• ८ वैशाख २०८१, शनिबार

नर्सिङ कलेज भवन स्थापना

blog

नर्सिंङ कलेज भवन उद्घाटन गर्नुहुँदै अध्यक्ष उपेन्द्र यादव लगायत । तस्विर : ललिता साह

ललिता साह

सप्तरी, जेठ १७गते । सप्तरीको राजविराजमा ५० बेडको १४ कोठे दुई तल्ले नर्सिङ कलेज स्थापना गरिएको छ । प्रतिनिधि सभा सदस्य तथा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले बुधवार भवनको उद्घाटन गर्नुभएको हो ।

एक करोड ११ लाख मधेश प्रदेश सरकारको र उपेन्द्र यादवको संसदीय कोषबाट पाँच करोड ५१ लाख २१ हजार एक सय १९ रुपियाँ ५० पैसा गरी ६ करोड ९२ लाख २१ हजार एक सय १९ रुपियाँ ५० पैसाको लगानीमा चन्देश्वरी जेई जेभी काठमाडौंले उक्त भवन निर्माण गरेर नगरलाई र नगरले बुधवार अस्पताललाई हस्तान्तरण गरेको हो । 

२०७६ वैशाख १० गते राजविराज नगरपालिकासँग सम्झौता गरेपनि बजेट अभावमा म्याद थप गर्दै एक वर्ष ढिलो निर्माण सम्पन्न गरी नगरलाई हस्तान्तरण गरिएको राजविराज नगरपालिकाका प्रवक्ता जय नारायण मण्डलले जानकारी दिनुभयो ।

अस्पतालको विकास र विस्तारमा कसैको अपनत्व नरहेको भन्दै गजेन्द्र नारायण सिंह अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्रकाश प्रसाद साह भन्नुहुन्छ, हामीसँग औजार उपकरण थन्किएर राखेका छन् । दर्जन बढी विज्ञ चिकित्सक, रेडियोलोजिस्ट अभाव भएको कारण अस्पताल सञ्चालित सेवाहरू दिन कठिनाइ भएको छ । यसबीच ५० बेडको नर्सिङ कलेज सञ्चालन गर्न सहज छैन ।