• २० असोज २०८१, आइतबार

ताप्लेजुङमा पहिरोमा परी घाइतेको हेलिकप्टरमार्फत उद्धार

blog

नेपाली सेनाको हेलिकप्टरमार्फत पहिरोमा परी घाइते भएका राजकुमार राईको उद्धार गरिँदै ।

चन्द्र पन्दाक

ताप्लेजुङ, असार ४ गते । ताप्लेजुङको सिदिङ्वा गाउँपालिका –६ मेहेलेमा पहिरोमा परी घाइते भएका एक जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । 

सोमबार बिहान गएको पहिरोमा परी घाइते हुनुभएका स्थानीय ४५ वर्षीय राजकुमार राईको उपचारका लागि हेलिकप्टरमार्फत उद्धार गरिएको हो । 

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना समन्वय अधिकारी एवम् प्रहरी निरीक्षक कुशराम कार्कीका पहिरोमा परेर घाइते हुनुभएका राईलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उपचारका लागि झापाको बीएनसी अस्पताल लगिएको छ । 

मेहेलेको मुकुभञ्ज्याङमा गएको पहिरोमा परी राई घाइते हुनुभएको हो । राईको टाउकोलगायत शरीरका अन्य भागमा चोट लागेको प्रहरी निरीक्षक कार्कीले जानकारी दिनुभयो ।

सोही पहिरोमा परी एकै परिवारका बाबु छोराको मृत्यु भएको छ । पहिरोमा पुरिएर स्थानीय ६७ वर्षीय केशरबहादुर राई र उहाँका छोरा ३६ वर्षीय सुरेश राईको मृत्यु भएको थियो । 

केहीयतादेखि निरन्तर वर्षा भइरहेको र वर्षाका कारण गएको बाढी पहिरोमा परेर ताप्लेजुङमा हालसम्म मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ भने तीनजना बेपत्ता हुनुभएको प्रहरीले जनाएको छ ।