• १४ वैशाख २०८१, शुक्रबार

विपद् व्यवस्थापन तथा खोज उद्धार सम्बन्धी सेमुलेसन कार्यक्रम

blog

भक्तिविलास पोखरेल

गाईघाट,जेठ १६ गते । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले सीमित श्रोत साधन र न्यून जनशक्तिकाबीच पनि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले देशमा आइपरेका अनेकौँ प्राकृतिक प्रकोपबाट हुने धनजनको क्षति न्यूनीकरण गर्नमा ठुलो सहयोग पुर्‍याउँदै आएको बताउनुभएको छ ।

मुख्यमन्त्री कार्कीले कोशी प्रदेश सुरक्षा समन्वय समितिको संयुक्त सहभागितामा उदयपुर र सुनसरीको सिमास्थिति सप्तकोशी नदी किनामा मङ्गलबार आपत्कालीन कार्य सञ्चालन केन्द्रद्वारा आयोजित दैविप्रकोप, विपद् व्यवस्थापन तथा खोज उद्धार सम्बन्धी सेमुलेसन कार्यक्रममा बताउनुभएको हो । 

मुख्यमन्त्री हिक्मत कार्कीको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा कोशी प्रदेश सरकारका मन्त्रीहरू तिलकुमार मेन्याङ्गबो लिम्बु, बुद्धीराज राजभण्डारी, दुर्गा चापागाईँ, भक्ति सिटौला, कोशी प्रदेश सुरक्षा निकायका प्रमुखहरू, उदयपुर, सुनसरी र मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू प्रदेश सभाका विभिन्न सांसद लगायत सर्वसाधारणको बाक्लो उपस्थिति थियो । 

सेमुलेसन कार्यक्रम अन्तर्गत नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले सप्तकोशी नदीमा द्रुत उद्धार, र्याफ्टिंग उद्धार, बाढी प्रभावित समुदायको उद्धार, गोताखोरद्वारा पानीमा डुबेका मृतकको उद्धार लगायतका आपत्कालीन अवस्थामा गर्नुपर्ने कार्यहरू प्रदर्शन गरिएको थियो ।