• १२ वैशाख २०८१, बुधबार

उत्पादनमूलक क्षेत्रमा सरकारको सहयोग रहन्छ : मन्त्री सिटौला

blog

दमक, जेठ १२ गते । कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौलाले उत्पादनमूलक क्षेत्रमा सरकारले आवश्यक सहयोग गर्ने बताउनु भएको छ । बिहीबार साँझ झापाको कमल गाउँपालिका वडा नं. ६ स्थित पूजा सामाग्री उत्पादन गर्ने उद्योगको निरीक्षण गर्दै उहाँले यस्तो बताउनु भएको हो ।

मन्त्री सिटौलाले जनताका अपेक्षा धेरै रहेको जनाउँदै कृषिमा आत्मनिर्भरताका लागि सरकारले आवश्यक नीति तथा कार्यक्रम र बजेट छुट्टाउने भन्दै रचनात्मक खालको परियोजना ल्याउन आग्रह गर्नु भयो । किसानलाई फाइदा पुग्ने किसिमको क्षेत्रमा हामी सहयोग गर्छौ, उहाँले भन्नुभयो ।

पूजा संस्कृति र परम्परामा उपयोग हुने अधिकांश पूजा सामाग्री कृषिमा नै आधारित रहेका छन् । घर आँगनमा पाइने कृषि उपजहरू नै पूजामा प्रयोग हुने गरेको छ । त्यस्ता घर आँगनमा पाइने कृषि उपज समेत पूजा सामाग्रीको रूपमा भारतबाट दैनिक रूपमा आउने गरेको छ ।

पूजा सामाग्रीहरूमा भारतमा आत्म निर्भर रहनु पर्ने अवस्थामा केही पूजा सामाग्रीहरू स्वदेशमा नै उत्पादन भइरहेको जनाउँदै कहीँ कतैबाट सहयोग नपाएको दिब्यदृष्टि भनेरेसन एण्ड एग्रो कन्सर्नका अध्यक्ष यज्ञप्रसाद आचार्यले सो अवसरमा बताउनु भएको थियो । गोमूत्र समेत भारतबाट नै आउने गरेको थियो, उहाँले भन्नुभयो ।

जटिबुटिजन्य हवन सामाग्री, नवग्रह समिधा, सप्त धान्य, परिमल, बाटेको धूप लगायतका डेढ दर्जनभन्दा बढी पूजा सामाग्रीहरू यहाँ उत्पादन हुँदै आएको छ । दुवो, कुश पनि भारतबाट नै आउने गरेको रहेछ, आचार्यको भनाई थियो । कोरोनाको महामारी फैलिएको सयमा सुरु गरेको उत्पादन अहिले आर्थिक मन्दीका कारण प्रभाव परिरहेको जनाइएको छ ।


Author

विष्णुप्रसाद पोखरेल