• १२ असार २०८१, बुधबार

कोशी प्रदेश सभाको बैठक जेठ ३१ मा

blog

विराटनगर, जेठ २९ गते । कोशी प्रदेश सभाको दोस्रो तथा बजेट अधिवेशन यही जेठ ३१ गते बुधबार दिउँसो १ बजे बस्ने भएको छ । जेठ २३ गते सभाको सम्पन्न बैठक पछि अर्को सूचना जारी नभएसम्म सभामुख बाबुराम गौतमले बैठक स्थगित गर्नुभएको थियो । 

कोशी प्रदेश सभा नियमावली, २०७४ को नियम ६ बमोजिम प्रदेश सभाका सबै सदस्यलाई जानकारीको लागि यो सूचना जारी गरेको प्रदेश सभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिनुभयो ।