• १३ वैशाख २०८१, बिहिबार

बिर्तामोड खानेपानीमा लोकतान्त्रिक प्यानल विजयी

blog

लिलाराज झापाली

बिर्तामोड, जेठ १६ गते । बिर्तामोड खानेपानी तथा सरसफाइको निर्वाचनमा प्रजातान्त्रिक तथा राष्ट्रवादी समूहको प्यानल नै विजयी भएको छ । अध्यक्षका प्रत्याशी मेघराज बास्तोलाले अर्का प्रत्याशी प्रगतिशील स्वतन्त्र प्यानलका देवेन्द्र सिटौलालाई एक हजार पाँच सय ९३ मतको फराकिलो मतान्तरले हराउँदै  निर्वाचित हुनुभएको हो ।

बास्तोलाले दुई हजार चार सय ६६ मत ल्याउँदा सिटौलाले मात्र आठ सय ७३ मत प्राप्त गर्नुभएको छ  । त्यस्तै, अन्य पदाधिकारी र सम्पूर्ण सदस्य पनि सोही प्यानलले जितेको छ । 

उपाध्यक्षमा शैलेन्द्र सिटौलाले दुई हजार २८, सचिव पारस मैनालीले दुई हजार तीन सय ४४ ,कोषाध्यक्ष शारदा रिजालले एक हजार पाँच सय २१, खुल्ला सदस्यमा आनन्द गुरुङले एक हजार आठ सय १६, खगेन्द्र थापाले एक हजार पाँच सय ९६, महिला सदस्यमा बालादेवी खरेलले एक हजार आठ सय ७६, माया प्रधान खड्गीले एक हजार नौ सय १४ र कमला अग्रवालले एक हजार आठ सय ४४ मत ल्याइ निर्वाचित हुनुभएको छ  ।