• १३ वैशाख २०८१, बिहिबार

बुधबारे हटियामा नगरपालिकाले चलायो डोजर

blog

बिर्तामोड नगरपालिकाले चलायो बुधबारे हटियाका टहरामा डोजर । तस्बिर : लिलाराज झापाली

लिलाराज झापाली
बिर्तामोड, जेठ ८ गते ।
बिर्तामोड नगरपालिकाले बुधबारे हटियाका टहरामा  डोजर चलाएको छ । नगरपालिकाले १ बिगाह २ कठ्ठा क्षेत्रमा रहेका करिब दुई सय वटा टहरा हटाउन सुरु भएको हो । नगरपालिकाले पूर्वपट्टिबाट टहरा हटाउन सुरु गरेको छ ।

यसअघि बुधवारे हटिया खाली गर्न नगरपालिकाले पटक–पटक सूचना जारी गरेको थियो । तर व्यावसायीले आफूहरुलाई उचित स्थानको व्यावस्थापन गर्नुपर्ने माग राख्दै आएका थिए ।

यस स्थानमा नगर विकास कोषको ९० प्रतिशत अनुदानमा व्यावसायीक भवन निर्माण गर्न नगरपालिकाले आज (सोमबार)बाट टहरा हटाउन सुरु गरेको हो । नगरपालिकाका अनुसार ५० करोडको लागतमा व्यावसायीह भवन निर्माण गर्न लागिएको हो ।

टहरमा नगरपालिकाले डोजर चलाउन थालेपछि स्थानीय व्यावसायीहरुले नाराजुलुस गरेका थिए भने डोजरमाथि ढुङ्गामुढा गरेका थिए ।

यता बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी, वरिष्ठ उपाध्यक्ष राजु न्यौपाने, नेपाल आदिवासी जनजाति महासंघ झापाका अध्यक्ष पाण्डवलाल चौधरीलगायतको नेतृत्वका व्यापारीले पनि डोजर रोक्ने प्रयास गरेका थिए । तर, आठ वटा डोजरले एक साथ टहरा भत्काउन सुरु गरेको थियो । उक्त स्थानमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको थियो ।