुने प्रतियोगिता हुने आयोजक संस्थाले जनाएको छ ।
राजनीतिको चेपुवामा नगरपालिका
धनकुटाको पाख्रिबास नगरपालिकाले नयाँ जनप्रतिनिधि पाएको करिब एक वर्ष हुन लागेको छ तर यो अवधि पाख्रिबासवासीका लागि भने खासै सुखद रहन सकेन । यसको कारण हो जनप्रतिनिधिबीच एकापसमा तालमेल नहुनु ।
एमालेबाटै नयाँ राष्ट्रपति : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमालेका उम्मेदवार नै आगामी राष्ट्रपति बन्ने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै अध्यक्ष ओलीले एमालेले उठाएको उम्मेदवार जिताउन राष्ट्रिय सहमति बन्ने विश्वास व्यक्त गर्नुभयो ।
झापा गोल्डकप : भद्रपुरको विजयी सुरुवात
आयोजक भद्रपुर ब्लेजर्सले प्रथम भद्रपुर झापा गोल्डकप फुटबलमा विजयी सुरुवात गरेको छ ।
परम्परागत र जातीय खाना बनाउन जान्नेको अभाव
विभिन्न जातीय परिकार बनाउने र परम्परागत भान्सामा पाक्ने पकवान बनाउन जान्नेको अभाव खड्कन थालेको छ। आधुनिक खानाका परिकारमात्र होटल तथा रेष्टुरेन्टमा पाइने गरेकाले पछिल्लो समयमा परम्परागत खाद्यान्नका परिकार हराउँदै गएको पाइएको छ।
एकीकृत समाजवादी सम्बद्ध तीन भातृसंस्थाको समिति गठन
ताप्लेजुङमा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) सम्बद्ध तीनवटा संस्थाको एकसाथ समिति गठन गरिएको छ। पेसागत महासङ्घ नेपाल, प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक सङ्गठन र एकीकृत सरकारी कर्मचारी सङ्गठन नेपालको नयाँ समिति गठन गरिएको हो ।
राजनीतिमा ठेकेदारी प्रथा हाबी भयो : नेतृ शाक्य
नेकपा एमालेकी उपाध्यक्ष एवम् बागमती प्रदेशकी पूर्व मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजनीतिक दलका नेतामा ठेकेदारी प्रथा कायम रहेकाले अपेक्षाकृत जनताको पक्षमा काम हुन नसकेको बताउनुभएको छ ।
शिक्षक सङ्गठन ताप्लेजुङ अध्यक्षमा विष्ट
ताप्लेजुङस्थित एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनको अध्यक्षमा तुलसीप्रसाद विष्ट चयन हुनुभएको छ । सदरमुकाम फुङ्लिङमा सम्पन्न आठौँ जिल्ला अधिवेशनबाट विष्ट अध्यक्षमा सर्वसम्मत चयन हुनुभएको हो ।
इनरुवामा दौड प्रतियोगिता
सुनसरी सदरमुकाम इनरुवामा पहिलो पटक चार सय बढी धावकहरूको सहभागितामा प्रथम इनरुवा दौड प्रतियोगिता सम्पन्न भएको छ । ७३ औँ प्रजातन्त्र दिवसको अवसरमा इनरुवा नगरपालिकाको सहयोग तथा इनरुवा इभेन्ट म्यानेजमेटको आयोजनामा भएको दौड प्रतियोगिताको उपाधि नेपाल प्रहरीका किरन लिम्बुले पाउनुभएको हो ।
दमकमा तारजाली बनाउने उद्योग
झापाको दमकमा तारजाली बनाउने उद्योग स्थापना भएको छ । करिब तीन करोड लगानी तथा चार जना व्यवसायीको संयुक्त लगानीमा तारजाली बनाउने उद्योग खुलेको हो ।
तीन दर्जन झोलुङ्गे पुलको निर्माणकार्य अन्तिम चरणमा
उदयपुर र खोटाङ जिल्लाका विभिन्न खोलामा निर्माणाधीन अवस्थामा रहेका झन्डै तीन दर्जन झोलुङ्गे पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । अघिल्ला वर्षहरूदेखि नै पुल बनाउन सुरु गरिएको भ
अन्डाको खोलभित्र लागूऔषध
पछिल्लो समयमा लागूऔषध कारोबारीले अन्डाको खोलभित्र लागूऔषध ब्राउन सुगर ल्याउने गरेको भेटिएको छ । मेचीनगर नगरपालिकाको काँकडभिट्टा नाकाबाट अन्डाको खोलभित्र लुकाएर ब्राउन सुगर ल्याएको अवस्थामा प्रहरीले दुई जनालाई पक्रा
हिंसापीडितलाई पुनर्स्थापना गरिँदै
मोरङको रङ्गेली नगरपालिकाले शुक्रबार लैङ्गिक हिंसापीडित महिलालाई पुनस्र्थापनाका लागि बीउ पुँजी वितरण गरेको छ । लैङ्गिक हिंसा निवारण कोषबाट प्राप्त ५० हजर रुपियाँमा नगरपालिकाले तीन लाख रुपियाँ थप गरी ११ जना महिलालाई पुनस्र्थापनाका लागि सहयोग गरेको हो ।
धनकुटामा राष्ट्रपति रनिङ शिल्ड सुरु
जिल्लाको धनकुटा नगरपालिकामा नगरस्तरीय १३ औँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको छ । स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ धनकुटा नगरपालिका धनकुटाको संयोजन एवम् गोकुण्डेश्वर माध्यमिक विद्यालयको आयोजनामा खेलकुद सुरुभएको हो ।
ताप्लेजुङका तीन संस्था सम्मानित
महाशिवरात्रि पर्व तथा नेपाली सेना दिवसको अवसरमा ताप्लेजुङका विभिन्न तीन संस्था सम्मानित भएका छन् । नेपाली सेनाले प्रदान गर्ने प्रधानसेनापति सम्मानबाट तीनवटा संस्था सम्मानित भएका हुन् ।
कार्यसम्पादन मूल्याङ्कनमा सिरिजङ्घा प्रथम
ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका कार्यसम्पादन मूल्याङ्कनमा प्रथम भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले वित्तीय समानीकरण अनुदान सिफारिस गर्न निर्धारण गरेको कार्यसम्पादन मूल्याङ्कनमा जिल्लाको प्रथम भएको हो ।