• २० असोज २०८१, आइतबार

अर्थमन्त्री डा. महतद्वारा आन्तरिक राजश्व कार्यालय विराटनगरको निरीक्षण

blog

विराटनगरस्थित आन्तरिक राजस्व कार्यालयको निरीक्षणपछि कर्मचारीहरूलाई राजश्व उठाउने काममा जिम्मेवार र कर्तव्यनिष्ठ भएर लाग्न निर्देशन दिनुहुँदै अर्थमन्त्री अर्थमन्त्री डा. प्रकाशशरण महत।

विराटनगर, असार ४ गते । अर्थमन्त्री डा. प्रकाशशरण महतले विराटनगरस्थित आन्तरिक राजस्व कार्यालयको निरीक्षण गर्नुभएको छ । सोमबार बिहान निरीक्षणका क्रममा मन्त्री डा. महतले राजश्व उठाउने काममा जिम्मेवार र कर्तव्यनिष्ठ भएर लाग्न निर्देशन दिनुभएको छ । 

सेवाग्राही माझ सहज रूपमा प्रस्तुत हुन, व्यक्तिगत फाइदा नहेर्न, आग्रह गर्नुहुँदै मन्त्री डा. महतले निर्देशनको क्रममा भन्नुभयो, ‘‘कर्तव्यबाट पन्छिने छुट हामी कसैलाई छैन, जिम्मेवारी जे छ त्यसैमा कर्तव्यनिष्ठ भएर काम गर्नु होला ।’’

अर्थमन्त्री महतले भन्नुभयो, ‘‘अहिले बजेटले करका दायरा फराकिलो बनाएको छ, यसमा तपाईँहरूले सेवाग्राहीलाई राम्रोसँग बुझाउनुपर्छ, मूल्य अभिवृद्धि कर राजश्वको महत्त्वपूर्ण पक्ष हो ।’’


‘‘तरकारी फलफूलको आयातमा मात्र कर लाग्छ । आम उपभोक्ताको लागि मूल्य अभिवृद्धि करको बारेमा बुझाउन जरुरी छ ।,’’ मन्त्री डा. महतले भन्नुभयो, ‘‘म राम्रो काम गर्न आएको हुँ, तपाईँहरूले पनि राम्रो काम गरिरहनु भएको छ र अझै राम्रो काम गर्नु होला । आम नागरिकलाई दुःख दिने काम नगर्नु होला ।’’

उच्च मनोबलकासाथ काम गर्न आग्रह गर्नुहुँदै मन्त्री डा. महतले भन्नुभयो, ‘‘कर्तव्यनिष्ठ भएर काम गर्नु होला । आगामी आर्थिक वर्षको राजश्वको लक्ष्य पूरा गर्न सबै मिलेर कर्तव्यनिष्ठ भएर काम गर्नु पर्छ ।’’