• २० असोज २०८१, आइतबार

झापामा एक कैदीबन्दीको मृत्यु

blog

लिलाराज खड्का

बिर्तामोड, असार ४ गते । झापामा एक जना कैदीबन्दीको मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर नगरपालिका –६ निवासी २८ वर्षीय ‘दीपेन्द्र’ भन्ने देवेन्द्र थापा रहेको झापा जिल्ला कारागार भद्रपुरले जनाएको छ ।

आइतबार साँझ उहाँको स्वास्थ्यमा समस्या भएपछि प्रादेशिक अस्पताल भद्रपुर लगिएको र उहाँको सोही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको झापा कारागार प्रमुख मोहनलाल पनेरुले जानकारी दिनुभयो । 

लागूऔषध मुद्दामा २०७८ साल असार १६ गतेदेखि कारागारमा जेल जीवन बिताई रहनुभएका थापाको कैद समयावधि अझ ५ वर्ष बाँकी थियो ।