• २१ वैशाख २०८१, शुक्रबार

ताप्लेजुङतर्फ उडेको प्रधानमन्त्री सवार हेलिकोप्टर विराटनगरमा अवतरण

blog

ताप्लेजुङतर्फ जाने क्रममा मौसम प्रतिकूल भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सवार हेलिकोप्टर विराटनगर विमानस्थलमा आकस्मिक अवतरण । तस्बिर : प्रदीपराज वन्त

शशीधर पराजुली
विराटनगर, असार ४ गते ।
 बाढीपहिरो प्रभावित क्षेत्र अवलोकन गर्न सङ्खुवासभाबाट ताप्लेजुङतर्फ उडेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सवार हेलिकोप्टर विराटनगर विमानस्थलमा आकस्मिक अवतरण गरिएको छ ।

ताप्लेजुङतर्फ जाने क्रममा मौसम प्रतिकूल भएपछि विराटनगर विमानस्थल अवतरण गरिएको हो ।

प्रधानमन्त्री प्रचण्ड, गृहमन्त्री नारायणकाजी श्रेष्ठ, नेकपा एमालेका सचिव तथा ताप्लेजुङका सांसद योगेश भट्टराई, पाँचथरका सांसद वसन्त नेम्वाङलगायतको टोली बाढी पहिरोबाट भएको प्रभावको स्थलगत निरीक्षण गर्न दिउँसो सङ्खुवासभा पुगेको थियो ।

प्रधानमन्त्रीसमेतको टोली विराटनगर विमानस्थलको विशिष्ट कक्षमा बसेर अनुकूल मौसमको प्रतीक्षामा छ । तर समय कम हुँदा विराटनगरबाट टोली काठमाडौं फर्किनसक्ने बताइएको छ ।

प्रधानमन्त्री प्रचण्डले आजै ताप्लेजुङ र पाँचथरको पनि अवलोकन गरी काठमाडौं फर्किने कार्यक्रम थियो ।