• १२ साउन २०८१, शनिबार

खोटाङमा रोपाइँ सुरु

blog

खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकामा रोप्न तयार पारिएको धानको बीउँ र रोपाइँ गरेका खेत

राजकुमार भट्टराई

खोटाङ, जेठ ३० गते । लगातारको पानीसँगै खोटाङमा धान रोपाइँ सुरु भएको छ । यता जेठ २८ गतेदेखि लगातार पानी पर्न थालेपछि किसानले हिउँदे धान रोप्न सुरु गरेका हुन् ।

दश स्थानीय तह रहेको जिल्लामा प्राय सबै पालिका क्षेत्रमा धान रोपाइँ गरिन्छ । बेँसी क्षेत्रमा असार १५ पछि मात्र रोपाइँ गर्ने गरिन्छ । माथिल्लो लेक क्षेत्रमा भने किसानले जेठ अन्तिमदेखि रोपाइँ सुरु गर्ने गरेका छन् ।

धान रोप्ने समय भएपनि पानी नपर्दा किसान चिन्तित थिए । २८ गते भारी वर्षा भएपछि सोही मौका छोपेर अहिले किसान रोपाइँमा व्यस्त भएका छन् ।