• १५ वैशाख २०८१, शनिबार

१३ वर्षीय बालक तीन दिनदेखि बेपत्ता

blog

उदयपुर, जेठ २२ गते । उदयपुरको त्रियुगा नगरपालिका –१३ का १३ वर्षीय बालक तीन दिनदेखि बेपत्ता भएका छन् । बेपत्ता हुनेमा वडा नम्बर १३ लक्ष्मीपुरका रोहित कटुवालका १३ वर्षीय छोरा रविन कटुवाल रहेका छन् ।

बेपत्ता बालकका दिदी उर्मिला कटुवाल (खड्का)का अनुसार स्थानीय लक्ष्मीपुर माविमा कक्षा ८ मा अध्ययनरत रविन स्कुलबाट घर फर्कंनासाथ स्कुलकै पोसाकमा आफ्ना अरू कपडा बोकेर घरबाट निस्किएका थिए । उहाँले जिल्ला प्रहरी कार्यालय उदयपुरमा भाइ बेपत्ता भएको जाहेरी दिएको बताउनुभयो ।

स्थानीयको सहयोगमा रविनको खोजी भइरहेको भए पनि हालसम्म फेला पार्न नसकिएको बालकका बुवा रोहितले जानकारी दिनुभयो । बेपत्ता बालकको खोजीकार्य तीव्ररुपमा गरिरहेको जनाउँदै हालसम्म फेला पर्न नसकेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । रासस