• २० असोज २०८१, आइतबार

पहिरोबाट उद्वार गरिएकी बालिकाको मृत्यु

blog

पहिरोबाट बालिकाको उद्धार गर्दै उद्धारकर्ता र बाढीले बगाएको हेवा खोला पुल ।

राधा लुइटेल

फिदिम असार ३ गते। पाँचथरको फालेलुङमा पहिरोले घर पुर्दा घाइते  हुनुभएकी पाँचथर फालेलुङ ३ की जुना सावदेनको मृत्यु भएको छ।

उहाँको आइतबार दिउँसो उपाचारका लागि क्रममा पाँचथर जिल्ला अस्पतालमा निधन भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख (डिएसपी) हरि खतिवडाले जानकारी दिनुभयो।

फालेलुङ ३ खोलाघारीका मनप्रसाद राईकी नौ वर्षीया नातिनी जुनालाई मध्यरातमा घर माथिबाट आएको पहिरोले पुरेको थियो। उहाँलाई स्थानीयले आइतबार बिहान उद्वार गरेर उपचारका लागि पाँचथर अस्पताल ल्याएका थिए। 

यसैबीच बाढीमा परेका पाँचथरका ५ जना अहिलेसम्म बेपत्ता छन्। बाढी पहिरोका कारण दर्जनौं पुल बगेका छन्।