व्यावसायिक कृषिमा आकर्षण
भोजपुरका किसानको व्यावसायिक कृषिमा आकर्षण बढेको छ । तीनै तहको सरकारबाट कृषिमा लाग्नका लागि विभिन्न प्रोत्साहनका कार्यक्रम सञ्चालन भएपछि किसानमा यसप्रति आकर्षण बढेको हो ।
सडक कालोपत्रे भएपछि मुहार फेरियो
सडक चौडा बनाएर कालोपत्रे गरिएपछि सदरमुकाम गाईघाटस्थित बोक्से क्षेत्रको मुहारै फेरिएको छ। जिल्लास्थित सम्पूर्ण सरकारी कार्यालयको बिचबाट जाने गाईघाट–दिक्तेल सडक अन्तर्गत पुरानो आँखा अस्पतालदेखि बरुवा पुलसम्मको चार किलोमिटर क्षेत्रमा कालोपत्रेसहित सडक चौडा पारिएपछि सो क्षेत्रको मुहार फेरिएको हो।
हेलिकप्टरमार्फत उद्धार गरिएका घाइतेलाई अस्पताल पुर्याइयो
ताप्लेजुङको सिदिङ्वा गाउँपालिका –६ मेहेलेमा सोमबार बिहान गएको पहिरोमा परी घाइते भएका राजकुमार राईलाई दुई दिनपछि अस्पताल पुर्याइएको छ ।
बाढी पहिरो पीडितको उद्धार जारी
असार २ गते राती परेको अविरल वर्षाका कारण कोशी प्रदेशका पाँचथर, ताप्लेजुङ, सङ्खुवासभा लगायतका जिल्लाहरूमा बाढी तथा पहिरोबाट पीडितको नेपाली सेनाको खोज तथा उद्धार टोलीले उद्धार कार्य जारी राखेको छ ।
आन्तरिक उत्पादन प्रवर्द्धनका लागि आलु प्याजमा भ्याट : अर्थमन्त्री डा.महत
आन्तरिक उत्पादनमा मद्दत पुगोस्, नेपाली उत्पादन प्रवर्द्धन होस् भनेर आयात हुने आलु र प्याजमा भ्याट लगाइएको अर्थमन्त्री डा. प्रकाशशरण महतले स्पष्ट पार्नुभएको छ ।
बाढीपहिरो पीडितको राहत तथा उद्धारमा सरकार गम्भीर बन्नुपर्छ : नेता महर
नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले बाढीपहिरोबाट सङ्खुवासभाको तुम्लिङटार र ताप्लेजुङको सिदिङ्वा–५ मेहेलेमा ठूलो जनधनको क्षति भएको भन्दै राहत तथा उद्धारमा सरकारको ध्यान पुग्न नसकेको बताउनुभएको छ ।
झापामा एक कैदीबन्दीको मृत्यु
झापामा एक जना कैदीबन्दीको मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर नगरपालिका –६ निवासी २८ वर्षीय ‘दीपेन्द्र’ भन्ने देवेन्द्र थापा रहेको झापा जिल्ला कारागार भद्रपुरले जनाएको छ ।
उमेर नपुगी बच्चा जन्माउने आमा र शिशुको ज्यान जोखिममा
पाँचथर फालेलुङ गाउँपालिका –४ कि कोपिला लिम्बूको १४ वर्षकै उमेरमा प्रेम विवाह भयो । विवाह भएको सात महिना नपुग्दै उहाँलाई सुत्केरी व्यथा लाग्यो । महिना नपुगी जन्मेको बच्चाको तौल ९ सय ग्राम मात्र थियो । जन्मेको १२ घण्टा नबित्दै पाँचथर अस्पतालमा शिशुको ज्यान गयो ।
ताप्लेजुङतर्फ उडेको प्रधानमन्त्री सवार हेलिकोप्टर विराटनगरमा अवतरण
बाढीपहिरो प्रभावित क्षेत्र अवलोकन गर्न सङ्खुवासभाबाट ताप्लेजुङतर्फ उडेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सवार हेलिकोप्टर विराटनगर विमानस्थलमा आकस्मिक अवतरण गरिएको छ ।
बेपत्ताहरूको खोजी कार्यमा जुट्न सबै सरकारी संयन्त्रलाई निर्देशन
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकन गर्न सोमबार दिउँसो कोशी प्रदेशका पहिरो प्रभावित जिल्लामा आइपुग्नु भएको छ । उहाँले सङ्खुवासभाको तुम्लिङटारमा ओर्लेर पत्रकारहरूसँग संक्षिप्त कुराकानी पनि गर्नुभएको छ ।
कोशी प्रदेश सरकार र पहिचान पक्षधरबीच सहमति बनेन
कोशी प्रदेश सरकार र नामकरण खारेजीको माग राख्दै आएका आन्दोलनरत पक्षबीच भएको पहिलो वार्तामा सहमति बन्न सकेन । आज बिहानबाट प्रदेश राजधानी विराटनगरस्थित एक होटलमा भएको वार्ता करिब ५ घण्टा चले पनि निष्कर्षमा पुग्न नसकेको वार्तामा सहभागी नेताहरूको भनाइ छ ।
ताप्लेजुङमा पहिरोमा परी घाइतेको हेलिकप्टरमार्फत उद्धार
ताप्लेजुङको सिदिङ्वा गाउँपालिका –६ मेहेलेमा पहिरोमा परी घाइते भएका एक जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
कन्काई आसपासमा सतर्कता अपनाउन आग्रह
पूर्वी नेपालको कन्काई नदी सहित आगामी तीन दिन तमोर र अरुणमा नदीको बहाव उल्लेख्य बढ्ने देखिएकाले तटीय क्षेत्रका बासिन्दालाई सचेत हुन आग्रह गरिएको छ ।
ई–रिक्सा व्यवस्थापन गर्न दर्ता प्रक्रिया सुरु
धरान उपमहानगरपालिकाले मंगलबारदेखि तीन पाङ्ग्रे ई–रिक्सा (सिटी सफारी) दर्ता प्रक्रिया गर्नेभएको छ । अव्यवस्थित रूपमा रहेको ई–रिक्सा सवारी कार्यविधिअनुसार मात्र ई–रिक्सा दर्ता गरी चलाउन पाइनेभएको छ ।
लौकहीमा लालपुर्जा वितरण
सुनसरीको कोशी गाउँपालिकाले लौकहीमा स्थानीयहरूलाई जग्गाधनी प्रमाण पत्र लालपुर्जा वितरण गरेको छ । कोशी गाउँपालिका वडा नम्बर १ लौकहीका स्थानीयहरूलाई लालपुर्जा वितरण गरेको अध्यक्ष ऐयुब अन्सारीले जानकारी दिनुभयो ।
बाढीले सवाखोला लोहाकोट बिजुवापानी आयोजना बगायो
बाढीका कारण सवाखोला लोहाकोट बिजुवापानी सामुदायिक लिफ्ट आयोजनामा क्षति पुगेको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयअन्तर्गत कूल अनुमानित रु एघार करोड ११ लाख आठ हजार नौ सय २७को लागतमा निर्माण भइरहेको यो आयोजनामा बढीले क्षति पुर्याएको हो ।
प्रधानमन्त्री नेतृत्वको टोलीद्वारा बाढी प्रभावित क्षेत्रको अनुगमन हुने
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको टोलीले बाढी प्रभावित क्षेत्रहरूको अनुगमन गर्नुहुने भएको छ । प्रधानमन्त्री प्रचण्ड नेतृत्वको टोलीले सङ्खुवासभा र ताप्लेजुङको बाढी प्रभावित क्षेत्रको सोमबार अनुगमन गर्न लाग्नुभएको हो ।
अर्थमन्त्री डा. महतद्वारा आन्तरिक राजश्व कार्यालय विराटनगरको निरीक्षण
अर्थमन्त्री डा. प्रकाशशरण महतले विराटनगरस्थित आन्तरिक राजस्व कार्यालयको निरीक्षण गर्नुभएको छ । सोमबार बिहान निरीक्षणका क्रममा मन्त्री डा. महतले राजश्व उठाउने काममा जिम्मेवार र कर्तव्यनिष्ठ भएर लाग्न निर्देशन दिनुभएको छ ।
पहिरोमा फसेकाको हेलिकोप्टरमार्फत उद्धार
अविरल वर्षाका कारण खोलामा आएको बाढीपहिरो जोखिमका कारण जिल्लाको याङवरक–१ फेदिमा फसेका १२ जनाको नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ ।
बेपत्ता मध्ये १९ जना अझै भेटिएन
जिल्लाको हेँवा खोलामा शनिबार राती आएको बाढीले बगाउँदा १ जनाको मृत्यु भएको छ भने १९ जना बेपत्ता भएका छन् ।
कोशी प्रदेश सरकार र पहिचान पक्षधरबीच वार्ता सुरु
कोशी प्रदेश नामकरण खारेजीको माग राख्दै आन्दोलनमा सहभागी पहिचान पक्षधर समूह र कोशी प्रदेश सरकारबिच वार्ता सुरु भएको छ ।
पहिरोमा परी बाबु छोराको मृत्यु
ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–६ मेहेलेमा पहिरोमा परी एकै परिवारका बाबु छोराको मृत्यु भएको छ ।
ताप्लेजुङको मेहेलेमा पहिरोमा परी एक बेपत्ता, दुई घाइते
पहिरोमा परी स्थानीय राजकुमार राई र सुरेश राई घाइते भएको स्थानीय शिक्षक कमल कडरियलाले जानकारी दिनुभयो । उहाँका अनुसार सुरेशका बाबु केशरबहादुर राई सम्पर्कमा नरहेको बताइएको छ ।
मैवाखोला बाढीपहिरो : उद्धारमा सास्ती
कोशी प्रदेशमा बाढी पहिरोबाट ज्यान गुमाएका परिवारलाई तत्काल रु एक लाख राहत उपलब्ध गराउने भएको छ । आइतबार साँझ बसेको कोशी प्रदेश विपद् व्यवस्थापन सममितिले बाढीपहिरोबाट ज्यान गुएमाएको परिवारलाई रु एक लाख दिन नियर्ण गरेको हो ।