• ६ वैशाख २०८१, बिहिबार

चार वटा सटर फोडी चोरी गर्ने व्यक्ति पक्राउ

blog

चोरीमा संलग्न झापा शिवसताक्षी नगरपालिका–५ आमबाडी बस्ने ५६ वर्षीय सविलाल खवास । तस्बिर : इलाका प्रहरी कार्यालय शिवगञ्ज

झापा, जेठ १० गते । झापामा एकै रातामा चार वटा सटर फोडी चोरी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । यही जेठ ३ गते राति झापा शिवसताक्षी नगरपालिका–६ शिवगञ्ज बजारमा लगातार श्रृङ्खलाबद्ध रूपमा चार वटा सटर फोडी चोरी भएको थियो ।

इलाका प्रहरी कार्यालय शिवगञ्जमा जानकारी प्राप्त अनुसार प्रहरीले अनुसन्धान गर्ने क्रममा चोरीमा संलग्न सोही नगरपालिका–५ आमबाडी बस्ने ५६ वर्षीय सविलाल खवासलाई नियन्त्रणमा लिएको जनाएको ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रप्रसाद रिजालले चोरीका सामान, नगद र चोरी भएको अवस्थामा प्रयोग भएका फलामको रड, झोला र चोरी गर्दा प्रयोग भएको कपडासहित खवासलाई घरबाट पक्राउ गरिएको जानकारी दिनुभयो ।

प्रवक्ता रिजालले पक्राउ परेका खवासलाई झापा जिल्ला अदालतबाट चोरी मुद्दामा सात दिन म्याद थप गरी इलाका प्रहरी कार्यालय झिलझिलेमा राखी थप अनुसन्धान कार्य भइरहेको जानकारी दिनुभयो ।