• १३ वैशाख २०८१, बिहिबार

झापामा गर्मीका कारण एक वृद्धको मृत्यु

blog

विष्णुप्रसाद पोखरेल

दमक, जेठ २१ गते । केही दिनयता सुरु भएको अधिक गर्मीले झापाको जन जीवन प्रभावित बनेको छ । यसै क्रममा दमक नगरपालिका वडा नं ८ का ६७ वर्षीय मोतीराज राई (राई कान्छा) को अधिक गर्मीका कारण मृत्यु भएको बताइएको छ ।

आइतबार दिउँसो राईलाई स्थानीय मकैबारीमा मृत अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेको वडा नं. ८ का वडाध्यक्ष धर्मप्रसाद दाहालले बताउनुभयो ।  उहाँ मजदुरी गरेर जिविकोपार्जन गर्दै आउनुभएको थियो । 

अल्कोहल सेवन गरेको र मकैबारीमा लडेपछि उठ्न नसक्दा गर्मीका कारण ज्यान गएको भन्ने बुझिएको छ, वडाध्यक्ष दाहालले भन्नुभयो । खाना खाएर राई घरबाट निस्केको पनि बताइएको छ ।

इलाका प्रहरी कार्यालय दमकका प्रमुख मनोजकुमार लामाका अनुसार घाँस काट्न जाँदा बारीमा मृत अवस्थामा वृद्धलाई स्थानीयले देखेर प्रहरीमा खबर गरेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।