ठुला योजनामा बजेट केन्द्रित गर्ने स्थानीय तहको निर्णय
ताप्लेजुङका स्थानीय तहले परिणाम देखिनेगरी ठुला योजनाहरूमा बजेट केन्द्रित गर्ने भएका छन् । वितरणमुखी योजनाका कारण परिणाम नआएको र गरेको कामले कुनै परिवर्तन नल्याएको भन्दै स्थानीय तहले ठुला योजनामा बजेट केन्द्रित गर्ने जनाएको हो ।
शिलान्यास भएको नौ वर्षपछि पुल निर्माण सुरु
मोरङको कानेपोखरी–रङ्गेली सडकमा पर्ने गेउरिया खोलाको पुल शिलान्यास भएको नौ वर्षपछि निर्माण हुन थालेको छ। कानेपोखरी र रङ्गेली नगरपालिकाको सीमा खोलामा निर्माण हुने यो पुल फिचर एन्ड सराउद्दिन जेभिले २०७१ सालमा ठेक्का पाई काम सुरु गरेको थियो।
दमक नगरपालिकालाई भलिबल उपाधि
दक्षिणी झापाको कचनकवल गाउँपालिकामा आयोजित झापा जिल्ला पालिका स्तरीय भलिबल प्रतियोगिताको उपाधि दमक नगरपालिकाले जितेको छ ।
माओवादी केन्द्रद्वारा कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता
नेकपा (माओवादी केन्द्र) ले कोशीमा प्रदेशमा नेकपा (एमाले) नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
खानेपानी योजना कार्यान्वयन गर्न सम्झौता
ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाको खोक्लिङमा खानेपानी योजना कार्यान्वयन गर्न भर्खरै मात्र योजनाको सम्झौता गरिएको छ । मिक्वाखोला गाउँपालिका–१ खोक्लिङस्थित थुम्माखोला–रोटिपोले वृहत् खानेपानी आयोजनाको सम्झौता गरिएको हो ।
सम्झनामा सीमित बन्यो लालीखर्क
विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमशृङ्खला जाने पदमार्गमा पर्दछ लाली खर्क । ताप्लेजुङको सुकेटर विमान थलबाट करिब सात किमीमा पर्ने लालीखर्क ट्रेनिङ क्याम्प पनि हो ।
बगर खेतीबाट मनग्गे आम्दानी
धनकुटाको चौबिसे गाउँपालिकास्थित तमोर नदीको किनारमा थुप्रिएको बालुवामा तरकारी खेती गरी मनग्गे आम्दानी भएको छ ।
आरोहणमा कर्मा गेल्जेनको नयाँ रेकर्ड
पर्वतारोहणमा बर्सेनि नयाँ नयाँ विश्व कीर्तिमान बन्ने गरेका छन् । यस वर्ष मात्र दर्जन बढी नयाँ कीर्तिमान बनेका छन् । यी मध्येमा एक हो आठ दिनमा दुई पटक सगरमाथाको सफल आरोहण ।
बेँसीगाउँदेखि भालुखोला चिपटार सडक निर्माण सुरु
घुर्मी चतरा कोशी कोरिडोर अन्तर्गत उदयपुरको कटारी नगरपालिका वडा नं.–१० स्थित राम्चे बेँसीगाउँदेखि भालुखोला चिपटारसम्म मोटरेबल सडकको नयाँ ट्र्याक निर्माणको काम अन्तिम चरणमा पुगेको छ। पूर्वाधार विकास कार्यालय उदयपुरको एक करोड ७२ लाख रुपियाँको लागतमा बेँसीगाउँ भालुखोला सडकको ट्र्याक निर्माण कार्य अन्तिम चरणमा पुगेको र आउँदो असार २० गतेभित्र निर्माण कम्पनीले सो खण्डमा करिब सात किलोमिटर नयाँ ट्र्याक खोल्ने काम सम्पन्न गर्ने गरी काम गरिरहेको पूर्वाधार विकास कार्यालय गाईघाटले जनाएको छ।
उत्कृष्ट विद्यार्थी र शिक्षक पुरस्कृत
ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले उत्कृष्ट विद्यार्थी, शिक्षक र विद्यालयलाई पुरस्कृत गरेको छ । शैक्षिक क्षेत्रको विकासमा टेवा गर्ने उद्देश्यसहित गाउँपालिकाले पालिकाभित्रका उत्कृष्ट विद्यार्थी, शिक्षक र विद्यालयलाई सम्मान तथा पुरस्कृत गरिएको हो ।
ब्राउन सुगरसहित तीन पक्राउ
इलामको सूर्योदय नगरपालिका –८ बाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरिएको छ ।
फस्टाउन सकेन माछापालन व्यवसाय
धनकुटामा स्थानीय स्तरमा उत्पादित माछाको बजारमा प्रशस्त माग छ । खोलाको बगर आसपास अन्य बाली नलाग्ने ठाउँमा पोखरी बनाएर माछापालन गरिएको छ ।
अग्नि नियन्त्रण सामग्री वितरण
विश्व वातावरण दिवसको अवसरमा डिभिजन वन कार्यालय ताप्लेजुङले अग्नि नियन्त्रण सामग्री वितरण गरेको छ ।
१३ वर्षीय बालक तीन दिनदेखि बेपत्ता
उदयपुरको त्रियुगा नगरपालिका –१३ का १३ वर्षीय बालक तीन दिनदेखि बेपत्ता भएका छन् । बेपत्ता हुनेमा वडा नम्बर १३ लक्ष्मीपुरका रोहित कटुवालका १३ वर्षीय छोरा रविन कटुवाल रहेका छन् ।
वातावरण दिवसमा वृक्षारोपण
‘प्लाष्टिकजन्य प्रदूषण निर्मूल पारौँ, वातावरणमैत्री विकल्पको उपयोग गरौँ’ नाराका साथ धनकुटामा वृक्षारोपण गरी विश्व वातावरण दिवस २०८० मनाइएको छ ।
विश्व वातावरण दिवस मनाइयो
'प्लाष्टिक जन्य प्रदूषण निर्मूल पारौँ, वातावरण मैत्री विकल्पको उपयोग गरौँ 'भन्ने विश्वव्यापी नाराका साथ धनकुटामा वृक्षारोपण गरी विश्व वातावरण दिवस २०८० भव्य रूपमा मनाइएको छ ।
रतुवामाई नगरमा जग्गाको कित्ताकाट खुल्यो
दक्षिणपूर्वी मोरङको रतुवामाई नगरपालिकाले जग्गाको कित्ताकाट खुला गरेको छ । भूउपयोग ऐन २०७६ को दफा ४ र भूउपयोग नियमावली २०७९ नियम ५ बमोजिम भूउपयोग क्षेत्र वर्गीकरण गर्ने काम स्थानीय भूउपयोग परिषद्को बैठकले गत वैशाख २९ गते पारित गरी कार्यपालिका बैठकमा पेस गरेको थियो ।
प्रविधिमा आधारित शिक्षा आवश्यक
विराटनगर महानगरपालिकाले सामुदायिक विद्यालयमा डिजिटल साक्षरता कार्यक्रम तथा प्रविधिमा आधारित शिक्षा लागु गर्ने तयारी गरेको छ। शिक्षाको गुणस्तरलाई उच्च प्राथमिकतामा राखेर महानगरपालिकाले प्रविधिमा आधारित शिक्षा लागु गर्नका लागि विषयविज्ञसँग छलफल थालेको हो। महानगरले आइतबार विषयविज्ञ र सरोकारवालासँग आयोजना गरेको छलफल तथा अनुभव आदानप्रदान कार्यव्रmममा सहभागीले बदलिँदो समयसँगै परिवर्तन हुन नसके पछाडि परिने बताउनुभयो। डिजिटल साक्षरतासँगै प्रविधिमा आधारित शिक्षा दिन सके विश्वका जुनसुकै मुलुकमा गएर पनि रोजगारी पाउने उहाँहरूको
योजना माग्न मन्त्रालय चाहार्दै अध्यक्ष कार्की
ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाका अध्यक्ष भक्तबहादुर कार्की योजना माग गर्न मन्त्रालयहरु चाहार्दै आउनुभएको छ । अध्यक्ष कार्कीले आफ्नो पालिकाका लागि आवश्यक योजनाहरुको माग राख्दै कोशी प्रदेशका मन्त्रालयहरु चाहार्नुभएको हो ।
उच्च शिक्षा अध्ययन गर्ने छोरी बुहारीलाई साइकल
उदयपुरको त्रियुगा नगरपालिका –२ मोतियाहीले उच्च शिक्षा अध्ययन गर्ने गाउँका छोरी बुहारीहरुलाई कलेज जान आउन सहज होस् भनेर साइकल वितरण गरेको छ । सो वडाको खैजनपुर मोतियाही क्षेत्रबाट करिव ८ किलोमिटर टाढा रहेको त्रियुगा जनता बहुमुखी क्याम्पसमा अध्ययन गर्ने छोरी बुहारीहरुलाई वडा कार्यालयले साइकल वितरण गरेको हो ।
अन्तरपालिकाबीच समन्वय र सहकार्य गर्ने सहमति
ताप्लेजुङका तीन छुट्टा–छुट्टै स्थानीय तहले अन्तरपालिकाबीच समन्वय र सहकार्य गरेर काम गर्ने भएका छन्। जिल्लाको आठराई त्रिवेणी गाउँपालिका, मैवाखोला र मेरिङ्देन गाउँपालिकाले साझा सरोकारका विषयमा समन्वय तथा सहकार्य गर्ने भएका हुन्।
झापामा गर्मीका कारण एक वृद्धको मृत्यु
केही दिनयता सुरु भएको अधिक गर्मीले झापाको जन जीवन प्रभावित बनेको छ । यसै क्रममा दमक नगरपालिका वडा नं ८ का ६७ वर्षीय मोतीराज राई (राई कान्छा) को अधिक गर्मीका कारण मृत्यु भएको बताइएको छ ।
चिसापानी सडक निर्माण अलपत्र
झापाको दमकबाट उत्तरी पहाडी जिल्ला जोड्ने दमक चिसापानी सडक (प्रस्तावित फाल्गुनन्द मार्ग) निर्माणको काम अलपत्र परेपछि स्थानीय सडक उपभोक्ताहरूले आक्रोश व्यक्त गर्दै तत्काल सडक निर्माणको काम सुरु गर्न दबाब दिएका छन् ।
दमकमा फोहोर नउठ्दा दुर्गन्ध बढ्दै
झापाको दमकमा शुक्रबारदेखि फोहोर उठ्न सकेको छैन । अधिक गर्मीको समयमा सडकमा जथाभाबी रहेको फोहोरको दुर्गन्ध बढ्दै गएपछि स्थानीयले फोहोर उठाउन आग्रह गरेका छन् ।