वराहक्षेत्र नगरपालिकाको आठौँ स्थापना दिवस सम्पन्न
वराहक्षेत्र नगरपालिका स्थापना भएको अवसरमा नगरपालिकाको आठौँ स्थापना दिवस तीन दिनसम्म विधिवत् कार्यक्रम गर्दै सम्पन्न भएको छ ।
साइकलबाट लडेर राईको मृत्यु
झापाको बिर्तामोडमा साइकल दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । बिर्तामोड नगरपालिका–६ का ४२ वर्षीय सन्तोष राई सोमबार बिहान बुट्टा बारीनजिक दुर्घटनामा परेको प्रहरीको भनाइ छ ।
खेतमै उखु सुक्न थालेपछि किसान चिन्तित
नगदे बालीको रूपमा लगाउँदै आएको उखु बाली कहिले उधारो त कहिले समयमा क्रसिङ्गका लागि सुगर मिलले पुर्जी नदिँदा किसान मारमा परेका छन् ।
दुई करोड लगानीमा सामुदायिक पुस्तकालय
धनकुटाको छथर जोरपाटीमा सामुदायिक बहुउद्देश्यीय पुस्तकालय निर्माण हुने भएको छ । छथर जोरपाटी ६ सिधुवा बजारमा एस.भी.ए. नेपाल रिड नेपाल र छथर जोरपाटीको लगानीमा दुई करोड १२ लाख २९ हजार रुपियाँमा तीन तले सिधुवा छथरजोरपाटी सामुदायिक पुस्तकालय तथा तथा स्रोत केन्द्र बन्न लागेको हो ।
शेर्पा समुदायका संस्थाद्वारा सरकारको ध्यानाकर्षण
ताप्लेजुङमा शेर्पा समुदायका संस्थाहरूले नेपाल पञ्चाङ्ग निर्णायक समितिले तयार परेको पात्रोमा चाडपर्वको तिथि मितिमा गडबड भएकोभन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
कृषिलाई पर्यटनसँग जोडेर आत्मनिर्भर बन्छौँ
प्रसिद्ध धार्मिकस्थल त्रिधार्मिक तपोभूमि हलेसीमा अवस्थित हलेसी तुवाचुङ नगरपालिका खोटाङ जिल्लाको पर्यटकीय क्षेत्र हो । साबिक बाहुनीडाँडा, डिकुवा, च्यास्मिटार, बडहरे, दुर्छिम, मङ्गलटार, महादेवस्थान, धितुङ, सल्ले, अर्खौले र राजापानी ११ वटा गावि
होमस्टे सञ्चालन गर्न प्रशिक्षण
उदयपुरको प्रसिद्ध धार्मिक एवं पर्यटकीय क्षेत्र रौतापोखरीमा होमस्टे सञ्चालनका लागि स्थानीय महिलालाई प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको छ । पर्यटन प्रवर्धन गर्ने उद्देश्यले वल्र्ड नेटवर्क र रौतामाई गाउँपालिकाको सहयोगमा मानव अधिकार र वातावरण विकास केन्द्र (हुरेन्डेक) उदपुरले होमस्टे व्यवस्थापनसम्बन्धी प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको हो ।
धान खेतीमा ‘उन्नत प्रविधि प्रदर्शन’
कृषि ज्ञान केन्द्र झापाले ‘उन्नत प्रविधि प्रदर्शन’ कार्यक्रम अन्तर्गत मेसिनबाट धान रोपाइँ कार्यको सुरुवात गरेको छ । धानको व्याड राख्दादेखि नै आधुनिक प्रविधिको विषयमा किसानहरूलाई जानकारी दिँदै ‘उन्नत प्रविधि प्रदर्शन’ कार्यक्रम भइरहेको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले बताउनुभयो ।
वनमा डढेलो, बहुमुल्य जडिबुटी नष्ट
केही दिनयता ताप्लेजुङका वनहरुमा डढेलो लागेको छ । सुख्खा मौसमसँगै जिल्लाका विभिन्न क्षेत्रमा रहेका सामुदायिक तथा राष्ट्रिय वनहरुमा डढेलो लागेको हो ।
दुई कृतिमाथि विमर्श
ताप्लेजुङमा साहित्यकारद्वय विमल वैद्य र मोमिला जोशीको कृतिमाथि विमर्श गरिएको छ । नेपाली कला साहित्य डटकम प्रतिष्ठानले आयोजना गरेको परिसंवाद कार्यक्रममा साहित्यकार वैद्य र जोशीको प्रकाशित कृतिको विमर्श गरिएको हो ।
पालिकागानसहित स्थापना दिवस सम्पन्न
साँगुरीगढी गाउँपालिकाको पालिका गान, पालिकाको लोगो सार्वजनिक गर्दै साँगुरीगढी गाउँ कार्यपालिकाको आठौँ स्थापना दिवस सम्पन्न भएको छ ।
झापा गोल्डकप : चर्च ब्वाइज र एपिएफबिच उपाधि भिडन्त
छैटौँ झापा गोल्डकपको उपाधिका लागि चर्च ब्वाइज क्लब काठमाडौँ र विभागीय टोली एपिएफ क्लबबिच प्रतिस्पर्धा हुने भएको छ ।
हाते कागज उत्पादनमा समस्या
सन्दकपुर गाउँपालिका माइपोखरी (आलुबारी) घर भएका महेश्वर फागो दक्षिणी इलामको चुलाचुलीमा झरेर हाते कागज उद्योग सञ्चालन गरिरहनुभएको छ ।
खोटाङमा तीन घर जलेर नष्ट
खोटाङमा तीन वटा घर जलेर नष्ट भएका छन् ।
श्रीमतीकाे हत्या आरोपमा श्रीमान् पक्राउ
श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन् ।
कृषिबाटै करोडपति
कृषि क्षेत्रमा ‘सम्भावना नभएको’ भन्दै खेतबारी बाँझै राखेर विदेश पलायन हुने युवापुस्ताको सङ्ख्या ठूलो छ । देशमै पनि गाउँको उर्वर खेतबारी चट्टै छाडेर सहरतिर मजदुरी गर्नेहरु उत्तिकै छन् । धरानको वसन्तटारका कृष्ण राईले भने कृषि पेसामै ठूलो सम्भावना रहेको देख्नुहुन्छ ।
पुरातात्विक नागेश्वर मन्दिर ओझेलमा
संरक्षण अभावमा धनकुटाको महालक्ष्मी नगरपालिका–६ स्थित नागेश्वर मन्दिर आझेलमा परेको छ । पुरातात्विक ऐतिहासिक सो मन्दिरको गुठीको हजाराँै रोपनी जमिनको आम्दानीबाट तत्कालीन समयमा दैनिक एक सयदेखि एक सय ५० सम्म साधु/सन्तलाई भण्डारा लगाइने (खाना खुवाइने) गरिन्थ्यो ।
छ वर्षपछि सुनवालुवा पक्की पुल निर्माण पुनः थालियो
“यो स्थानमा पक्की पुल नहुँदा स्थानीयलाई समस्या छ”, अध्यक्ष राईले भन्नुभयो, “यो पुललाई समयमा सम्पन्न गराउन गाउँपालिकाले आवश्यक सहयोगसँगै पहलकदमी गरिरहेको छ । पुलले हाम्रो गाउँपालिकाको विकासमा टेवा पुग्ने छ ।”
बुढासुब्बा गोल्डकपः धरान फुटबल क्लब विजयी
धरान फुटबल क्लबले २४औँ बुढासुब्बा गोल्डकपमा राम्रो सुरुआत गरेको छ । शनिबारदेखि सुरु प्रतियोगिताको उद्घाटन खेलमा आयोजक धरान फुटबल क्लबले पाहुना टोली भारतको युकेएफसीलाई सडन डेथमा पराजित गर्यो । जितसँगै धरान फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।
पारिवारिक निजी वन संघको अध्यक्षमा गौतम
पारिवारिक निजी वन संघ, नेपाल धनकुटाको तेस्रो जिल्ला अधिवेसन शनिवार धनकुटास्थित पाख्रिबासमा सम्पन्न भएको छ । अधिवेसनले दिपेन्द्र गौतमको अध्यक्षतामा २१ सदस्यीय कार्य समिति चयन गरेको छ ।
हिमाल स्वच्छ राख्न प्लास्टिकको प्रयोग कम गर्ने प्रतिबद्धता
सात दिन लगाएर सगरमाथा आधार शिविर पुगेका महिलाले हिमाल स्वच्छ राख्न प्लास्टिकको प्रयोग कम गर्ने प्रतिबद्धता जनाएका छन् । जलवायु परिवर्तनको असर न्यूनीकरणको अभियानका क्रममा सगरमाथा आधार शिविर पुगेर महिलाले यस्तो प्रतिबद्धता जनाएका हुन् ।
कञ्चनजङ्घा सेसेलुङ गोल्डकपको आयव्यय सार्वजनिक
ताप्लेजुङमा सञ्चालित प्रथम कञ्चनजङ्घा सेसेलुङ गोल्डकप फुटबल प्रतियोगिताको आयव्यय सार्वजनिक गरिएको छ । चासोक तङ्नाम (न्वागी पर्व) २०८० को अवसरमा सञ्चालित गोल्डकप प्रतियोगिता सम्पन्न भएको अढाई महिनापछि आयव्यय सार्वजनिक भएको हो ।
रामधुनी सामुदायिक वनको सातौँ वर्षमा
कोरोनाकालबाट विवादित बनेको सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका १ को श्री सिंहबाहिनी रामधुनी सामुदायिक वन उपभोक्ता समूह सक्रिय भएको छ ।
ओखलढुङ्गामा दुई दिनमा चार घटना
ओखलढुङ्गामा दुई दिनको अवधिमा चार वटा घटना घटेका छन् । चार दिनमा मदिरा सेवनका कारण गर्भवतीको निधन, भीरबाट लडेर युवकको मृत्यु, जङ्गलको आगो बस्ती छिर्दा एक घर जलेर नष्ट हुनुका साथै मानसिक सन्तुलन ठिक नभएकी महिलालाई बलात्कारको घटना भएका छन् ।