• २० असोज २०८१, आइतबार

पहिरोमा फसेकाको हेलिकोप्टरमार्फत उद्धार

blog

नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको पीडित । तस्बिर : नेपाल प्रहरी

राधा लुइटेल
फिदिम, असार ४ गते । 
अविरल वर्षाका कारण खोलामा आएको बाढीपहिरो जोखिमका कारण जिल्लाको याङवरक –१ फेदिमा फसेका १२ जनाको नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ ।

उद्धार गरिएकामा याङवरक –१ निवासी नरमाया गुरुङ, सन्दीप गुरुङ, हिमा गुरुङ, कृष्ण गुरुङ, डिकमाया गुरुङ, काजुहाङ गुरुङ, सुनिता गुरुङ, मनबहादुर गुरुङ, सुस्मा गुरुङ, पदमबहादुर खालिङ र मनमाया खालिङ हुनुहुन्छ ।

तीन दिनदेखि फसेका उनीहरूको सोमबार बिहान उद्धार गरिएको पाँचथर जिल्लाका प्रहरी प्रमुख हरि खतिवडाले जानकारी दिनुभएको छ । प्रहरी प्रमुख खतिवडाका अनुसार उद्धार गरिएका सबै जनालाई च्याङथापु बजारमा स्थानान्तरण गरिएको छ ।