झापामा न्वारान भोज खाएका २७ जना अस्पताल भर्ना
झापाको मेची नगर नगरपालिका ९ माथिल्लो मागुरमाडीको एक घरमा न्वारानको भोज खाएका २७ जना अस्पताल भर्ना भएका छन्।
धनकुटामा रोजगार मेला हुने
धनकुटामा वृत्ति परामर्श तथा रोजगार मेला आयोजना गरिने भएको छ । धनकुटा नगरपालिकाले आगामी असार २ गते शनिबार मेला आयोजना गर्न लागेको हो ।
आगलागी हुँदा लाखौंको क्षति
कनकाई नगरपालिका -५ स्थित चप्रामारीमा बुधबार बिहान साढे २ बजे स्थानीय रबीलाल बयलकोटीको गोठमा आगलागी हुँदा लाखौँको क्षति भएको छ ।
कोशी प्रदेश नामकरण विवाद वार्ताका लागि सरकारको पत्र
पहिचानसहितको नाम राख्नुपर्ने माग गर्दै आन्दोलन गरिरहेको समूहलाई कोशी प्रदेश सरकारले वार्तामा आउन पत्राचार गरेको छ। प्रदेश सरकारले आन्दोलनरत पक्षसँग वार्ता तथा संवाद गर्न गठन गरेको वार्ता समितिको सोमबार अपराह्न बसेको बैठकले प्रदेश १ पुनः नामाङ्कन सङ्घर्ष समितिलाई वार्तामा आउन आह्वान गर्दै औपचारिक पत्र पठाउने निर्णय गरेको हो।
ग्राहकको रकम अपचलन गर्ने बैङ्कका कर्मचारी जेल चलान
एभरेस्ट बैङ्कको इटहरीस्थित शाखामा रहेका विभिन्न ग्राहकको खाताबाट डेढ करोडभन्दा बढी रकम अपचलन गरेको अभियोगमा पक्राउ आरोपितमध्ये बैङ्ककै एक जना कर्मचारी कारागार चलान भएका छन् । विराटनगर महानगरपालिका–८ घर भई सोही बैङ्कमा अपरेसन मेनेजर पदमा कार्यरत ३४ वर्षीय नीरज प्रधान पुर्पक्षका लागि कारागार चलान भएका हुन् । उच्च अदालत विराटनगरको संयुक्त वाणिज्य इजलासका न्यायाधीश कृष्णकमल अधिकारी र राजनप्रसाद भट्टराईको इजलासले अपरेसन मेनेजर प्रधानलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश गरेको सुनसरीका प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिनुभयो ।
धरानमा श्रमदानद्वारा खानेपानी
खानेपानीको चरम अभाव झेल्दै आएको धरान उपमहानगरपालिकाका बासिन्दाले थोरै भए पनि राहत पाउने भएका छन्। धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई साम्पाङले अगाडि सार्नुभएको श्रमदान अभियानको सफलतासँगै धरानमा ४२ किलोमिटर टाढाको कोकाहा खोलाबाट पानी ल्याइएको छ।
खोटाङमा रोपाइँ सुरु
यता जेठ २८ गतेदेखी लगातार पानी पर्न थालेपछी किसानले हिउँदे धान रोप्न सुरु गरेका हुन् ।
अपाङ्गता रोकथाम तथा पुनः स्थापना कार्यक्रम लागु गरिने
कोशी प्रदेश सामाजिक विकास मन्त्रालयले आगामी आर्थिक वर्षदेखि उदयपुर लगायत उच्च पहाडी क्षेत्रमा अवस्थित थप चार जिल्लाका ३४ वटा स्थानीय तहहरूमा अपाङ्गता रोकथाम तथा पुन : स्थापना कार्यक्रम लागु गर्ने भएको छ ।
गाउँपालिका अध्यक्षको एक वर्षको तलब विद्यालयलाई
सुनकोशी गाउँपालिका ओखलढुङ्गाका अध्यक्ष कमल तामाङले आफूले पाउने एक वर्षको तलब सुविधा विद्यालयलाई दिनुभएको छ । कानुन अनुसार गाउँपालिका अध्यक्षले प्राप्त गर्ने तलब सुविधा बापतको रकम गाउँपालिकाका चार वटा सामुदायिक विद्यालयलाई दिने घोषणा गर्नुभएको हो ।
विवाह मण्डपबाटै बेहुलाबेहुली नियन्त्रण
बालविवाहको अभियोगमा धनकुटामा प्रहरीले एक जोडीलाई विवाह मण्डपबाटै नियन्त्रणमा लिएको छ ।
पूर्णखोप सुनिश्चिता पालिका घोषित
ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता पालिका घोषित गरिएको छ । खोप कार्यक्रमअन्तर्गत आधारभूत सूचकले पूर्णता पाएसँगै गाउँपालिकालाई पूर्णखोप सुनिश्चिता पालिका घोषित गरिएको हो ।
गर्मीमा गन्तव्य पहाड
कोरोना सङक्रमण सुरु भएयता पूर्वको प्रमुख पर्यटकीय नगरी भेडेटारमा निकै कम मात्र पर्यटक पुग्ने गरेका थिए । कोरोनाको प्रकोप अन्त्य हुन नपाउँदै सुरु भएको आर्थिक मन्दी भेडेटारमा पर्यटक नपुग्ने अर्को कारण बन्यो । करिब पाँच वर्ष सुनसान बनेको भेडेटारमा केही दिनयता भने निकै चहलपहल छ । भेडेटारमा चहलपहल बढ्नुको एक मात्र कारण हो, तराईमा बढेको गर्मी ।
बजार क्षेत्रका सडक कालोपत्रे
मेची राजमार्गमा पर्ने सदरमुकाम फिदिमको मुख्य सडकसँगैका सहायक सडकहरू कालोपत्रे गरिएको छ । कुल १० करोड रुपियाँको लागतमा समर्पित अस्पतालदेखि चारखम्बेसम्मको एक हजार सात सय मिटर र सहायक सडकको एक हजार छ सय मिटर गरी कुल तीन हजार तीन सय मिटर सडक कालोपत्रे गरिएको हो ।
मिटरब्याज पीडितको एउटा मात्र उजुरी
ओखलढुङ्गामा मिटरब्याज पीडितको एउटा मात्र उजुरी दर्ता भएको छ । अनुचित लेनदेन (मिटरव्याज) सम्बन्धी जाँचबुझ आयोगको निर्णय र गृह मन्त्रालयको परिपत्रअनुसार जिल्ला प्रशासन कार्यालयले उजुरी आह्वान गरेको समयभित्र जिल्लामा एउटा मात्रै निवेदन दर्ता भएको हो ।
रोङका सहकारी व्यवस्थित गरिँदै
इलामको रोङ गाउँपालिकाले पालिकाभित्रका सहकारीलाई व्यवस्थित बनाउने काम सुरु गरेको छ । ग्रामीण अर्थतन्त्रको मुख्य आधार सहकारी भएको भन्दै रोङ गाउँपालिकाले सहकारीलाई व्यवस्थित बनाउन सुरु गरेको हो ।
विद्यालयलाई वन वातावरणसम्बन्धी पाठ्यसामग्री प्रदान
डिभिजन वन कार्यालय ताप्लेजुङले विभिन्न चार वटा विद्यालयलाई वन वातावरणसम्बन्धी पाठ्यसामग्री वितरण गरेको छ । विद्यालय तहबाटै वन तथा वातावरणसम्बन्धी सचेतना बिस्तारको उद्देश्य राखेर डिभिजन वन कार्यालयले पाठ्यसामग्री वितरण गरेको हो ।
खोटाङ र उदयपुर जोड्न सुनकोशीमा पुल निर्माण सुरु
खोटाङको दक्षिण भेगलाई तराईसँग जोड्ने वंशिलाघाटस्थित सुनकोशी नदीमा पुल निर्माणको काम सुरु भएको छ। वराहपोखरी गाउँपालिका–५, पौवासेरा र उदयपुरको चौदण्डीगढी नगरपालिका–१, चौदण्डीगढीको सिमानामा पर्ने वंशिलाघाटमा पुल निर्माणका लागि २०७७ पुस २८ गते ठेक्का सम्झौता भएको थियो।
कोशी प्रदेश सभाको बैठक जेठ ३१ मा
कोशी प्रदेश सभाको दोस्रो तथा बजेट अधिवेशन यही जेठ ३१ गते बुधबार दिउँसो १ बजे बस्ने भएको छ । जेठ २३ गते सभाको सम्पन्न बैठक पछि अर्को सूचना जारी नभएसम्म सभामुख बाबुराम गौतमले बैठक स्थगित गर्नुभएको थियो ।
अनलाइनमार्फत राजश्व सङ्कलन
अनलाइनमार्फत राजश्व सङ्कलन गर्न वडा सचिवहरूलाई अभिमुखीकरण तालिम दिइएको छ । सुनकोशी गाउँपालिकाले दश वटै वडाको राजश्व अनलाइन (सूत्र) मार्फत सङ्कलन गर्न वडा सचिवहरूलाई तालिम दिएको हो ।
व्यावसायिक कर नबढाउन वाणिज्य संघकाे आग्रह
इनरुवा नगरपालिकामा आफ्नो बजेट, नीति तथा कार्यक्रममा व्यावसायिक कर नबढाउन माग गर्दै उद्योग वाणिज्य संघ इनरुवाले ज्ञापन पत्र बुझाएको छ ।
गर्भवतीलाई निःशुल्क एम्बुलेन्स सेवा
खोटाङ हलेसी तुवाचुङ नगरपालिकाले गर्भवती महिलाहरूको लागि निःशुल्क एम्बुलेन्स सेवा सुरु गरेको छ । नगरपालिकाले सञ्चालन गरेको एम्बुलेन्सबाट गर्भवती तथा सुत्केरी महिला र बेवारिसे व्यक्तिले निःशुल्क सेवा लिन पाउने छन् भने अन्य व्यक्तिको लागि सुलभ मूल्यमा एम्बुलेन्स उपलब्ध हुनेछ ।
खानेपानी योजना अन्तिम चरणमा
ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–२ खोक्लिङमा निर्माणाधीन बृहत् खानेपानी योजनाको काम अन्तिम चरणमा पुगेको छ । ठेक्का प्रक्रियामार्फत सुरु गरिएको खोक्लिङ खानेपानी योजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको हो ।
माईधार–दोमुखा सडक कालोपत्रे
शिवसताक्षीमा रहेको पूर्वकै प्रसिद्ध पर्यटकीय क्षेत्र दोमुखा सडक कालोपत्रे भएको छ। शिवसताक्षी नगरपालिका–१० स्थित माईधार–दोमुखा करिब तीन किलोमिटर लामो सडक कालोपत्रे भएको हो। उक्त सडक शिवसताक्षी नगरपालिकाबाट विनियोजित चार करोड २४ लाख ८३ हजार २४५ रुपियाँबाट कालोपत्रे भएको हो। जसमा शिवसताक्षी नगरपालिकाको दुई करोड २४ लाख ८३ हजार २४५ रुपियाँ र सङ्घीय समपूरक कोषको दुई करोड रुपियाँ रहेको छ। सडक ढलरहित सात मिटर चौडाइ कालोपत्रे भएको छ। जसमा तीन वटा बक्स कल्भर्ट र दुई वटा ह्युमपाइपसमेत निर्माण भएको छ।
देश र जनताको पक्षमा सरकारले काम गर्न सकेन : नेता ज्ञवाली
नेकपा (एमाले) का उपमहासचिव प्रदिप ज्ञवालीले गठबन्धन सरकारले देश र जनताको पक्षमा काम गर्न नसक्दा नागरिकमा दलप्रति नै निराशा आएको बताउनुभएको छ । एमाले धनकुटाको स्कुल विभागले पाख्रीवासमा आज आयोजना गरेको तीन दिने विशेष प्रशिक्षण कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।