मैवाखोला बाढीपहिरो : उद्धारमा सास्ती
कोशी प्रदेशमा बाढी पहिरोबाट ज्यान गुमाएका परिवारलाई तत्काल रु एक लाख राहत उपलब्ध गराउने भएको छ । आइतबार साँझ बसेको कोशी प्रदेश विपद् व्यवस्थापन सममितिले बाढीपहिरोबाट ज्यान गुएमाएको परिवारलाई रु एक लाख दिन नियर्ण गरेको हो ।
चार सडक कालोपत्रे गरिँदै
धनकुटाका चार वटा सडक एकै साथ कालोपत्रे भइरहेका छन्। यसरी यति धेरै सडक कालोपत्रे भएको धनकुटामा यो पहिलो हो। कोशी प्रदेशकै ठुलो आयोजना भनिएको तमोर कोरिडोर अन्तर्गत धनकुटाको मूलघाटदेखि पाँचथरसम्मको विभिन्न सडकखण्ड कालोपत्रे भइरहेका छन्। कुल ११२ किलोमिटर लम्बाइ रहेको यो सडकले कोशी प्रदेशका पहाडी जिल्लाहरू धनकुटा, तेह्रथुम, ताप्लेजुङ र पाँचथरको यात्रालाई अत्यन्तै छोटो बनाएको छ।
पहिरोबाट उद्वार गरिएकी बालिकाको मृत्यु
पाँचथरको फालेलुङमा पहिरोले घर पुर्दा घाइते हुनुभएकी पाँचथर फालेलुङ ३ की जुना सावदेनको मृत्यु भएको छ।
बाढी र पहिरोको जोखिममा दर्जनौँ बस्ती
ताप्लेजुङमा दर्जनौ बस्ती बाढी र पहिरोको जोखिममा परेका छन्। निरन्तरको वर्षासँगै विभिन्न क्षेत्रमा पहिरो र खोला नदीमा बाढी जान थालेपछि बस्ती जोखिममा परेका हुन्।
बाढीले बगाएको पाँचथरको हेवा खोलामा बेलिब्रिज राखिने
काठमाडौं, असार ३ गते। मेची राजमार्गको हेवाखोलामा बेलिब्रिज राखिने भएको छ। गए रातिदेखिको अविरल वर्षा र बाढीले आइतबार बिहान पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिका जोड्ने पुल बगाएपछि उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको पहलमा त्यहाँ बेलिब्रिज पठाउन लागिएको हो।प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले खोज तथा उद्धारका लागि सम्बन्धित निकायको जिम्मेवारी तथा उपकरणको विवरण तय भइसकेको र बेलिब्रिज पठाउन लागिएको जानकारी दिनुभयो। हेवा खोलामा सडक विभागको इटहरीस्थित कार्यालयबाट बेलिब्रिज पठाउन लागिएको गृहमन्त्रालयले जनाएको छ। विभागका महानिर्देशक सुशीलबाबु ढकालले प्राविधिक टोलीसहित आइतबार बेलिबिज्र पठाउने तयारी भइरहेको जानकारी दिनुभयो। बाढीले पुल बगाएपछि मेची राजमार्गको पाँचथर–तापलेजुङ सडकखण्ड पूर्णरूपमा अवरुद्ध छ।
बाढी र पहिरोले ताप्लेजुङका सडक अवरुद्ध
ताप्लेजुङका अधिकांश सडक सञ्जाल अवरुद्ध भएका छन्। निरन्तरको वर्षासँगै ठाउँ–ठाउँमा गएको बाढीपहिरोले सडक र मोटरेवल पुलमा क्षति पुर् याएपछि सडक अर्थात यातायात अवरुद्ध बनेका हुन्।
बोक्सेस्थित सदरमुकाम क्षेत्रको सडक कालोपत्रे
सडक चौडा बनाएर कालोपत्रे गरिएपछि उदयपुरको सदरमुकाम गाईघाटस्थित बोक्से क्षेत्रको मुहार फेरिएको छ ।
हाइसको ठक्करबाट एकको मृत्यु
झापाको कनकाई नगरपालिका –३ सुरुङ्गास्थित पूर्व–पश्चिम राजमार्गमा आइतवार बिहान हाइसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।
बाढीपहिरोले यातायात अवरुद्ध, उद्धारमा कठिनाइ
निरन्तरको वर्षासँगै विभिन्न क्षेत्रमा बाढीपहिरोले सडक अवरुद्ध भएपछि ताप्लेजुङको आन्तरिक तथा बाह्य यातायात अवरुद्ध भएको छ । जिल्लाका अधिकांश ग्रामीण सडक बाढीपहिरोले क्षतिग्रस्त भएका छन् ।
लेखक तथा निर्देशक सुब्बा सम्मानित
याक्थुङ उत्सव तथा ऐतिहासिक राष्ट्रिय महाधिवेशनमा याक्थुङ चलचित्रकर्मी सङ्घ केन्द्रीय समितिद्वारा जारी फिल्मका लेखक तथा निर्देशक उपेन्द्र सुब्बा सम्मानित हुनुभएको छ ।
सङ्खुवासभा अपडेट : दुई जनाको उद्धार, १५ अझै बेपत्ता
सङ्खुवासभाको हवाखोेलामा गएराति आएको बाढीले बगाएर बेपत्ता भएका दुई जना मजदुरको उद्धार भएको छ । अविलर वर्षासँगै गएराति आएको बाढीले सुपर हेवाखोला हाईड्रोपावरमा काम गर्ने १७ जना मजदुर बेपत्ता भएका थिए ।
पहिरोमा पुरिएर बेपत्ता एकको शव फेला
ताप्लेजुङमा पहिरोले पुरिएर बेपत्ता भएका एक जनाको शव फेला परेको छ । शनिबार राति सिदिङ्वा गाउँपालिका –६ मेहेलेमा गएको पहिरोमा पुरिएर बेपत्ता भएका चारमध्ये एक जनाको शव फेला परेको हो ।
हेवाखोलाको बाढीमा बेपत्ता पाँचैजनाको पहिचान
पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाको सीमा भई बग्ने हेवाखोलामा आएको बाढीमा परी बेपत्ता भएका पाँचै जनाको पहिचान भएको छ ।
पहिरोमा फसेकी ९ वर्षीया बालिकाको उद्धार, पाँच जना अझै बेपत्ता
पहिरोले घर पुर्दा बेपत्ता भएकी पाँचथर फालेलुङ -३ की जुना सावदेनको उद्धार गरिएको छ ।
पहिरोले पुरिएर बेपत्ता भएकाको खोजी कार्य तीव्र
ताप्लेजुङमा शनिबार राति गएको पहिरोले पुरिएर बेपत्ता भएकाहरूको खोजी कार्य तीव्र पारिएको छ । प्रहरीका अनुसार आइतबार बिहान सबेरैदेखि बेपत्ता हुनेहरूको खोजी कार्य तीव्र पारिएको हो ।
पहिरोमा परी ताप्लेजुङमा एकै परिवारका तीनजना सहित चार बेपत्ता
ताप्लेजुङको सिदिङ्वा गाउँपालिकास्थित मेहेलेमा पहिराले घर बगाउँदा एकै परिवारका तीन जना बेपत्ता छन् । स्थानीय कमल कडरियाका अनुसार पहिराले यादव बुढाथोकीको घर बगाउँदा यादवकी श्रीमती भगीमाया, बुहारी सन्ध्या र नाति प्रज्वल बेपत्ता छन् ।
सङ्खुवासभामा बाढीले बगाउँदा एक जनाको मृत्यु १७ जना सम्पर्कविहीन
जिल्लाको हेँवा खोलामा शनिबार राति आएको बाढीले बगाउँदा एक जनाको ज्यान गएको छ । बाढीले बगाएर ल्याएको अवस्थामा पाँचखपन नगरपालिका -५ मा एक शव भेटिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ ।
पाँचथरमा बाढीले बगाउँदा छ जना बेपत्ता
अविरल वर्षासँगै गए राति आएको बाढीले पाँचथरमा छ जना बेपत्ता भएका छन् । प्रहरीका अनुसार हेवा खोलामा आएको बाढीमा परेर हिलिहाङ -७ का दिलकुमार तामाङ र फिदिम १० का सन्जोग लोवा सहित सहित छ जना बेपत्ता भएको हो ।
दमकको थानारोड 'नमुना हरितमार्ग' बन्ने
इलाका प्रहरी कार्यालय अगाडिबाट बजारसम्म करिब ४ सय मिटर सडकको दुई किनार दुई वर्षमा हरियाली नमुना बनेको छ । गर्दा हुँदो रहेछ र सडकलाई हरियाली तथा सुन्दर बनाउन सकिँदो रहेछ भन्ने झापा दमक वडा नं. ६ स्थित थानारोडका स्थानीयहरूले देखाएका छन् ।
इनरुवामा करदाता शिक्षा कार्यक्रम
सुनसरीको इनरुवा नगरपालिकामा उद्योग वाणिज्य सङ्घ इनरुवाको आयोजना तथा आन्तरिक राजस्व कार्यालय इटहरी सुनसरीको संयोजनमा करदाता शिक्षा कार्यक्रम सम्पन्न भएको छ ।
दमकका सिटी सफारीलाई कर छुट
झापाको दमकका स्थायी बासिन्दाले सञ्चालन गरेको र दमकमै दर्ता भएका सिटी सफारी तथा टेम्पोहरुका लागि दमक नगरपालिकाले पटके सवारी कर नलिने र बाहिरबाट आएकाहरूलाई लिने भएको छ ।
बाढीले पाँचथरको राइराङ जलविद्युत आयोजनाको संरचना बगायो
अविरल वर्षासँगै आएको बाढीले पाँचथर र ताप्लेजुङको सीमावर्ती इवा खोलामा सञ्चालन भइरहेको राइराङ हाइड्रो पावरका संरचना बगाएको छ । शुक्रबार राती आएको बाढी हाइड्रो पावरको पाइपलाइन र पावर हाउसमा पसेको थियो ।
फुङ्लिङ बजारमा धमिलो पानी उपभोग गर्नुपर्ने बाध्यता
ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारका बासिन्दा हिजोआज धमिलो पानी उपभोग गर्न बाध्य बनेका छन्। निरन्तरको वर्षाका कारण फुङ्लिङ बजारमा सञ्चालनमा रहेको देवीखोला खानेपानी योजनाको पानी धमिलो आउन थालेपछि यहाँका बासिन्दा सोही पानी उपभोग गर्न बाध्य बनेका हुन्।
छाता ऐनविरुद्ध सङ्घर्ष समितिद्वारा मौन जुलुस सुरु
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई नेपाल स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक २०७७ साल छाता ऐन अन्तर्गत राख्न लागेको भन्दै विरोधमा बीपी बचाउ सङ्घर्ष समितिद्वारा मौन जुलुस प्रदर्शन गरिएको छ ।