• १४ वैशाख २०८१, शुक्रबार

रतुवामाई नगरमा जग्गाको कित्ताकाट खुल्यो

blog

फाइल तस्बिर

हरिप्रसाद कोइराला

उर्लाबारी, जेठ २२ गते । दक्षिणपूर्वी मोरङको रतुवामाई नगरपालिकाले जग्गाको कित्ताकाट खुला गरेको छ । भूउपयोग ऐन २०७६ को दफा ४ र भूउपयोग नियमावली २०७९ नियम ५ बमोजिम भूउपयोग क्षेत्र वर्गीकरण गर्ने काम स्थानीय भूउपयोग परिषद्को बैठकले गत वैशाख २९ गते पारित गरी कार्यपालिका बैठकमा पेस गरेको थियो । 

कार्यपालिकाले जेठ १४ गते परिषद्ले गरेको निर्णयलाई अनुमोदन गरेपछि लामो समयदेखि रोकिएको जग्गाको कित्ताकाट खुलेको हो । रतुवामाई नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत सञ्जयबहादुर राजलवटले सार्वजनिक सूचना प्रकाशित गरी कित्ताकाट खुलेको बताउनुभयो । 

जेठ १४ मा कार्यपालिकाले निर्णय गरेपछि सरोकारवाला सरकारी निकायहरू, मालपोत र नापी कार्यालयमा जानकारी पठाएर आइतबार सार्वजनिक सूचना प्रकाशित गरेको थियो ।