• १२ साउन २०८१, शनिबार

बाढीले बगाएको पाँचथरको हेवा खोलामा बेलिब्रिज राखिने

blog

गएराति आएको बाढीले बगाएको मेची राजमार्गको पाँचथर खण्डमा बनेको हेवाखोला पुल ।

काठमाडौं, असार ३ गते। मेची राजमार्गको हेवाखोलामा बेलिब्रिज राखिने भएको छ। गए रातिदेखिको अविरल वर्षा र बाढीले आइतबार बिहान पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिका जोड्ने पुल बगाएपछि उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको पहलमा त्यहाँ बेलिब्रिज पठाउन लागिएको हो।

प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले खोज तथा उद्धारका लागि सम्बन्धित निकायको जिम्मेवारी तथा उपकरणको विवरण तय भइसकेको र बेलिब्रिज पठाउन लागिएको जानकारी दिनुभयो। 

हेवा खोलामा सडक विभागको इटहरीस्थित कार्यालयबाट बेलिब्रिज पठाउन लागिएको गृहमन्त्रालयले जनाएको छ। 

विभागका महानिर्देशक सुशीलबाबु ढकालले प्राविधिक टोलीसहित आइतबार बेलिबिज्र पठाउने तयारी भइरहेको जानकारी दिनुभयो। बाढीले पुल बगाएपछि मेची राजमार्गको पाँचथर–तापलेजुङ सडकखण्ड पूर्णरूपमा अवरुद्ध छ।