• २० असोज २०८१, आइतबार

लौकहीमा लालपुर्जा वितरण

blog

सुनसरीको कोशी गाउँपालिकाले लौकहीमा स्थानीयहरुलाई जग्गाधनी प्रमाण पत्र लालपुर्जा वितरण गरिँदै । तस्विर : जयकृष्ण यादव

जयकृष्ण यादव 

इनरुवा, असार ४ गते । सुनसरीको कोशी गाउँपालिकाले लौकहीमा स्थानीयहरूलाई जग्गाधनी प्रमाण पत्र लालपुर्जा वितरण गरेको छ । कोशी गाउँपालिका वडा नम्बर १ लौकहीका स्थानीयहरूलाई लालपुर्जा वितरण गरेको अध्यक्ष ऐयुब अन्सारीले जानकारी दिनुभयो । 

लौकहीमा कोशी गाउँपालिकाको सभा हलमा जग्गा धनी दर्ता प्रमाण पुर्जा वितरण समारोहका ब्लकका जग्गाको लालपुर्जा वितरण गरेको अन्सारीले बताउनुभयो । कोशी गाउँपालिका अध्यक्ष ऐयुब अन्सारी, उपाध्यक्ष अनिता यादव, कोशी गाउँपालिका वडा नम्बर १ का अध्यक्ष शोभितनारायण यादव, नापी कार्यालय सुनसरीका प्रमुख सहितले कोशी गाउँपालिका वडा नम्बर १ साबिक लौकही गाविस वडा नम्बर ६ को कित्ता नं. ५ र वडा नं. ८ को कित्ता नं. ५५ को गाउँ ब्लक अन्तर्गतका ९१ जनालाई लालपुर्जा वितरण गर्नुभयो । 

नापी कार्यालय सुनसरीले कोशी गाउँपालिकाको सहयोगमा आयोजना गरेको जग्गा धनी दर्ता प्रमाणपत्र, लालपुर्जा वितरण समारोहमा स्थानीयहरूलाई लालपुर्जा वितरण गरिएको जनाएको छ ।