सिमसार संरक्षण उच्च प्राथमिकतामा
चुरे क्षेत्रको भूक्षयसँगै त्यस क्षेत्रमा रहेका कतिपय ताल, तलैया र पोखरीलगायतका दलदले भूमिमा अवस्थित सिमसारहरू धमाधम सुक्न थालेपछि राष्ट्रपति चुरे तथा तराई मधेश संरक्षण विकास समितिले सिमसार क्षेत्रको संरक्षणलाई उच्च प्राथमिकता दिएको छ ।
गाडी खोज्दा खुल्यो हत्या : आरोपमा श्रीमानसहित चारजना पक्राउ
आइतबार राति ११ बजे कोसी अस्पताल विराटनगरमा कटहरी–५ का ६२ वर्षीय रमानन्द राम गाडी खोज्दै हिँडिरहनु भएको थियो । अस्पताल परिसरमा भएका गाडीलाई लास बोक्नुपर्ने भन्दै भाडा सोधिरहेको बेला
स्थान नतोक्दा बनेन प्रवेशद्वार
भारतबाट विराटनगर प्रवेश गर्ने रानी नाकामा निर्माण गरिने भनेको स्वागतद्वारको काम सुरु हुन सकेको छैन । निर्माण सम्पन्न गर्नका लागि तोकिएको समयभन्दा आठ महिना बढी बितिसक्दासमेत निर्माण नै सुरु हुन नसकेको हो ।
जनतालाई सरल र सहजरूपमा सेवा प्रवाह गर्नुपर्छ : उपाध्यक्ष भुसाल
नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष एवम् पूर्वमन्त्री पम्फा भुसालले जनतालाई सरल र सहजरूपमा सेवा प्रवाहमा नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनले उत्कृष्ट भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।
बिर्तामोडमा एक युवकद्वारा आत्मदाहको प्रयास
झापाको बिर्तामोडमा मङ्गलवार एक युवकले आत्मदाहको प्रयास गरेका छन् । बिर्तामोड नगरपालिका–७ का ३४ वर्षीय विजय चौधरीले दिउँसो साढे ४ बजे आफैँ शरीरमा पेट्रोल छर्केर आत्मदहको प्रयास गरेका हुन् ।
पाथीभरा याङ्वरकले बनाइदियो विपन्न परिवारको घर
ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकाले विपन्न परिवारको घर निर्माण गरी दिएको छ । गाउँपालिकाले पालिकाभित्रका अति विपन्न परिवारको पहिचान गरी घर निर्माण गरेर हस्तान्तरण गरेको हो ।
घुन्सामा पहिलो पटक आँखा शिविर
विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घाको काखमा रहेको ताप्लेजुङको दुर्गम गाउँ घुन्सामा पहिलो पटक निःशुल्क आँखा शिविर सञ्चालन गरिएको छ। फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपको घुन्सामा सोमबार आँखा शिविर सञ्चालन गरिएको हो।
सरुवामा अब भनसुन प्रवृत्ति अन्त्य गर्छौ: मन्त्री मोदी
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले कर्मचारीको सरुवामा अब कसैको भनसुन नचल्ने बत्ताउनुभएको छ।
उद्योगमा छ घण्टा ‘लाइट लोड’
सुनसरी–मोरङ औद्योगिक कोरिडोर ‘लाइट लोड’को समस्यामा परेका छन् । आन्तरिक उत्पादन र आयात गरिएको विद्युत्ले धान्न नसक्दा यस क्षेत्रका उद्योगलाई ‘लाइट लोड’ सेड्युल तोकिएको हो ।
‘राप्रपाले राष्ट्रपति निर्वाचनमा भाग लिन्छ’
उपप्रधानमन्त्री एवम् राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्रपतिको निर्वाचनमा आफ्नो पार्टीले सहभागी हुने बताउनुभएको छ ।
स्वास्थ्य बीमा हटेपछि सास्ती
नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रमको प्रथम बिन्दु झापाको दमकस्थित आम्दा अस्पतालबाट हटाइपछि बिरामीलाई बीमाको सेवा पाउन सास्ती भएको छ ।
वर्षौँदेखि निमित्तको भरमा स्थानीय तह
ताप्लेजुङका केही स्थानीय तह वर्षौंदेखि निमित्त प्रमुख प्रशासकीय अधिकृत (कार्यालय प्रमुख)को भरमा सञ्चालन भइरहेका छन् । जिल्लाका नौमध्ये हाल तीनवटा स्थानीय तह निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा सञ्चालन भइरहेको छ ।
चर्च ब्वाइज झापा गोल्डकपको क्वार्टरफाइनलमा
चर्च ब्वाइज युनाइटेड झापाको चन्द्रगडीमा जारी प्रथम भद्रपुर गोल्डकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको खेलमा चर्च ब्वाइ नेपाल पुलिस क्लबलाई ३–० गोलले हरायो ।
सहकारीको माध्यमबाट आर्थिक विकास : मन्त्री राई
भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री राजेन्द्र राईले सहकारीका माध्यमबाट नागरिकको गरिबी घटाउन सकिने बताउनुभएको छ । सहकारीको माध्यमबाट सदस्यलाई आर्थिक उपार्जनमा लगाएर आर्थिक स्रोतमार्फत गरिबी हटाउन सकिने उहाँले बताउनुभएको हो ।
पाथीभरा मन्दिर व्यवस्थापनमा नयाँ समिति
इलामको रोङ गाउँपालिकाको हासपोखरी–कुट्टीडाँडामा अवस्थित बहिनी पाथीभरा मन्दिरमाको संरक्षण र प्रवर्धनको जिम्मा नयाँ समितिलाई दिइएको छ ।
राजनीतिक गतिविधिमा क्रियाशील भए कर्मचारीमाथि कारबाही
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले कर्मचारीहरू काममा भन्दा बढी राजनीतिक गतिविधिमा क्रियाशील भएको पाइए कारबाही गर्ने चेतावनी दिनुभएको छ ।
सत्ता गठबन्धनका उम्मेदवारलाई राष्ट्रपतिमा मत : उपप्रधानमन्त्री लिङ्देन
उपप्रधानमन्त्री एवम् राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सत्ता गठबन्धनका उम्मेदवारलाई राष्ट्रपतिमा मत दिने बताउनुभएको छ ।
शेयर निष्कासन गरेर विद्युत उत्पादन गर्नेछौँ: उपप्रधानमन्त्री लिङदेन
उपप्रधानमन्त्री तथा जलस्रोत सिँचाइ तथा ऊर्जा मन्त्री राजेन्द्र लिङदेनले चाँडै विद्युत प्राधिकरणद्वारा शेयर निष्कासन गराउने तयारी भएको बताउनुभएको छ ।
नेपाली सेनाद्वारा रुम्जाटारमा ऐतिहासिक सङ्ग्रहालय निर्माण
नेपाली सेनाले ओखलढुङ्गाको रुम्जाटारमा ऐतिहासिक सङ्ग्रहालय बनाएको छ । अरिदमन गण ओखलढुङ्गाले निर्माण सम्पन्न गरेको उक्त ऐतिहासिक सङ्ग्रहालयको स्वामित्व स्थानीय सरकार सिद्धिचरण नगरपालिकालाई हस्तान्तरण गरिएको छ ।
तुलसी सहकारीका बचतकर्ताले बुझाए मन्त्री मोदीलाई ज्ञापनपत्र
विराटनगरको ठूलो सहकारीको रूपमा स्थापित तुलसी बहुमुखी सहकारीका बचतकर्ताले सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई ज्ञापनपत्र बुझाएका छन् ।
वडाध्यक्ष भलिबल कप उपाधि फुरुम्बुलाई
ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ पापुङमा सम्पन्न वडाध्यक्ष भलिबल कपको उपाधि फुङ्लिङ नगरपालिका –१० फुरुम्बुले जितेको छ । फुङ्लिङ नगरपालिकाकै वडा ८ दोखुलाई ३–१ को सेटमा पराजित गर्दै फुरुम्बुले उपाधि जितेको हो ।
जिल्लास्तरीय आर्चरी प्रतियोगिता हुँदै
सङ्खुवासभा जिल्ला आर्चरी सङ्घले जिल्लास्तरीय आर्चरी प्रतियोगिता आयोजना गरेको छ । खेलकुदको विकास सँगसँगै संस्कृतिको संरक्षण मुल नारा सहित फागुन ११ देखि हुने प्रतियोगिता हुने आयोजक संस्थाले जनाएको छ ।
राजनीतिको चेपुवामा नगरपालिका
धनकुटाको पाख्रिबास नगरपालिकाले नयाँ जनप्रतिनिधि पाएको करिब एक वर्ष हुन लागेको छ तर यो अवधि पाख्रिबासवासीका लागि भने खासै सुखद रहन सकेन । यसको कारण हो जनप्रतिनिधिबीच एकापसमा तालमेल नहुनु ।
एमालेबाटै नयाँ राष्ट्रपति : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमालेका उम्मेदवार नै आगामी राष्ट्रपति बन्ने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै अध्यक्ष ओलीले एमालेले उठाएको उम्मेदवार जिताउन राष्ट्रिय सहमति बन्ने विश्वास व्यक्त गर्नुभयो ।