• २६ वैशाख २०८२, शुक्रबार

नेपाली नागरिकको सुरक्षा व्यवस्था मिलाउन सभामुखको ध्यानाकर्षण

blog

सभामुख देवराज घिमिरे शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा ध्यानाकर्षण गराउनुहुँदै । तस्बिरः किरणराज विष्ट/रासस

काठमाडौँ, वैशाख २६ गते । सभामुख देवराज घिमिरेले भारत र पाकिस्तानबिचको सिर्जित अवस्थालाई दृष्टिगत गर्दै त्यहाँ बसोवास गर्ने सम्पूर्ण नेपालीको सुरक्षालगायत पर्नसक्ने सम्भावित समस्याप्रति सचेत भई आवश्यक व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख घिमिरेले उक्त ध्यानाकर्षण गराउनुभएको हो । बैठकमा सांसदहरूले भारत र पाकिस्तानबिचको तनावबाट नेपालमा पर्नसक्ने सम्भावित प्रभावबारे सरकार सचेत हुनुपर्नेमा जोड दिँदै आवश्यक तयारी थाल्न सुझाव दिनुभएको थियो । 

यस्तै, सभामुख घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउनुभयो । प्रतिनिधिसभा बैठकमा आव २०८२/८३ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल जारी छ । रासस