ध्यान कुलुङ
सङ्खुवासभा, असार ४ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको टोलीले बाढी प्रभावित क्षेत्रहरूको अनुगमन गर्नुहुने भएको छ । प्रधानमन्त्री प्रचण्ड नेतृत्वको टोलीले सङ्खुवासभा र ताप्लेजुङको बाढी प्रभावित क्षेत्रको सोमबार अनुगमन गर्न लाग्नुभएको हो ।
टोली सङ्खुवासभाको तुम्लिङटार विमान स्थलमा हेलिकोप्टरमार्फत् सोमबार बिहान साढे ११ बजे पुग्ने समय तय भए पनि एक घण्टा ढिला गरी त्यसतर्फ जाने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
टोली तुम्लिङटारमा हेलिकोप्टरबाट ओर्लिनु भएपछि सोही हेलिकोप्टरबाट सङ्खुवासभाको बाढी प्रभावित क्षेत्रमा जानुहुने र त्यस पश्चात् ताप्लेजुङको घटना स्थलमा जाने कार्यक्रम रहेको सचिवालयले जनाएको छ ।
अनुगमन टोलीमा उपप्रधान एवम् गृहमन्त्री नारायण काजी श्रेष्ठ, अन्य मन्त्रालयका मन्त्रीहरू, सङ्घीय सांसद दीपक खड्का, कोशी प्रदेश सांसद राजेन्द्र कार्कीलगायतका नेता तथा सांसदहरू हेलिकोप्टरमार्फत आउने छन् ।